बैतडी । चैत्र ४ गते झुलाघाटमा उद्घाटन गरेर सुरु गरिने जनसम्वन्ध विस्तार अभियान केन्द्रिय टोलीकोे तीन दिने कार्यतालिका प्राप्त भएका छ । प्राप्त कार्यतालिका अनुसार चैत्र ४ गते ८ बजे विहान पत्रकारसँगको भेटघाट कार्यक्रम गरी सोही दिन विहान १० बजे कार्यक्रमको उद्घाटन गर्ने । उद्घाटनपछि सोही दिन गोठाल पानीमा जनसभा गर्ने । जनसभापछि सुर्नयामा बास बस्ने ।
अर्को दिन ५ गते विहान १० वजे सुर्नयामा कार्यक्रम र खाना । दिउसो २ बजे मेलौलीमा जनसभा गर्ने । बेलुका पोखरामा बास बस्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । त्यसैगरी ६ गते ११ बजे पाटनमा जनसभाको कार्यक्रम र २ बजे खोडपेमा कोणसभा गरी डडेलधुरामा बास बस्न जाने ।






























