८ नं. ब्यूरोव्दारा धादिङबेशीमा कोणसभा सम्पन्न

८ नं. ब्यूरोव्दारा धादिङबेशीमा कोणसभा सम्पन्न

 

चैत्र १२ धादिङ। क्रान्तिकारी कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियानको नवौं दिन ८ नं. ब्यूरोव्दारा धादिङबेशीमा कोणसभा सम्पन्न सम्पन्न गरिएको छ ।
उक्त कोणसभा धादिङका कम्युनिस्ट पार्टीका संस्थापक टीका भण्डारीको अध्यक्षता , व्यूरो इञ्चार्ज राजनको प्रमुख आतिथ्यता , व्यूरो सेक्रेटरी सरोजको विशेष आतिथ्यता र व्यूरो सदस्य एवम् रसुवा इञ्चार्ज सेक्रेटरी वसन्तको स्वागत र जिल्ला सेक्रेटरी विश्वासको सञ्चालनमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा बजारका व्यवसायी,बजारमा यत्रतत्र रहनुभएका महानुभावहरुले अभियान टोलीका प्रस्तुतीहरुलाई ध्यानपूर्वक सुन्नु भएको थियो र जनसम्बन्ध विस्तार अभियान लिएर जनताको माझमा आएकाले पार्टी केन्द्र र पार्टी व्यूरोलाई धन्यवाद दिनुभएको छ ।