अभियानको एक्चालिसौ दिन अर्थात् बैशाख १३ गते २ नं. टोली कभ्रे प्रवेश

अभियानको एक्चालिसौ दिन अर्थात् बैशाख १३ गते २ नं. टोली कभ्रे प्रवेश

शोभा सेन्चुरी

अभियानको एक्चालिसौ दिन अर्थात् बैशाख १३ गते सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ७, मेलचौरमा पिढिसभा गरिएको छ । सभामा शिव श्रेष्ठ र सोमान सिंह तामाङले बिषय राख्नुभएको हो ।

सिन्धुपाल्चोक जिल्लाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला पार्टी कार्यलय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला सचीव धन गोलेले गर्नुभएको हो । पार्टीको स्थायी कमिटी सदस्य तथा अभियान टोलि प्रमुख सन्त बहादुर नेपालीले रातो तुल काटेर ब्यानर खोलेर कार्यालय उद्घाटन गर्नुभएको हो । अभियान बारे एवम् पार्टीको नीति अवधारणा बारे प्रमुख अतिथिले प्रशिक्षणात्म मन्तव्य राख्नुभएको हो । कार्यालय उद्घाटन कार्यक्रमको औपचारिक संचालन अर्पणा श्रेष्ठले गर्नुभएको हो ।


तेस्रो कार्यक्रम चौतारा बजारमा कोणसभा गरिएको छ । कोणसभाको संचालन जिल्ला सचीव धन गोलेले गर्नुभएको छ । जनसम्बन्ध अभियान बारे पार्टीको नीति तथा कार्यक्रमबारे पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले राख्नुभएको हो ।

 


काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका दोलालघाटमा अभियान टोलिलाई भब्य स्वागत गरिएको छ । सिन्धुपाल्चोक जिल्लाका सचीव धन गोलेले काभ्रे जिल्ला कमिटीलाई पार्टीको झण्डा हस्तान्तरण गर्नु भएको थियो र काभ्रे जिल्लाले खादा लगाएर भब्य स्वागत गरेको छ ।
स्वागत पश्चात् काभ्रेमा पहिलो कोणसभा गरिएको हो । सभाको संचालन काभ्रे जिल्ला सचिव ढोग प्रसाद अधिकारीले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले गर्नुभएको हो ।


दोस्रो कोणसभा धुलिखेल नगरपालिका वडा नम्बर ७, सरस्वती बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला सचीव ढोग प्रसाद अधिकारीले गर्नुभएको हो । सभामा अभियान बारे पार्टीको नीति तथा कार्यक्रमबारे १० नम्बर ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य मार्फत प्रष्ट पार्नुभएको हो ।