काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र १ गतेदेखि बैशाख १८ गतेसम्म सञ्चालन गरिने जनसम्बन्ध अभियानको एकै दिन देशको चार स्थानबाट उद्घाटन गर्दैछ । पश्चिममा कञ्चनपुर र बैतडीबाट र पूर्वको झापा र पाँचथरबाट अभियानको उद्घाटन हुँदैछ । पाँचथरमा पार्टीका स्थायी समिति सदस्य राजवीरले, झापामा अर्का स्थायी समिति सदस्य प्रतीकले, कञ्चनपुरमा स्थायी समिति सदस्य कुमुदले र बैतडीमा सूचना, सञ्चार तथा प्रकाशन विभागका प्रमुख समेत रहेका सुदर्शनले चैत्र १ गते अभियानको उद्घाटन गर्ने अभियानको कार्यतालिका बनाइएको सम्बद्ध पार्टी स्रोतले जानकारी दिएको छ । अभियान टोलीमा आवश्यक केन्द्रीय सदस्यहरु, युवा र जनस्वयंसेवकबाट मिलाएर २÷२ जना, साँस्कृतिक टीमबाट ३÷३ जना, हरेक जवस मोर्चाहरुबाट १÷१ जना रहने जनाइएको छ ।

कुन टोलीले कुन कुन जिल्लामा सञ्चालन गर्दैछ अभियान ?
स्रोतका अनुसार अभियान टोली नं. १ कोे नेतृत्व स्थायी समिति सदस्य राजवीरले गर्नुहुनेछ । टोलीमा अटल, संगम, विवेक, मंगल, निर्वाण, प्रभाव, उदय, अनिश, बलदेव, सरु, लालसिंह र अनु सदस्य रहनु हुनेछ ।
यो टोलीले पाँचथरमा चैत्र १–३, तेह्रथुममा ४–७, धनकुटामा ८–११, भोजपुरमा १२–१५, खोटाङमा १–१९, सिराहामा २०, धनुषामा २१–२२, महोत्तरीमा २३–२५, सर्लाहीमा २६–२९, रौतहटमा १–३, बारामा ४–६, पर्सामा ७–८, मकवानपुरमा ९–११ र ललितपुरमा १२–१५ सम्म अभियान सञ्चालन गर्नेछ ।
त्यसैगरी अभियान टोली नं. २ को नेतृत्व स्थायी समिति सदस्य प्रतीकले गर्नुहुने छ । यो अभिायन टोलीमा रमेश, आकास, बलिभद्र, महेश, पिस्कर, रक्तिम, संकल्प, रवि, उषा र समृद्धि सदस्य रहनु हुनेछ ।
यो अभियान टोलीले झापामा चैत्र १–४, मोरङमा ५–८, सुनसरीमा ९–१२, उदयपुरमा १३–१६, सप्तरीमा १७–१९, सिराहामा २०–२३, ओखलढुुंगामा २४–२७, सिन्धुलीमा २८–१, रामेछापमा २–४, दोलखामा ५–७, सिन्धुपाल्चोकमा ८–१०, काभ्रेमा ११–१४ र भक्तपुरमा १५–१६ सम्म अभियान सञ्चालन गर्नेछ ।
टोली नं. ३ को नेतृत्व स्थायी समिति सदस्य कुमुदले गर्नुहुने छ । यो टोलीमा शिखर, सीपी शर्मा, अञ्जना, निरञ्जन, भूकम्प, जीवित, बादल, बज्र, सुबोध र प्रज्ज्वल सदस्य रहनु हुनेछ ।
यो अभियान टोलीले कंचनपुरमा चैत्र १–४, कैलालीमा ५–९, बर्दियामा १०–१३, बाँकेमा १४–१७, सुर्खेतमा १८, जाजरकोटमा १९–२२, रुकुममा २३–२६, बागलुङ्मा २७–२, पर्वतमा ३–४, कास्कीमा ५–८, तनहुँमा ९–११, लमजुङ्मा १२, गोरखामा १३ र नुवाकोट १४–१६ सम्म अभियान सञ्चालन गर्नेछ ।
टोली नं. ४ को नेतृत्व स्थायी समिति सदस्य सुदर्शनले गर्नु हुनेछ । यो टोली सदस्यमा प्रीतम, भीषण, प्रतिबिम्ब, शिशीर, सुशासन, संघर्ष, नेत्र, नविन, हुकुम, अक्कल, सिद्धान्त, शीला र मानव रहनु भएको छ ।
यो अभियान टोलीले बैतडीमा चैत्र १–३, डडेलधुरामा ४–७, डोटीमा ८–१०, अछाममा ११–१३, दैलेखमा १४–१७, सुर्खेतमा १८–२१, दाङमा २२–२५, प्युठानमा २६–२७, अर्घाखाँचीमा २८–२९, कपिलवस्तुमा १–२, रुपन्देहीमा ३–६, नवलपरासीमा ७–८, नवलपुरमा ९–११, चितवनमा १२–१५ र धादिङमा १६ सम्म अभियान सञ्चालन गर्नेछ ।

