शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको फासीवादी दमनको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको फासीवादी दमनको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

विगतमा गरिएका सहमतिको कार्यान्वयन गर भनेर सुरु गरिएको शिक्षक आन्दोलनले तीन हप्ता वित्दा पनि ओली नेतृत्वको नेकाँ र एमालेको गठवन्धन सरकारले हिंजो बैशाख १४ गते आइतवार शिक्षकहरुको शान्तिपूण आन्दोलनमाथि प्रहरी दमनमा उत्रियो । उनीहरुमाथि पानीको फोहरा तथा लाठीचार्ज गरेर करिब पाँच दर्जन शिक्षकहरुलाई घाइले बनाइएको छ । पत्रकारस्मेत प्रहरी दमनबाट बच्न सकेनन र प्राइम टेलिभिजनका पत्रकार सविना कार्की गम्भीर घाएते बनाइन ।
यसरी यो ओली सरकारव्दारा शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको फासीवादी दमनको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रेस वक्तव्यमार्फत विरोध जनाएको छ र सरकारी दमनको तीव्र निन्दा र घोर भत्र्सना गर्दछ भनिएको छ । वक्तव्यमा घाइतेहरुको निशुल्क उपचार गर्न र सरकारले शिक्षक महासंघसँग गरेका पूर्वसहमतिहरु अविलम्ब लागुु गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ भनिएको छ ।
पार्टीका कार्यवाहक महासचिव क. गौरवव्दारा हस्ताक्षेरित प्रेस वक्तव्यको पूण पाठ तल दिइएको छ ः

Press Statement-Teacher