ललितपुरको डुकुछापमा क्रान्तिकारी युवा संघ नेपालको प्रारम्भिक स्थानीय समिति गठन

ललितपुरको डुकुछापमा क्रान्तिकारी युवा संघ नेपालको प्रारम्भिक स्थानीय समिति गठन

कुपोन्डोल,ललितपुर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर व्यूरो अन्तर्गत ललितपुर जिल्ला गोदावरी नगरपालिका स्थित डुकुछापमा क्रान्तिकारी युवा संघ नेपालको प्रारम्भिक स्थानीय समिति गठन भएको छ ।
आइतबार ललितपुरको कुपोन्डोलमा भएको बैंठकले विजय लामाको संयोजकत्वमा ११ सदस्यीय प्रारम्भिक स्थानीय समिति गठन गरेको हो, जसमा कृष्ण लामालाई सचिवमा चयन गरेको क्रान्तिकारी युवा संघ नेपालले जनाएको छ । सो जानकारी उक्त संगठनका संयोजक जिवितले दिएका छन् । बैठकमा क्रान्तिकारी युवा संघ नेपालका संयोजक जिवीत र सहसंयोजक निर्वाण र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला इन्चार्ज दिपकको उपस्थित रहेको थिए ।