२ नं. अभियान टोली अभियानको चालीसौं दिन अर्थात् बैशाख १२ गते सिन्धुपाल्चोकमा

२ नं. अभियान टोली अभियानको चालीसौं दिन अर्थात् बैशाख १२ गते सिन्धुपाल्चोकमा

अभियानको चालीसौं दिन अर्थात् बैशाख १२ गते सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलो सिरुवारी बजार कोटडाडामा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला सचीव धन गोलेले गर्नुभएको हो । सभालाई सम्बोधन शिव श्रेष्ठले गर्नुभएको हो ।

दोस्रो कार्यक्रम चौतारा साँगाचोकगढी नपा वडा नम्बर ७ सानो सिरुभारीमा कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यालय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । अभियानबारे एवम् पार्टीको नीति तथा कार्यक्रमबारेपार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्यूरो सचीव सोमान सिंह तामाङले गर्नुभएको हो ।

तेस्रो कार्यक्रम इन्द्रावती गाउँपालिका वडा ८, सिपा गहतेमा पिढिसभा गरिएको छ । सभामा जिल्ला सचीव धन गोलेले सहजीकरण गर्नुभएको हो । टोली नेता तथा पार्टी स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले जनसम्बन्ध बिस्तार अभियानबारे एवम् पार्टीको नीति तथा आगामी कार्यक्रमबारे बिषयबस्तु राख्नुभएको हो ।

चौथो कार्यक्रम मण्डनदेउपुर सिपाघाट तल्लो बजारमा कोणसभा गरिएको छ । कोणसभामा अभियान बारे पार्टीको नीति तथा कार्यक्रम मन्तव्य मार्फत नारायण शर्माले राख्नुभएको हो ।

पाचौं कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर १२, बाहुने पाटी बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जितमान घतानीले गर्नुभएको हो । सभालाई सम्बोधन किसान नेता तथा पार्टीको केन्द्रिय सदस्य बाबुराम सुवेदीले गर्नुभएको हो ।

छैटौं कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ११, मेलम्ची बजारमा कोणसभा गरिएको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । सभालाई सम्बोधन पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले गर्नुभएको हो ।

कोणसभाका दौरानमा व्यापक वाल पेन्टींग गरिएका थिए ।