बुढा खानी काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति काभ्रे को आयोजनामा महाभारत गाउँपालिका बुढा खानी ४ मा जनसम्बन्ध विस्तार अभियान सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता मानबहादुर योन्जन र सञ्चालन प्रदीप अस्थानीले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सचिव ढोगप्रसाद अधिकारी हुनुहुन्थ्यो भने अन्य वक्ताहरूमा श्याम बिक,मेजर मान थिङ, कान्छामान थिङ र महिलाको तर्फबाट कविता तामाङले अफ्ना केही भनाई राख्नुभएको थियो ।