काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कडेलकी ममतामयी आमा लक्षिमा कडेलको चितवन जिल्ला भरतपुर–७ मनकामना टोल स्थित निजी निवासमा गए राती ११ः१० बजे दुःखद निधन भएको छ । १९९२ साल फागुन १६ गते बागलुङ नगरपालिकाको कुँडुलेमा जन्मनु भएकी लक्षिमा कडेल क्यान्सर, रक्तचाप, निमोनिया जस्ता घातक रोगहरुबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मृतक लक्षिमा कडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । र, कमरेड हरिभक्त कडेल लगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
पार्टीका कार्यवाहक महाचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “उहाँ कम्युनिस्ट आन्दोलनको समर्थक हुनुहुन्थ्यो र मुख्यतः महान् जनयुद्धको प्रक्रियामा उहाँको भूमिका महत्वपूर्ण रहेको थियो । उहाँको निधनबाट पार्टीले एकजना असल समर्थक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी लक्षिमा कंडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. हरिभक्त कंडेल लगागत सम्पूर्ण शोकाकूल परिवार, साथी संगिनी तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”
मृतक लक्षिमा कडेलका २ छोरा, २ बुहारी, ४ छोरी, ८ नाति, १० नातिनी, १० पनाति र १३ पनातिनीहरु हुनुहुन्छ ।