बैशाख १२ मकवानपुर । जनसम्वन्ध विस्तार अभियान टोली नं. १ ले बैशाख १२मा सम्पन्न गरेका कार्यक्रमहरु यसप्रकार छन् ः
सर्वप्रथम विहान मकवानपुर गढीको अवलोकन गर्ने काम भयो । सेनबंशी राजाहरुको यो गढीको महत्वपूर्ण इतिहास रहेको छ ।
त्यसपछि बकैया छतिवनमा सहीद कमरेड रुद्र पाख्रिनको शालीक अबलोकन गर्ने काम भयो । २०५९ पौष २७ गते नेपाली सेनाले त्यसै ठाउामा उहाँको हत्या गरेको रहेछ ।
आजको पहिलो कोणसभा मकवानपुर जिल्लाको बकेया गाउँपालिका ४ जुरेली बजारमा भयो । सभालाई सम्वोधन पार्टी पिविएम चन्द्रहरी सुवेदी र संचालन कमरेड शद्याम हुसेन ले गर्नु भयो ।
दोस्रो कोणसभा हेटौडा उपमहानगरपालिका १७ मा सम्पन्न गरियो, जसलाई पार्टी पिविएम कमरेड इश्वर प्रसाद तिमिल्सीनाले सम्वोधन र कमरेड शद्याम हुसेनले संचालन गर्नु भयो ।
तेस्रो कोणसभा हेटौडा उपमनपा ८ कमानेचोकमा सम्पन्न भयो, जसलाई सम्वोधन पार्टीको पिविएम शारदा महतले र संचालन पार्टी पिविएम चन्द्रहरी सुवेदीले गर्नु भयो ।
सहीद परिवार (सहीद रुन्रपाखिन को श्रीमतिलाई भेटने काम भयो । अन्त्यमा सहीद रुद्रपाख्रिनको गाउँमा रहेको सहीद रुन्रपाख्रीन स्मृति पार्कको अवलोकन गरियो ।
कोणसभा सम्पन्न गरिएका ठाउँहरुमा पर्चा विथरण र भित्ते लेखन व्यापक रुपले भएका छन् ।