बैशाख ९ जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलिले सम्पन्न गरेका कार्यक्रमहरु

बैशाख ९ जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलिले सम्पन्न गरेका कार्यक्रमहरु

नविन खडका

 

नवलपुर । पहिलो कोणसभा मध्यबिन्दु नगरपालिकाको गिरुबारी बजारमा सम्पन्न । केन्द्रीय सल्लाहकार सदस्य युवराज न्यौपाने क. अक्कलव्दारा सम्बोधन र नवलपुर जिल्ला सचीव उत्तम थापाले संचालन गर्नु भएको थियो ।

दोस्रो कावासोती नगरपालिकाको डण्डा बजारमा कोणसभा कार्यक्रम सम्पन्न । केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले संंचालन  गर्नु भएको उक्त कोणसभालाई पिबिएम तथा ११ नं. ब्युरो सचीव अशोक लम्सालले सम्बोधन गर्नु भएको थियो ।

तेस्रो कावासोती नगरपालिकाको फलफुल बजारमा कोणसभा सम्पन्न । संचालक जिल्ला सचीव उत्तम थापा र सम्बोधन पार्टी स्थायी समिति सदस्य तथा अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शनले गर्नु भएको थियो ।

 

 

चौथो देबचुली नगरपालिकाको दलदले बजारमा कोणसभा कार्यक्रम सम्पन्न । पार्टी पिबिएम धनेस्वर पोख्रेलले सम्बोधन र केन्द्रीय सदस्य लेखनाथ शर्माले संचालन  गर्नु भएको थियो ।

पाँचौ देवचुली नगरपालिकाको सिजि बजारमा कोणसभा कार्यक्रम सम्पन्न । जसको संचालन केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा र सम्बोधन पार्टी केन्द्रीय सदस्य जोतिनारायण सुवेदी गर्नु भएको थियो ।

नवलपुर जिल्लाको सदरमुकामको फलफुल चोकमा रहेको जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल, नवलपरासी जिल्लाको प्रथम सहिद फुलमाया सारु क. रमा लगाइत सहिदहरु सालिकमा माल्यार्पन कार्यक्रम सम्पन्न गरिएका थिए ।

साथै देवचुली नगरपालिकाको दुमकौलीमा १५६ औं लेनिन जयन्ती कार्यक्रम सम्पन्न । कार्यक्रमको अध्यक्षता पिबिएम तथा ११ नं. ब्युरो सचीव अशोक लम्साल क. अनुकुल र सम्वोधन  अतिथि पिबिएम धनेस्वर पोख्रेल, केन्द्रीय सल्लाहकार समिती सदस्य युवराज न्यौपान र प्रमुख अतिथि पार्टी स्थायी समिती सदस्य हेमन्त प्रकाश ओलि सुदर्शनले  गर्नु भएको थियो ।  जिल्ला प्रशासन प्रमुख ( अमय) संग टोलीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कोणसभा स्थलमा व्यापक पर्चा बितरण गरिएका थिए र जिल्लामा व्यापक नारा लेख्ने काम सम्पन्न गरिएका थिए ।