क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कडेललाई मातृशोक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कडेललाई मातृशोक

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कडेल ‘प्रतीक’लाई मातृशोक परेको छ । नेता प्रतीककी ममतामयी आमा लछिमा कडेलेको ९० वर्षको उमेरमा सोमबार राती ११ बजेर १० मिनेट जाँदा निधन भएको छ ।

उहाँ क्यान्सरसहित सुगर, प्रेसर लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको केही समयदेखि चितवनको भरतपुरस्थित विपि कोइराला मेमोरियल क्यान्सर अपस्पतालमा उपचार भइरहेको थियो । थप उपचार सम्भव नभएको भन्दै अस्पतालले सोमबार नै घर पठाएको थियो । चितवन भरतपुर – ७ स्थित निवासमै उहाँको निधन भएको हो ।

उहाँका दुई छोरा र चार छोरी हुनुहुन्छ । हरिभक्त कडेल प्रतीक मृतक लक्षिमा कँडेलको जेष्ठ सुपुत्र हुनुहुन्छ । मृतक लछिमा कडेलको मंगलबार विहान अन्त्यष्टी गर्ने तयारी गरिएको छ ।