चैत्र – २० , काठमाडौ ।
रामसिंह श्रीष नेतृत्वको टोली ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी जनसम्बन्ध विस्तार अभियानको १७ औं दिन बुधबार रामसिंह श्रीष नेतृत्वको १ नं अभियान टोलीले खोटाङको पुरानो सदरमुकाममा दुईवटा कोणसभा सम्पन्न गरेको छ । पार्टीका खोटाङ जिल्ला सदस्य प्रविण राईको सञ्चालनमा सम्पन्न पहिलो कोणसभालाई पार्टीका पीवीएम चन्द्रहरि सुवेदी अटल र खोटाङ जिल्ला सचिव झमप्रसाद आचार्यले सम्बोधन गर्नुभएको थियो । प्रविण राईकै सञ्चालनमा भएको अर्को कोणसभालाई क्रान्तिकारी मजदुर महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिना र विद्यार्थी नेता प्रभात भट्टराईले सम्बोधन गर्नुभएको थियो । खोटाङ बजारका विभिन्न स्थानमा अभियान टोलीले भित्तेलेखन, पर्चा वितरण र ¥याली समेत प्रदर्शन गरेको थियो ।
हरीभक्त कँडेल नेतृत्वको टोली ः
जन सम्बन्ध विस्तार अभियानको हरीभक्त कँडेल नेतृत्वको २ नं अभियान टोलीव्दारा हिजो सप्तरी जिल्लाका रमेश कुमार परिवारको घरमा बास बसेको थियो । रमेश कुमार राम (सुनिल)०६१असार४ सप्तरी बोदे बस्र्याङमा २४ वर्षको उमेरमा साहदत हुनुभएको थियोे । अभियान टोलीले अभियानको सत्रौ दिन अर्थात् २० गते चैत्र सप्तरी जिल्ला खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर बजारमा कोणसभा सम्पन्न गरेको छ । बानेश्वर चौधरीले कार्यक्रम संचालन गर्नुभएको हो । पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् रामनारायण सिंहले मन्तव्य राख्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो । अभियान टोलीले सम्भुनाथ नगरपालिका वडा नम्बर ६ कठौना बजारमा कोणसभा गरेको छ । कार्यक्रमको संचालन शोभा सेन्चुरीले गर्नुभयो । अभियान बारे सप्तरी जिल्ला इन्चार्ज रोशनले प्रष्ट पार्नुभयो ।
सभाको सम्बोधन शोभा सेन्चुरीले गर्नुभएको हो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो । सप्तरी डाक्नेश्वरी ५ नम्बर वडा पातो बजारमा कोणसभा सम्पन्न भयो । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । सभाको सम्बोधन प्रतीकले गर्नुभएको थियोे । साँस्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको हो । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ तरहरी चोकमा कोणसभा सम्पन्न कोणसभा सम्पन्न भएको छ । सभाको संचालन सप्तरी जिल्ला इन्चार्ज रोशनले गर्नुभयो । सभाको सम्बोधन पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् १३ नम्बर ब्युरो सचिव रामनारायण सिंहले राख्नुभयो । नारायण शर्माले बेजोड साँस्कृतिक प्रस्तुति दिनु भयो । टोली कल्याणपुरमा बास बसेको छ ।