१ नंं अभियान टोलीद्वारा जनयुद्ध र खोकु छिन्ताङ हत्याकाण्डका सहिद परिवारसँग भेटघाट, धनकुटाको हिले बजारमा कोणसभा सम्पन्न

१ नंं अभियान टोलीद्वारा जनयुद्ध र खोकु छिन्ताङ हत्याकाण्डका सहिद परिवारसँग भेटघाट, धनकुटाको हिले बजारमा कोणसभा सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको १ नंं जनसम्बन्ध विस्तार अभियान टोलीले आज खोकु छिन्ताङ हत्याकाण्ड र जनयुद्धका सहिद परिवारसँग भेटघाट गरेको छ ।

पञ्चायत विरोधी आन्दोलनको क्रममा २०३६ सालमा हत्या गरिएका महान सहिदहरु धनवीर दर्जीका छोरा सोमबहादुर दर्जीसँग अभियान टोलीले भेटघाट कुराकानी गरेको हो । अभियान टोललीले जनयुद्धका महान सहिदहरु तिर्थहाङ सिंह राई (क.समीर), चित्तकुमार राई (क.नकल), तिलक राई (क.अजय), नगेन्द्र कुमार राईका परिवारहरुसँग पनि भेटघाट गरेको थियो ।

यी हुन् खाोकु छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाउने सहिदहरु
निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनको क्रममा २६ कात्तिक २०३६ सहिदभूमि गाउँपालिका–१ का पुत्रमान थुलुङ राई, २७ कात्तिकमा सहिदभूमि गाउँपालिका–३ का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राईको हत्या भएको थियो । यस्तै सोही गाउँपालिका–१ का भैरवबहादुर खालिङ राई, बलबहादुर खत्रीको पनि २७ कात्तिकमा हत्या भएको थियो । पञ्चायती सरकारले सहिदभूमि गाउँपालिका–६ का केशरमान राई, गणेशबहादुर विश्वकर्मालाई भने २८ कात्तिक र सहिदभुमि गाउँपालिका–३ की श्रीमाया राई (हाङखिमा साइली) को २९ कात्तिकमा हत्या गरेको थियो ।

यसैबिच, अभियान टोलीले धनकुटाको हिले बजारमा कोणसभा सम्पन्न गरेको छ । नारा जुलुससहित हिले बजार परिक्रममा गरेर कोणसभा गरिएको थियो । पार्टीका धनकुटा जिल्लाका सचिवालय सदस्य मातृका राईले सञ्चालन गरेको कोणसभालाई पार्टीका १५ नंं ब्यूरोका सचिव डिल्लीराम बोहराले सम्बोधन गर्नुभएको थियो ।