काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १५ नं ब्यूरोले जनसम्बन्ध विस्तार अभियानलाई जारी राखेको छ । प्राप्त जानकारी अनुसार १५ नं ब्यूरोको अभियान टोलीले संखुवासभाको चैनपुरमा आज कोणसभा सम्पन्न गरिएको छ ।
संखुवासभाको चैनपुर हाटबजारमा भएको कोणसभालाई क्रान्तिकारी महिला संगठनकी नेतृ अम्बिका रेग्मी र पार्टी केस बालकृष्ण सुवेदीले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन भने क्रान्तिकारी महिला संगठनकी केस निरु पोख्रेलले गर्नुभएको थियो ।