चैत्र २१ सूर्खेत । जनसम्बन्ध बिस्तार अभियानका दौरान ३ नं. र ४ नं. कमान्डको सयुक्त बैठक सुर्खेतमा सम्पन्न भएको छ ।
उक्त सयुक्त बैठकमा सयुक्तरुपमा टोलीका पोलिट्ब्युरो र केन्द्रीय सदस्यहरुले आ—आफ्नो समिक्षात्मक रिपोर्ट राख्ने काम सम्पन्न गरिएको छ ।
उक्त समिक्षात्मक रिपोर्ट राख्ने कामको अध्यक्षता ३ नं. कमान्डका टोली नेता तथा पार्टीका स्थाई समिति सदस्य कृष्णराज पौडेलले गर्नु भएको थियाृ भने त्यसको संचालन ४ नं. कमान्डका नेता तथा पार्टीका स्थाई समिति सदस्य हेमन्त प्रकाश ओलि सुदर्शनले गर्नु भएको थियो ।
स्थायी समिती सदस्य हेमन्त प्रकाश ओलि र कृष्णराज पौडेल दूवैले समिक्षात्मक बैठकमा उठेका बिषय र समग्र अभियानको बारेमा प्रशिक्षणात्मक चिारहरु राख्ने काम गर्दै बैठक सम्पन्न गरियो ।
यसको साथै कमान्ड नं. ४ ले सुर्खेत र सल्यानको बीचमा १२ वटा भित्ते लेखन काम सम्पन्न गरेको जानकारी टोली सदस्य नविन खडकाले दिनु भएको छ । यसपछि ४ नं. कमान्ड अभियान टिम सल्यानको कालिमाटी वडा नं. ३ तर्फ प्रस्थान गरेको छ ।