अभियान टोली नं. १ ले बैशाख १४ गतेका दिन सम्पन्न कार्यक्रमहरु

अभियान टोली नं. १ ले बैशाख १४ गतेका दिन सम्पन्न कार्यक्रमहरु

जनसम्वन्ध विस्तार अभियान टोली नं. १ ले आज २०८२ बैशाख १४ गतेका दिन सम्पन्न गरेका कार्यक्रमहरु निम्न छन् ः
प्रथम आज विहान ललितपुर जिल्लाको बुखेलको सिन्डोलमा अभियान टीमले श्रममा भाग लिने काम भयो । मल छर्ने, बारी खन्ने, र अदुवा रोप्ने काम गरयो ।

दोस्रो ललितपुरको गोटी खेलमा कोणसभा गरियो । कोणसभालाई पिविएम क. चन्द्रहरी सुवेदीले सम्वोधन गर्नु भयो । संचालन केस तथा ललितपुर जिल्ला सचिव क. जगदिश्वर महर्जनले गर्नु भयो ।


तेस्रो ललितपुर जिल्लाको बुखेल , मानिखेल, गोटीखेल, सानो गोटीखेल, चन्दनपुर, कागेश्वरीको बतासे डाँडा ,गुम्वा डाँडालगायतका विभिन्न ठाउँहरुमा पर्चा वितरण र भित्ते लेखन गर्ने कामहरु भए ।