क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ०८१ माघ २६ गतेदेखि फागुन १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयन गर्नका लागि यति बेला जनसम्बन्ध विस्तार अभियान संचालनमा छ ।
यहि चैत्र ४ गतेदेखि सुरु भएको अभियान आउदो वैशाख १८ गतेसम्म निरन्तर चल्ने छ । पार्टीलाई जनतासँग जोड्न र संघीय जनगणतन्त्र स्थापनाका लागि वातावरण तयार पार्ने उद्देश्य सहित पार्टीले देशका विभिन्न चार स्थानबाट अभियान एकैसाथ चैत्र ४ गते उद्घाटन गरेको हो ।
यो अभियानलाई प्रभावकारी बनाउन पाँचथरको चिवा भज्ञ्याङ्ग, झापाको काँकरभिट्टा , कञ्चनपुरको झुलाघाट र बैतडीको गडाचौकी बाट सुरु गरिएको थियो ।
यो अभियान १६ नम्बर ब्यूरोका दुई स्थानबाट संचालन भएको थियो । १६ नम्बर ब्यूरोमा रहेका ५ जिल्ला मध्ये दुई जिल्लाबाट अभियान एकसाथ उद्घाटन गरिएको हो । १६ नम्बर ब्यूरोमा रहेका ५ जिल्ला (ताप्लेजुङ्ग,पाँचथर, इलाम ,झापा र मोरङ्ग) रहेका छन् । यी जिल्ला मध्ये जनविस्तार अभियान १ नम्बर टोलीले पाँचथरको चिवा भञ्ज्याङ्ग बाट अभियान थाल्यो भने दुई नम्बर टोलीले झापाको काँकरभिट्टा बाट अभियान थालेको थियो ।
एक नम्बर टोलीको नेतृत्व पार्टीका स्थायी समिति सदस्य क. रामसिंहले गर्नु भएको थियो भने दुई नम्बर टोलीको नेतृत्व स्थायी समिति सदस्य क.हरिभक्त कडेलले गर्नु भएको थियो ।
कमरेड हरिभक्त नेतृत्वको २ नम्बर टोलीले १६ नम्बर ब्यूरो अन्तगतका २ जिल्ला झापा र मोरङ्गमा ८ दिन सम्म रहेर गरेका कामहरुको संक्षिप्त रुपमा यहाँ उल्लेख गर्न खोजीएको छ । म पनि यहि टोलीमा रहेर जनसम्बन्ध विस्तार अभियानका कामहरुलाई अगाडि बढाएको हुनाले विषेश गरि दुई नम्बर टोलीले गरेका काम र अनुभवहरु यहाँ समेट्न खोजीएको हो । चैत्र ४ गते झापाको काँकरभिट्टाबाट कार्यक्रमको उद्घाटन गरेर अगाडि बढेको यो टोली चैत्र ११ गते १६ नम्बर ब्यूरो अन्तरगतको मोरङ्गबाट विदाई भएर १५ नम्बर ब्यूरो अन्तर्गतको सुनसरी जिल्ला पुगेको छ ।
अभियानका उद्देश्यलाई जनता समक्ष पु¥याउन कमरेड हरिभक्त कडेलको नेतृत्वमा आठ जनाको केन्द्रिय टोली झापा आएको थियो । केन्द्रिय टोलीमा पार्टीका पोलिटब्यूरो क. कृष्ण देव सिहं , पार्टीका केन्द्रिय सदस्यहरु क. क्षेत्र बहादुर थापा,क.बाबुराम सुवेदी , क.नारायण शर्मा, पार्टीका वैकल्पीक सदस्य रंगवीर दोङ र वैकल्पीक केन्द्रिय सदस्य सोभा सेन्चुरी, डम्वर भण्डारी लगायत ब्यूरो र जिल्लाका कमरेडहरुको उपस्थिती रहेको थियो । यो टोलीले ८ दिन सम्म झापा र मोरङ्गका गाउँ ,शहरहरुमा कोणसभा तथा जनसांस्कृतिक कार्यक्रम , पर्चा वितरण ,भित्तेलेखन र प्रत्यक्ष भेटघाटको कार्यक्रम गरिएको थियो । अभियानको पहिलो दिन दुई नम्बर टोलीले झापाको काँकरभिट्टामा अभियान उद्घाटन गरेर नाराजुलुश सहित बजार परिक्रमा गरेको थियो । दोस्रो दिन चैत्र ५ गते झापा आन्दोलनका शहिद चन्द्र डाँगीको परिवारसँग भेटघाट तथा अन्तक्रिया गरियो र सोहि दिन गारामुनी बजारमा संस्कृतिक