पहिलो कोणसभा
लमजुङ को मध्यनेपाल नगरपालिका –६ भोर्लेटारमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड अम्विका मुडभरीले सम्बोधन गर्नु भएको थियो । आज गाँउ गाँउमा सिंहदरबार ता आयो तर त्यो सिंहले न्याय, समानता र समृद्ध भन्दा भ्रष्टाचार र व्यथिति ल्याएर आयो । हाम्रो वलिदान , शहीदहरूको रगतले साच्चिकै यही व्यवस्था कल्पना गरेको थियो त ? भन्दै उहाँको जोड थियो । नेताहरुले धोका दिए तर हामी जनगणतन्त्रको बाटोमा अगाडि बढ्नु पर्छ भन्नुभयो । सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो । बजार क्षेत्रमा ब्यापक पर्चा वितरण गरिएको थियो ।
दोस्रो कोणसभा
लमजुङको सुन्दर बजार –६ मिलनचोकमा कोणसभा सम्पन्न भयो । कोणसभालाई ७ नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम कमरेड शेर कुमार खड्काले सम्बोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले “पार्टीले जनतासँग नङ र मासुको सम्बन्ध कायम गर्नुपर्दछ । जनताका सबै प्रकारका समस्यासँग एकाकार हुने पार्टी नै जनताको पार्टी हो । हाम्रो पार्टी यही सम्बन्ध कायम गर्न जन सम्बन्ध विस्तार अभियान लिएर आएका छं “ भन्नुभयो । सञ्चालन तनहुँ जिल्ला सचिव कमरेड नारायण लम्सालले गर्नु भएको थियो । अभियान टोलीले बजार क्षेत्रमा ब्यापक पर्चा वितरण गरेको थियो ।
अन्तरक्रियात्मक छलफल
अभियान टोलीले लमजुङको बेसीशहर नगरपालिकामा अन्तरक्रियात्मक छलफल गरयो । नगरपालिकाको तर्फबाट नगर प्रमुख गुमान सिंह अर्याल र प्रशासकिय अधिकृत दिपेश अधिकारी सहभागी हुनुभएको थियो । नगर प्रमुखको कार्यकक्षमा भएको कार्यक्रम अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो । त्यसपछि अभियान टोलीले नगरपालिकाको बजेट, शिक्षा स्वास्थ्य, शुसासन, दलित, महिला लगायत जनसम्बन्धका बिषयमा छलफल गरेको थियो । ७५ करोड सरदर बजेट रहेको नगरपालिकाको ५ करोड आन्तरिक बजेट रहेको नगर प्रमुखले जानकारी गराएका थिए । जनतासँग साझेदारी ( ६०÷ ४० को हिसाबले ) गरेर झण्डै ६० वटा सडक निर्माण गरेको पनि जानकारी गराए ।
तेस्रो कोणसभा
लमजुङ बेसीशहर नगरपालिका –९ को बेसीशहरको शेराचोकमा कोणसभा सम्पन्न भएको छ । अभियान टोली नेता तथा पार्टी स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले “आज दलहरूलाई नागरिक चासो छदै छैन । जनताको छोरा छोरीले पढ्न पाए पाएनन् , जनताको पहुँचमा स्वास्थ्य उपचार पुगेको छ छैन र जनताले एक छाक खानको जोहो गर्न सकेका छन् वा छैनन् सरकार र सरकार सञ्चालकलाई थाहा नै छैन“ भन्नु भयो । थप जोड दिँदै उहाँले “नागरिकका सामान्य आवस्यकता पनि पुरा गर्न न सक्ने दलहरूसँग हामीले के अपेक्षा गर्ने ? आज नेपाली जनताले गम्भीर प्रकारले सोच्नु पर्ने भएको छ भन्नु भयो । उहाँको थप जोड थियो“अब उच्च प्रकारको सचेतनाको आवश्यकता छ र त्यही चेतनाको जगबाट जनगणतन्त्र दिशामा अगाडि बढ्नुपर्छ “ भन्नुभयो । कोणसभालाई अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले सञ्चालन गर्नु भएको थियो । बजार क्षेत्रमा ब्यापक रुपले पर्चा वितरण गरिएको थियो ।
चौथो कोणसभा
तनहुँको बन्दीपुर गाँउपालिकाको डुम्रे बजारमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले “आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास नगरिकन स्वाभिमान नेपालीको निर्माण हुन सक्दैन । आज देशमा राष्ट्रिय पुँजीको को धरासायी भईरहेको अवस्था र दलाल पुँजीवादको संरक्षण गर्ने काम भएको छ यो गलत हो“ भन्नु भयो । कोणसभा सञ्चालन हुनुभन्दा अगाडि बजार क्षेत्रमा अभियान टोलीले ब्यापक रुपमाख पर्चा वितरण गरिएको थियो ।
पाँचौ कोणसभा
तनहुँको आँबुखैरेनी गाँउपालिका–३ को आँबुखैरेनी चोक टोलमा अर्को कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले आज यथास्थितिवादीले यो देशलाई बृता ठानेका छन् । हामीले जे गरेपनी हुन्छ भन्ने अहमताले यिनीहरू कान न सुन्ने र आँखा न देख्ने भएकाछन् । यही परिस्थितिमा प्रतिगामी तत्वहरू खेल्न खोजेको देखिन्छ। ईतिहासको चक्का सधैं अगाडि बढ्छ प्रतिगमनकारीहरु को यो सपना खाली दिवा सपना हो । यो पुरा हुन सक्दैन । अब देश न्याय प्रेमी जनसमुदायको साथ र पहलकदमीमा देश अग्रगमन बाटोमा अगाडि बढ्ने छ भन्नु भयो । कोणसभाको सञ्चालन ७ नम्बर व्यूरो सचिव कमरेड नारायण अधिकारीले गर्नु भएको थियो । बजार क्षेत्रमा ब्यापक पर्चा वितरण गरिएको थियो ।
अभियान टोलीले अभियान यात्राका क्रममा तनहुँ र लमजुङमा वाल पेन्टिङहरु पनि गरेको थियो ।