चैत पाँच गते २७अाैँ सांस्कृतिक प्रतिरोध दिवस मनाइने

चैत पाँच गते २७अाैँ सांस्कृतिक प्रतिरोध दिवस मनाइने

काठमाडौं/३, चैत
अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नेतृत्वमा मनाउँदै आएको सांस्कृतिक प्रतिरोध दिवस यस वर्ष इच्छुक सांस्कृतिक प्रतिष्ठान र जनसांस्कृतिक महासङ्घले संयुक्त रुपमा मनाउने भएको छ ।

हिजो इच्छुक प्रतिष्ठानमा बसेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ तथा इच्छुक प्रतिष्ठानका कार्यसमितिका सदस्यहरुको संयुक्त बैठकले २७औँ सांस्कृतिक प्रतिरोध दिवस केन्द्रीय रुपमा प्रतिष्ठानमा विशेष कविता गोष्ठी गरि मनाउने प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले जनाउनुभएको छ । यस अघि माघ २० गते बसेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिको एकता बैठकले प्रतिरोध दिवस देशका सबै व्युरोहरुमा मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टीको १० नम्बर व्युरोको आयोजनामा यस वर्षको २७औँ सांस्कृतिक प्रतिरोध दिवस अनेकोटमै मनाउने व्युरो इञ्चार्ज सुरेश श्रेष्ठले जनाउनुभएको छ । सो अवसरमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि गर्ने जनाइएको छ । काठमाडौँमा हुने कार्यक्रम र अनेकोटमा हुने कार्यक्रममा सम्बन्धित क्षेत्रका महासङ्घ सदस्यहरु एवम् पार्टी र जवसका नेता कार्यकर्ता सबै उपस्थित हुन महासङ्घका संयोजक हिरामणि दुःखीले आग्रह गर्नुभएको छ ।