७ नम्बर क्षेत्रीय ब्युरो स्तरीय जनसम्बन्ध बिस्तार अभियानको आठौं दिनको कार्यक्रमहरु

७ नम्बर क्षेत्रीय ब्युरो स्तरीय जनसम्बन्ध बिस्तार अभियानको आठौं दिनको कार्यक्रमहरु

नारायण अधिकारी

पोखरा ।
चैत्र ११ कास्की ।
–’जनसम्बन्ध बिस्तार अभियानझ शुरु भएको आज आठौं दिन भएको छ। आज आठौं दिनको कार्यक्रममा ७ नं. क्षेत्रिय ब्यूरोको टोलीले कास्कीको भरतपोखरी पुगी एक जनसभा कार्यक्रम सम्पन्न गरेको छ। पोखरा –३३ को भरतपोखरी स्थित पानी ट्यांकी चोकमा भएको आजको जनसभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका पोलिटब्युरो सदस्य एवं क्षेत्रिय ब्यूरो इञ्चार्ज क.शेर कुमार खड्का (गति) ले विशेष सम्बोधन गर्नु भएको थियो ।


जनसभालाई संबोधनको क्रममा उहाँले ’नेपालमा नयाँ जनवादी क्रान्ति अझै पूरा नभएको वताउनु भयो । उहाँले नेपाली जनताले अझै क्रान्ति चाहिरहेको बताउनु भाएको थियो। उहाँले अझ अगाडी भन्नुभयो अबको नेपाली क्रान्ति नयाँ जनवाद–वैज्ञानिक समाजवाद हुँदै अगाडी बड्दछ । नेपालमा दुई थरी कम्युनिस्ट भएको पनि उहाँले बताउनु भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नक्कली कम्युनिस्ट भएको उहाँले बताउनु भयो ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मात्र वास्तविक कम्युनिस्ट पार्टी भएको उहाँको कथन थियो।झ ’जनसम्बन्ध बिस्तार अभियानझलाई आजको जनसभा मार्फत शुभकामना मन्तव्य दिनेहरुमा ने.क.पा (एमाले) का वार्ड अध्यक्ष क. टुककराज भण्डारी,पोखरा महानगर पालिकाकी वार्ड जनप्रतिनिधि लिला देवि नेपाली, नेकपा एमालेका अर्का नेता श्रीधर पौडेल,विश्वकर्मा समाजका अध्यक्ष डिल कुमार विश्वकर्मा, तल्लो पिंडि समाजका अध्यक्ष देविराम सुनार र मिजार समाजका अध्यक्ष दुर्गा वहादुर मिजार हुनुहुन्थ्यो ।
अभियान यात्रीहरुको तर्फबाट मन्तव्य राख्नेहरुमा एकिकृत दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य क. राजु मग्राति, क्रान्तिकारी संयुक्त मोर्चाका केन्द्रिय सदस्य क.मन बहादुर थापा, अखिल नेपाल ट्रेड यूनियन महाँसंघका केन्द्रिय सदस्य क.दिपक गुरुङ, कान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी वैकल्पिक केन्द्रिय सदस्य क.शुशिला थापा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य क.रामजी थापा हुनु हुन्थ्यो ।
आजको जनसभाको अध्यक्षता एकिकृत दालित मुक्ति मोर्चाका ७ नम्बर क्षेत्रिय ब्यूरो संयोजक क.राजकुमार सुनारले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सेक्रेटरी क.विक्रम थापाले गर्नु भएको थियो।आजको कार्यक्रममा पार्टीका क्षेत्रिय ब्यूरो र जिल्ला स्तरीय नेता÷कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।