पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो १९ जना अग्रज कम्युनिस्ट योद्धाहरुलाई सम्मान (फोटोफिचर)

पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो १९ जना अग्रज कम्युनिस्ट योद्धाहरुलाई सम्मान (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीको ७७ औं स्थापना दिवस तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेता लेनिनको १५६ औं जन्मदिवसको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनका १९ जना अग्रज तथा वरिष्ठ कम्युनिस्ट योद्धाहरुलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरेको छ । उल्लेखित सन्दर्भमा आयोजित एक विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले १९ जना कम्युनिस्ट योद्धाहरुलाई सम्मान गर्नुभएको हो ।

सम्मानित वयोवृद्ध कम्युनिस्ट योद्धाहरुमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष गोविन्द गापा, सचिव कमल चौधरी, कृष्णप्रसाद भट्टराई, गोर्की श्रेष्ठ, शालिकराम भण्डारी, ध्रुव रुपाखेती, सूर्या थापा, पृथ्वी कार्की, कुमार थापा, मोदनाथ मरहठ्ठा, विष्णुराम रन्जित, सुमित्रा न्यौपाने, जयनारायण दाहाल, भरत लामिछाने, इश्वर सायमी, सुकुमाया शेर्पा, रेवती पुडासैनी, अपत्य शर्मा, विजयरत्न बज्राचार्य रहनु भएको छ ।

लेनिनको फोटोमा माल्र्यापणसहित सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका कार्यवहाक महासचिव गौरवले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा विश्व सर्वरावर्गीय मुक्ति आन्दोलनमा लेनिनले अक्टोबर महान समाजवादी क्रान्तिमार्फत् माक्र्सवादको विकासमा पु¥याउनु भएको योगदानको विषयमा विशेष चर्चा गर्नुभयो । उहाँले नेपालमा क्रान्तिको लागि वस्तुगत परिस्थिति अनुकूल बनेको र क्रान्तिकारी कम्युनिस्टहरुबिचको एकताले आत्मगत शक्ति पनि सुदृढ हुँदै गएको चर्चा गर्दै नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अगाडि बढ्ने बेला आएको बताउनु भयो । उहाँले प्रतिगामी र यथास्थितिवादीहरुबाट देशमा विद्यमान समस्याको समाधान नुहने भन्दै अग्रगामी तथा क्रान्तिकारी विकल्पको रुपमा आफूहरुले अगाडि सारको जनगणतन्त्रको मुद्दा सबै सच्चा देशभक्त र क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा पार्टीका ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ, सल्लाहकार अध्यक्ष गोविन्दसिंह थापा, सल्लाहकार ध्रुव रुपाखेती लगायतका वक्ताहरुले पनि लेनिनलाई स्मरण गर्दै नेपाली क्रान्तिको कार्यभारको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता पार्टीका ९ नंं ब्यूरो सचिव चिन्तामणि पौडेलले गर्नुभएको थियो भने सञ्चालन पार्टीका केस तथा काठमाडौं जिल्ला सचिव केदार खतिवडाले गर्नुभएको थियो । कार्यक्रमा पार्टीक केस कृष्णभक्त महर्जनले गर्नुभएको थियो ।