काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य झनक श्रेष्ठका बुबा लालकृष्ण श्रेष्ठको असामयिक रुपमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं ब्यूरोले श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका ब्यूरो इन्चार्ज दिनेश शर्मा सागर नेतृत्वको टोलीले पशुपति आर्यघाटमा पुगेर मृतक लालकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । रामेछाप निवासी लालकृष्ण श्रेष्ठको ८४ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।
पशुपति आर्यघाटमा गरिएको शोकसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पोलिट्ब्युरो सदस्य तथा ९ न ब्यूरोका इन्चार्ज दिनेश शर्माले शोक मृतकप्रति श्रद्धाञ्जली अर्पण गरी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । शोक कार्यक्रमको सन्चालन पार्टीका पोलिटब्युरो सदस्य तथा ९ न ब्यूरो सचिव चिन्तामणि पौडेलले गर्नु भयको थियो। उहाँ का ५ छोरा र ७ छोरी २ श्रीमति हुनुहुन्छ ।