बैशाख १४ काभ्रे । अभियानको बयालीसौं दिन अर्थात् बैशाख १४ गते काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका कुत्तालका स्थानीयसग भेटघाट तथा छलफल गरिएको छ । भेटघाटमा स्थानीयहरुले मिटर ब्याजी समस्या बारे पार्टीहरुको नेतृत्व दायी भुमिका हुनुपर्यो भन्ने बिषय मुख्य जोड दिएका छन् । घरदैलो कार्यक्रममा अभियान टोलि विशेष लागेको छ ।
दोस्रो कार्यक्रम पनौती नगरपालिका वडा नम्बर ७, पनौती बसपार्कमा कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो ।
अभियानबारे, पार्टीको नीति तथा आगामी कार्यक्रमबारे पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्यूरो सदस्य सोमान सिंह तामाङले मन्तव्य मार्फत प्रष्ट पार्नुभएको हो ।
सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।
भित्तेलेखन सम्पन्न