क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न

२०८१ फागुन १७ गते ललितपुरको कुपन्डोलमा सूचना, संचार तथा प्रकाशन विभागका प्रमुख क हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना, संचार तथा प्रकाशन विभागको प्रथम बैठक सम्पन्न भयो ।  उक्त सम्पन्न बैठकले गरेका निर्णय यस प्रकार रहेको विभागको स्रोतले जनाएकोछ ः
१ नेपालका विभिन्न ऐतिहासिक जनआन्दोलन , वर्गसंघर्ष र माहान जनयुद्धमा शाहादत प्राप्त गर्ने अमर सहीदहरुप्रति एक मिनेट मौन धारण गरि भावपूर्ण श्रद्धान्जली र वेपत्ता योद्धा, घाइते अपांगयोद्धा र राजवन्दीहरु प्रति सम्मान प्रकट गरी बैठक प्रारम्भ गरियो ।
२ बैठकमा उपस्थित जिम्मेवार कमरेडहरुले आआफनो विगतका जिम्मेवारीका अनुभूतिहरु , वतमानमा आ—आफनो अवस्था र अब के गर्ने भन्ने विषयमा केन्द्रीत भएर रिपोर्टिँग गर्नु भयो । जनअनुसार विगतका तितामिठा अनुभवहरुको शिक्षा लिंदै वर्तमान परिस्थितिमा पार्टीले लिएको जिम्मेवारी बहन गर्दै क्रान्तिकारी आशावादबाट प्रेरित भएर भावी काम अगाडि बढाउने निर्णय गरियो ।
३ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति, केन्द्रीय समितिको राजनीतिक परिषद र राजनीतिक परिषदको स्थायी समितिव्दारा प्रेषित परिपत्रहरुको अध्ययन र भाव सम्प्रेषण गरियो । जसअनुसार यसविभागलाई दिइएका जिम्मेवारी कार्यान्वयन गर्ने निर्णय गरियो ।
४ आगामी चैत्र १ गते देखि बैशाख १८ गते सम्म सन्चाल हुने पार्टीको ‘जनसम्बन्ध विस्तार अभियान’मा पार्टीले ठोस गरेअनुसार यस विभागका सदस्यहरु केन्द्रीय अभियान टोलीहरुमा खटने, अभियानका गतिविधिहरु आम जनसमुदायका बीच प्रयाउन हाँक साप्ताहिक र हाँक टुडेमा क दर्पण र क मनु को डेस्क बनाउने र वर्गदृष्टि साप्ताहिक र मूलबाटो अनलाइनमा क गुराँस र क उज्जवल र क क्षितिज रहेको डेस्क बनाउने निर्णय गरियो ।
अभियानका दौरानमा दैनिक अभियानको समाचार संकलन गर्ने र सन्चार माध्यमहरूमा समाचार सम्प्रेषण गर्न अभियान टोली र डेस्क बीच दैनिक सम्पर्क कायम गर्ने ।
५ कार्यविभाजन सम्वन्धमा निम्न निर्णय गरियो ः
हाँक साप्ताहिक र हाँक टुडेमा क दर्पण र क मनु रहने तथा वर्गदृष्टि साप्ताहिक र मूलबाटो अनलाइनमा क गुराँस, क उज्जवल , क क्षितिजर क अनु रहने । पार्टीका वैधानिक पत्रिका, मुख पत्र ,सामाजिक सन्जालको सदुपयोग,पत्रकारहरूको तालिम,पार्टी बाहिरका सन्चार माध्यम सितको सम्बन्ध लगायतका विषयमा बैठकले आवश्यक निर्णय लिइएको छ ।
६ प्रकाशनको आर्थिक व्यवस्थापनमा विभन्न विकल्पहरुवारे छलफल गरी निर्णयहरु गरिएको छ, जसलाई आवश्यकताअनुसार सम्वन्धीत ठाउँहरुमा जानकारी गराइने छ ।

७ कार्यालय हाल कुपन्डोलमा नै राख्ने र प्रकाशनका लागि आवश्यक सामाग्री जुटाउन तयारी गर्ने निर्णय गरियो ।