प्रतिरोध दिवस मनाएर अनेकोट हत्या काण्डका शहिदको सम्झना गर्दै कोणसभा सम्पन्न भयो । त्यस लगत्तै सुखानी शहिद पार्क पुगेर सुखानीका सहिदहरुको सम्मान सहित सम्झना गरियो । यसरी नै अभियानको तेस्रो दिन चैत्र ६ गते सुखानी शहिद पार्क नजिकैको बस्तीमा छलफल, खुदुनाबारी ,धरमपुर बजारमा कोणसभा तथा पर्चा वितरण र भित्तेलेखनको काम सम्पन्न गरियो । अभियानको चौथो दिन चैत्र ७ गते झापाकै क्याम्प बजार , केर्खा र दमकमा पनि कोणसभा, पर्चा वितरण तथा यी सबै ठाउँहरुमा भित्तेलेखनको काम गर्दै टोलीलाई अगाडि बढाइयो ।
यसै दिन अभियान टोली मोरङ प्रवेश ग¥यो । झापाका कमरेडहरुले अभियानटोलीलाई मोरङ्गको उर्लाबारी सम्म ल्याएर मोरङ्ग जिल्लालाई हस्तान्तरण गर्नु भयो ।
मोरङ्ग जिल्लाले अभियान टोलीलाई उर्लाबारीमा स्वागत गर्दै कोणसभा सम्पन्न ग¥यो । सोहि दिन टोलीले मोरङ्गका ४ स्थान , मधुमल्ला ,टाँढी र उर्लाबारी १ को आइतबारे सुकुम्बासी बस्तीमा कोणसभा सम्पन्न भयो ।
यसरी नै अभियानको ५ औँ दिन अर्थात चैत्र ८ गते उर्लाबारीको किसान बस्तीमा अभियान टोलीका कमाण्डर क. हरिभक्त कडेलसहित अभियान टोलीले जनश्रमधान गर्दै चैतेधान रोपाई गरियो । यसैदिन उर्लाबारीको अर्को सुकुम्बासी बस्तीमा कोणसभा, मोरङ्गकै पथरी बजार र कर्तिपुरमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश मनाउदै कोणसभा सम्पन्न भयो ।
अभियानको छैटौँ दिन चैत्र ९ गते पथरीकै पुलचोक, बुद्धचौक,कानेपोखरी ,बेलबारी ,लालभित्ती लगायत पाँच स्थानमा कोणसभा सम्पन्न भयो ।
जनसम्बन्ध विस्तार अभियानको सातौँ दिन चैत्र १० गते मोरङ्गको केराबारी , विराटचौक हुदै विराटनगरको पुष्पलाल चौकमा कोणसभा सम्पन्न गरियो ।यस्तै अभियानको ८ औँ दिन मोरङ्गको बुढिंगागामा कोणसभा सम्पन्न गर्दै दिउसो १ बजे १६ नम्बर ब्यूरोको मोरङ्ग जिल्लाबाट १५ नम्बर ब्यूरोको सुनसरी जिल्लालाई अभियान टोली हस्तान्तरण गरियो ।
यसरी कोणसभा भएका सबै स्थान तथा अन्य स्थानका हजारौँ ठाउँमा दलाल संसदीय व्यवस्थाका विरुद्ध , नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद जिन्दावाद लगायतका अग्रगामी नाराहरु सहित भित्तेलेखन गरिएको छ भने आमुल परिवर्तनका लागि जनसमुदायमा अपील गरिएको १० हजार पर्चा वितरण गरिएको छ ।
यो अभियान लिएर गाउँबस्ती र शहरका गल्लीगल्लीमा पुग्दा उद्देश्य प्राप्तिका लागि जनताबाट सकारात्क प्रतिक्रिया आएको छ । जनताले अझ उच्च स्तरको अभियान लिएर निरन्तर जोडिन सुझाव दिएका छन् ।
यो अभियानसँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनगणतन्त्र स्थापनार्थ यस्ता सयौँ अभियानहरु चलाउनु पर्दछ । एक दुई महिने अभियान मात्र होइन जनतासँग जोडिने अभियानहरु निरन्तर चलाई राख्ने हो भने निष्चय नै क्रान्तिकारी क कम्युनिस्टहरुको एकता सम्पन्न गरेर जनसंघर्ष ,जनप्रतिरोध संघर्ष हुदै सशस्त्र विद्रोह मार्फत प्रतिक्रयावादी राज्यसत्ताको ध्वशं गरी जनणतन्त्र नेपालको स्थापना गर्न सकिन्छ ।