१० नं. ब्यूरो अभियान टोलीले मिटरब्याजी पीडितसँग भेटघाट र जनसम्बन्ध विस्तार अभियानलाई निरन्तरता दिएको छ ।
१० नं. ब्यूरो अभियान टोलीका नेता शुरेस श्रेष्ठ आफनो फेसवुक वालमा बिचित्रको शोषण
शिर्षकमा लेख्नुहुन्छः साहुसँग रु.३०००० ऋण लिएको, एक महिनापछि रु.२२००० फिर्ता गर्दा पनि साहुले ८ रोपनी जग्गा खाई दिएको र रु.२०००० ऋण लिएको खेत २.२ रोपनी र बारी २.४ रोपनी गरि ४.६ रोपनी जग्गा गुमाएकाको आवाज !
राजतन्त्रकालिन समयमा जमिनदारले जाली तमसुक बनाएर शोषण गर्दथे। अहिले मिटरब्याजको रुपमा शोषण हुँदै आएको छ ।
सिन्धुपाल्चोक, गैरीगाउँका मिटरब्याजी पीडितसँगको अभियान टोलीको भेटघाट हो ।
उहाँ लेख्नु हुन्छ ः लोकतान्त्रिक गणतन्त्र र सामन्ती राजतन्त्रको शोषणको रुप उस्तै ! त्यसैले हामी भन्छौं, सँघीय जनगणतन्त्र स्थापनाको संघर्षमा जुटौं !
त्यसैगरी सिन्धुपाल्चोकको इर्खुमा आयोजित कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क.अभियानव्दारा सम्बोधन भयो ।