३ नं.अभियान टोलीले चैत्र ११ गते दिनभरी के के गरयो ?

३ नं.अभियान टोलीले चैत्र ११ गते दिनभरी के के गरयो ?

जितामित्र

 

चैत्र ११ गते
श्री सीताकुण्ड सामुदायिक वन उपभोक्ता समुह घोडाघोडी नपा–४ गैंडाखेडाको सभाहलमा सामुहिक वसाई पछि सोही ठाउँमा बस्ने तिलक बहादुर डम्बरपाल थापा मगरको घरमा विहानको चिया भयो । अभियान टोली प्रमुख कृष्णराज पौडलले र कैलाली जिल्ला सचिव रुद्र कडेलले सोही गाउँका स्थानीय किसानहरुको बिचमा अन्तरक्रियात्मक प्रशिक्षण चलाउनु भएको थियो।अभियान टोलीका बाकी कमरेडहरु अगाडि बढाउनु भएको थियो ।


कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा कोणसभा सम्पन्न गरेको छ । अभियान टोली सदस्य कमरेड दिलबहादुर कठायतले सञ्चालन गर्नु भएको कोणसभालाई २ नम्बर व्यूरो सचिव कमरेड रामबहादुर के सी ले सम्बोधन गर्नु भएको थियो। हामी राष्ट्र प्रेमको भावले गर्दानै जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेका हौ। जनतन्त्र, जनजीविका र स्वाधीन राष्ट्र निर्माण गर्नु हाम्रो दायित्व हो, तसर्थ हामी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको झन्डामा गोलबद्ध बनौ भन्नु भयो ।
घोडाघोडी नगरपालिका – ८ आमफाटामा कमरेड रामबहादुर रसाइलीको घरमा दिउँसो को खाना भयो। खाना पछि त्यहाँका स्थानिय बासिन्दाको बिचमा अभियान टोली प्रमुख कृष्णराज पौडलले अन्तरक्रियात्मक प्रशिक्षण दिनुभएको थियो। र अभिनय टोली सदस्य कमरेड नारायण योगीले सिमली छायाँमा भन्ने गीत गाउनु भएको थियो ।
घोडाघोडी नगरपालिका–२ साँडेपानी जंगपुर वजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम नारायण योगीले सम्बोधन गर्नु भएको थियो। सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नु भएको थियो। बजार क्षेत्रमा पर्चा वितरण गरिएको थियो ।


बर्दगोरिया गाउँपालिका–४ मुडा बजार, कैलालीमा कोणसभा तथा पर्चा वितरण कार्यक्रम सम्पन्न भएको छ। कोणसभामा पार्टीका वैकल्पीक केन्द्रीय सदस्य टंक कोइरालाले सम्बोधन गर्नु भएको थियो। गजडिया, ड्रगिस्ट र तस्करहरुको नाइके ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहले नेपाली जनताको जीवनस्तर सुधार गर्ने के कार्यक्रम छ ? भन्दै केहि प्रतिगमनकारी को उक्साहटमा न लाग्न ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभयो। यदि उनले टेरेनन् भने त्यसको परिणाम भयानक हुनेछ भन्नुभयो। कार्यक्रमको सञ्चालन कैलाली जिल्ला सचिव कमरेड रुद्र कडेलले गर्नु भएको थियो ।


बर्दगोरिया गाउँपालिका–१ सडकपुर बौनियाँ चौराहा मा कोणसभा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य दिलबहादुर कठायतले गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा वैकल्पिक पिबिएम कमरेड जितामित्र सुनारलो गर्नु भएको थियो। वक्ता सुनारले नेपालको तिनै तहका सरकारमा भ्रष्टाचार ब्यापक भएको र अझ धेरै भ्रष्टाचार स्थानिय तहमा भएको भन्नु भयो। नेपालको सार्वजनिक खरिद ऐनले नै नीतिगत भ्रष्टाचार हुने वातावरण सिर्जना गरेको छ। महालेखा परीक्षकका कर्मचारी नै स्थानिय तहमा आएर भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने गरेको बताउनु भयो ।


लम्कीचुहा नगरपालिका –३ चिसापानी, कैलाली जिल्लामा कोणसभा सम्पन्न भएको छ। कोणसभा को सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नुभएको थियो। सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड सिपि शर्माले गर्नु भएको थियो। संविधानमा समाजवाद उन्मुख नेपाल भनेर लेखे पनि अहिले समाजवादी अर्थव्यवस्थाको लागु भएको छैन। शिक्षा, स्वास्थ्य र रोजगारी को जिम्मा लिनु नै समाजवादी व्यवस्था को विशेषता हो। तर यो सबै ता चौपट पारिएको छ। तसर्थ आफुलाई समाजवादी भन्नेहरू आज सबै भन्दा बढी समाज विरोध हुन भन्नुभयो। साथै उहाँको जोड थियो अहिलेको समस्या को समाधान पश्चगमन पनि होईन र यथास्थिति पनि हामी अग्रगमनको दिशामा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।


साँझको खाना अभियान टोली सदस्य तथा १ नम्बर व्यूरो ईन्चार्ज कमरेड शेरबहादुर देउवा को घर लम्कीचुवा नगरपालिका –६ चैनपुरमा भएको छ र हरेक दिन जसो समिक्षा बैठक बसेको छ ।