बैशाख १३ गोरखा । गोरखा नगरपालिका –१० छेपेटार बाट अभियान टोली गोरखा जिल्ला को सदरमुकाम गोरखा निस्कनु भन्दा पहिले संविधान सभा सदस्य ज्ञानेन्द्र कुमालसँग भेटघाट भयो र देशको समसामयिक विषयमा छलफल भएको थियो ।
गोरखा बजारमा पुगेपछि जिल्ला समन्वय समिति गोरखाकि उप– प्रमुख लिला परियार र नेकपा ( माओवादी केन्द्र ) की केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभासद् शुसिला सिम्खडा सँग भेटघाट गर्यो र देशको तात्कालीन राजनैतिक परिस्थिति को बारेमा छलफल र पार्टीको जनसम्बन्ध विस्तार अभियानको बारेमा जानकारी गराइएको थियो ।


गोरखाका पुराना कम्युनिस्ट नेता राम प्रशाद अर्याल ( ८२ वर्षिय ) सँग उहाँको निवासमा भेटघाट भयो । उच्च रक्तचापको कारणले पक्षघात भई असक्तमा रहनु भएका रामप्रसाद अर्याल प्रति अभियान टोली प्रमुख कृष्णराज पौडलले स्वास्थ्य लाभको कामना गर्दै उहाँको परिवारसँग उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो । राष्ट्रिय जनमोर्चा प्रति आस्थावान राम प्रशाद अर्याल अहिले हिडडुल र बोलचाल समेत गर्न न सक्ने अवस्थामा हुनु हुन्छ । अभियान टोलीले गोरखामा रहेको गोरखा दरबार संग्रहालय र गोरखा दरबार क्षेत्रको अध्ययन अवलोकन गरेको थियो ।
त्यसपछि गोरखा नगरपालिका वार्ड नं –६ को हरमटारी चोकमा कोणसभा सम्पन्न गर्यो । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले अहिले देशमा सबै क्षेत्रमा आन्दोलन छ । डाक्टरहरु आफ्नो माग राख्दै आन्दोलित छन् । शिक्षकहरू लामो समयदेखि आन्दोलित छन् । सरकार कानमा तेल हालेर बसेको छ । यो देशमा किसानहरुको समस्या जस्ता कै त्यस्तै छ । युवाहरु रोजगारको अभावले ठुलो संख्यामा विदेश पलायन भैरहेको अवस्था छ । महिलाहरु असुरक्षित छन् । दलित समुदाय माथि विभेदै विभेद छ । होइन सरकार सञ्चालकहरु के हेरेर बसेका छ्न् ? यिनिहरू को काम के हो ? उहाँको गम्भीर प्रश्न थियो । के नेपाल जनता यस्तै सहेरै बस्ने हो त ? उहाँको थप जोड थियो अब फेरी नेपाली जनताले आन्दोलनको आँधिबेहरी ल्याउन जरुरी छ र त्यो आन्दोलनको नेतृत्व जनताको पक्षबाट हामीले गर्न तयार छौ भन्नु भएको थियो । कोणसभालाई सञ्चालन ७ नम्बर व्यूरो सचिव कमरेड नारायण अधिकारीले गर्नु भएको थियो ।

लामो समय देखी कम्युनिस्ट आन्दोलनमा सक्रिय नेता भक्ती प्रशद लामीछाने सित पनि भेटघाट भयो । उहाँसँगको भेटघाट तथा छलफलमा अभियान टोली प्रमुख कृष्णराज पौडलले विषयवस्तु राख्नु भएको थियो । जनसम्बन्ध विस्तार अभियान ठिक भएको, जनताको घरदैलोमा पुगेर नेपाली जनताको जीवनस्तर र बर्तमान देशको अवस्थालाई ग्राउण्ड लेबलमा पुगेर बुझ्ने कुरा ठिक भएको उहाँको भनाइ थियो ।
सुधारवाद र सुधार गर्ने बिषय फरक भएको वताउदै उहाँले अहिले जनतन्त्रका लागी केही काम भएता पनि राष्ट्रियता र जनजीविकाको लागि केही हुन नसके बताउनु भयो । देशको अवस्था बरबाद भएकोमा आफुलाई दुःख लागेको बताउनु भयो । जनयुद्धमा शुरु देखी नै सहभागी हुनुभएका भक्ति प्रशाद लामीछानेको, जनयुद्धका महत्त्वपूर्ण योगदान र केही सकरात्मक उपलब्धि पनि रहेको र केही कम्जोरी र गल्ती रहेको भन्दै यसको बिषयमा गम्भीर तरिकाले समिक्षा गर्न सकिएन भने यस्को जग्गामा आगामी दिनमा आन्दोलन वा संघर्षको उठान गर्न न सकिने बताउनु भयो । २०८४ को निर्वाचनमा दल दर्ता गरेर निर्बाचनमा जाने सोच बनाउनुभएको भक्ति प्रशाद लामीछाने अहिले आफु कुनै पार्टीमा नरहेको बताउँदै आफु स्वतन्त्रता बामपन्थी नेता भन्न रुचाउने बताउनु भयो ।
अभियान टोलीको चिया गफको बेलामा नेकपा ( एमाले ) गण्डकी प्रदेश सदस्य बाबुराम थापासँग पनि भेट भएको थियो । देशको समसामयिक राजनैतिक अवस्थाको बारेमा अभियान टोलीको छलफल भयो। बर्तमान राजनैतिक परिस्थिति तयार हुनुमा उहाँको धारणा थियोः १) सत्ताको वरीपरी रहेर सेवा सुविधा प्राप्त गरेकाहरुमा चरम प्रकारको घमण्ड र दम्भ को विकास भएर गयो भने न पाउनेहरु मा घोर निराश र कुण्ठाले काम गर्यो। २) गणतन्त्र सापेक्षिक शिक्षाको विकास गर्न सकिएन । पञ्चायतले सुधारिएको शिक्षा नीति ल्यायो। कमसेकम पाठ्यक्रममा राणाहरूको कर्तुत ,कोतपर्व, भण्डारखाल पर्व जस्ता विषयमा पढायो। तर हामीले पञ्चायती व्यवस्थाको निरङ्कुशता र राजा महाराजाहरूको कर्तुतका बारेमा पाठ्यक्रम पनि बनाएनौ र नयाँ पुस्तालाई पढाउने काम पनि गरेनौ। जसले गर्दा अहिलेको यो अवस्था सिर्जना भयो। ३) विद्यालयलाई शान्ति क्षेत्रको नाममा राजनैतिक चेतनाबाट वञ्चित बनाउने काम भयो। जसले गर्दा पछिल्लो युवा पुस्तामा राजनीतिक चेतनाको अभाव देखियो। राजनीतिक देखि चरम वितृष्णा पैदा भयो। उनीहरूको मानसिकतामा विदेश जाने बाहेक अरु विकल्प नरहेको शिक्षा प्रदान गरियो ।



गोरखा बजार क्षेत्रमा अभियान टोलीले पर्चा वितरण र विहान देखी साँझ सम्ममा भेटघाट मा ब्यस्त रह्यो । साँझ को बास गोरखा बजारमै गरेर अभियान टोली १४ गते नुवाकोट प्रस्थान गर्नेछ ।




























