काठमाडौंको विभिन्न स्थानमा ९ नं ब्यूरोको घरदैलो, जनभेटघाट र पर्चा वितरण

काठमाडौंको विभिन्न स्थानमा ९ नं ब्यूरोको घरदैलो, जनभेटघाट र पर्चा वितरण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नं. ब्यूरोले जनसम्बन्ध विस्तार अभियानलाई तीव्र पारेको छ । पार्टीका व्यूरो इन्चार्ज दिनेश शर्मा सागरको नेतृत्वमा रहेको अभियान टोलीले बुधबार काठमाडौंको विभिन्न स्थानमा घरदैलो, जनभेटघाट, पर्चा वितरण लगायतका काम गरेको छ ।

आज अभियान टोलीले जैशिदेवलबट सुरु गरी लगन, गोफल, सोगल, ब्रह्मटोल, कोहिँटी, भिमसेनथान हुँदै काष्ठमण्डपसम्म घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सो क्रममा अभियान टोलीले पर्चा वितरणका साथै स्थानीय जनतासँग पार्टी र क्रान्तिका लागि आवश्यक सुझाव सल्लाह समेत मागेको थियो ।

ब्यरो इन्चार्ज सागरका अनुसार घरदैलो तथा जनभेटघाटको क्रममा पार्टीलाई महत्वपूर्ण सुझाब प्राप्त भएको जानकारी दिनुभयो । ९ नंं ब्यूरोले काठमाडौं जिल्लाका विभिन्न स्थानमा नियमित रुपमा अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत नै केही दिनअघि एक दिवसीय अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको थियो ।