चैत्र १२ गते लम्कीचुहा ।
लम्कीचुहा नगरपालिका –६ चैनपुरमा स्थानिय बासिन्दाको बिचमा अभियान टोलीले छलफल अन्तरक्रिया कार्यक्रम गर्यो । अभियान टोली प्रमुख तथा पार्टीका स्थाई समिति सदस्य कमरेड कृष्ण पौडेलले समसामयिक तात्कालिक राजनीतिक विषयमा र किसानहरुको हक अधिकारका बिषयमा बोल्नु भएको थियो ।
कार्यक्रम अभियान टोली सदस्य तथा संयोजक अम्बिका मुडभरी (अञ्जना) ले पनि महिला आन्दोलन र अधिकारको बिषयमा बोल्नु भयो । अभियान टोली सदस्य नारायण योगीले सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो । कार्यक्रमको सहजीकरण शेरबहादुर देउवाले गर्नु भएको थियो ।
अभियान टोलीले क्रान्तिकारी किसान महासंघ नेपाल चैनपुर टोल समिति गठन गरेको छ, जसमा अध्यक्षः पुष्कल वुढा, उपाध्यक्षः कृष्ण विष्ट, सचिवः डण्डी प्रशाद ढकाल,कोषाध्यक्षः पार्वती जैसी, सदस्यहरूः दिपक बि क, डिल्ली बटाला, कुम्भ विष्ट, कालु बि क, करबिर देउवा , भगी देउवा, अमर देउवा, प्रसादले देउवा, लोक बहादुर देउवा,बहादुरे देउवा र सल्लाहकारः लोक बहादुर बि क ।
त्यसैगरी क्रान्तिकारी महिला संगठन चैनपुर टोल समिति गठन गरेको छ, जसमा अध्यक्षः देवसरा उपाध्याय,उपाध्यक्षः विपना देउवा,सचिवः कृष्णा कलेल ( देउवा), सदस्यहरूः खगीसरा बि क,पदमा देउवा ,मिना देउवा,सिता ढकाल,सरश्वती देउवा,पार्वती जैसी,मना देउवा,वसन्ती देउवा,कोकिला देउवा,सरस्वती महरा,पुष्पा देउवा,अमृता देउवा र पवित्र देउवा ।