७ नम्बर व्यूरोको आयोजनामा लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

७ नम्बर व्यूरोको आयोजनामा लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

जितामित्र

बैशाख ९ गते कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर व्यूरोको आयोजनामा १५६औं लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ३ नम्बर अभियान टोली पनि सहभागी भएको थियो । कार्यक्रम कास्की जिल्लाको पोखरामा रहेको पार्टी कार्यालयमा भएको हो ।


पार्टीका स्थायी समिति सदस्य तथा ३ नम्बर अभियान टोली सदस्य कमरेड कृष्णराज पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ७ नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम कमरेड शेर कुमार खड्का, अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवा, अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम कमरेड जितामित्र सुनार, अभियान टोली सदस्य तथा बैकल्पिक केन्द्रीय सदस्य कमरेड दिपक बिष्ट, वैकल्पिक केन्द्रीय सदस्यहरु कमरेड भिम श्रीस, शुसिला थापा, मिना लक्ष्मी , दुर्गा अधिकार, केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड राम जी थापा र तनहुँ जिल्ला सचिव नारायण लम्साललाई अतिथि सिट आसन ग्रहण गराइएको थियो ।


प्रमुख अतिथि कृष्णराज पौडेलले तात्कालिक राजनैतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशा, पिबिएम शेर कुमार खड्काले पार्टी स्थापना दिवस र लेनिन जयन्ती, पिविएम शेरबहादुर देउवाले संगठनात्मक सिद्धान्त र संगठन परिचालन र जितामित्र सुनारले जनसम्बन्ध विस्तार अभियानको महत्व र अनुभुति बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता व्यूरो सचिव कमरेड नारायण अधिकारी, स्वागत कास्की जिल्ला सचिव कमरेड विरेन्द्र थापाले र सञ्चालन कास्की जिल्ला ईन्चार्ज कमरेड आकाश गौतमले गर्नु भएको थियो ।
अभियान टोली सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका सह—संयोजक कमरेड नारायण योगीले अभियानकै शिलशिलामा तयार पार्नुभएको “जन सम्बन्ध अभियान“ गीत, विरेन्द्र थापाले “ढल्दैन ढल्दैन क्रान्तिकारी विचार यो“ बोलको गीतहरु काजी बाबु श्रेष्ठ, शुसिला थापा,बिना बुढाथोकी, विक्रम थापा र नरबहादुर गुरुङले गाउनु भएको थियो ।