जनसम्बन्ध अभियानका सात उद्देश्य
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अभियान निर्देशिका नै जारी गरेको छ । निर्देशिकामा अभियानका सातवटा उद्देश्य तय गरिएको छ । जसमा रहेका छन्– १) पार्टीलाई जनतासँग जोडी स्थापित गर्ने ।, २) जनसंगठन निर्माणमा जोड दिने र पार्टी संगठनलाई सुदृढ गर्ने ।, ३) राष्ट्रिय एकता महाधिवेशनबाट पारित विचारधारात्मक राजनीतिक कार्यदिशालाई जनताबीच प¥याउने ।, ४) पार्र्टी एकताको महत्वबोध जनतालाई गराउने ।, ४) संघर्षका मुद्दाहरु संकलन गरी सूत्रबद्ध गर्ने।, ५) वर्गविश्लेषणका ठोस आधारहरु खोज्ने र दलाल तथा नोकरशाही पूँजीवाद हाम्रो प्रमुख दुश्मन हो भन्ने कुरा स्थापित गर्ने ।, ६) हाम्रो पार्र्टीको स्थिति र अन्य पार्टीको स्थितिबारे ठोस सामग्री संकलन गर्ने। र ७) शहीद तथा वेपत्ता परिवारजन, घाइते तथा अपाङ्ग योद्धाहरुसँग भेटघाट गरी उहाँहरुको स्थितिबारे मूर्त जानकारी तयार पार्ने ।
अभियानको क्रममा क्षेत्रीय ब्यूरोहरुको आयोजनामा केन्द्रीय प्रशिक्षणहरु गर्ने र त्यसपछि क्षेत्रीय ब्यूरोहरुको समन्वयमा अभियान पुगेको जिल्लामा अभियानका नेताहरुसहित बैठक बस्ने । भित्तेलेखन, पर्चा वितरण, कोणसभा, जनभेटघाट, शहीद–वेपत्ता परिवार र घाइते÷अपाङ्ग योद्धाहरुसँग भेटघाट, जनसभा, संगठन निर्माण, सांस्कृतिक कार्यक्रम र जनसेवा कार्यक्रम गर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ ।
संशोधनवादी र अवसरवादीहरुको नौटंकी र भ्रम
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई दक्षिणपन्थी संशोधनवादी तथा संसदीय यथास्थितिवादी पार्टीहरु भनेको छ । रुपमा यी सबैले आफूलाई कम्युनिस्ट पार्टी, एमाले तथा एसले माक्र्सवाद–लेनिनवाद एवम् माकेले आफूलाई माक्र्सवाद–लेनिनवाद–माओवाद र समाजवादको पक्षधर बताए पनि सारमा यी पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी, माक्र्सवाद–लेनिनवाद–माओवाद र वैज्ञानिक समाजवादका विरुद्धमा उभिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ठहर छ ।

अहिले यिनै संशोधनवादी तथा दक्षिणपन्थी अवसरवादी पार्टीहरुले जनताको बिचमा गएर अनेकौं नौटंकी गर्दै जनतालाई दिग्भ्रमित तुल्याइरहेका छन् । विशेषगरी माओवादी केन्द्रका नेताहरुले आमूल परिवर्तनका पक्षधर क्रान्तिकारी जनपंक्तिलाई वास्तविक क्रान्तिकारी कम्युनिस्ट पार्टीमा संगठित हुन नदिन अनेकौं नाटक र नौटंकी गरिरहेका छन् । उनीहरुले विशेषगरी माओवादी केन्द्रका अध्यक्ष र तीनपटक देशको प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल प्रचण्डले ‘शान्तिप्रक्रियामा आएपछि आफूहरु दायाँ बाटो हिडेर गल्ती गरेको अब बायाँ बाटो हिड्ने’ भन्दै क्रान्तिकारी जनपंक्ति, सहिद परिवार, घाइते जनयोद्धा, बेपत्ता परिवार, जनयुद्धमा प्रत्यक्ष परोक्ष रुपमा जोडिएका जनता र आम जनसर्वसाधारणमा उनीहरुले ‘ब्ल्याकमेलिङ’ गर्दै हिडेका छन् । कांग्रेस र एमालेले सत्ताबाट गलहत्याएपछि रन्थनिन पुगेका प्रचण्ड फेरि ०८४ को संसदीय चुनावबाट सरकारमा पुग्ने सपना देखिरहेका छन् । तीन तीन पटक प्रधानमन्त्री हुँदा पनि देश र जनताको पक्षमा कुनै काम नगरेका प्रचण्डले फेरि एकपटक जनतालाई ‘बेवकुफ’ बनाउँदै हिडेका छन् । वर्गीय रुपमा दलाल एवम् नोकरशाही पुँजीपति तथा सामन्तवर्गीय राज्यसत्ता र अर्कोतिर राजनीतिक रुपमा वर्तमान संसदीय व्यवस्था तथा संविधानका पक्षधर एवम् रक्षाकवच बनेर वर्ग समन्वयवाद, बहुलवाद, सारसंग्रहवाद तथा शान्तिपूर्ण संसदीय प्रतिपर्धाको मान्यता अवलम्बन गरेर पश्चगामी वर्ग, राज्यसत्ता तथा व्यवस्थाको असली संवाहकका रुपमा आफूलाई देखाएर साम्राज्यवाद÷विस्तारवादद्वारा नेपाली जनता तथा नेपालका विरुद्ध लादिएका असमान सन्धि, सम्झौता, विभिन्न ढंगका शोषण उत्पीडनलाई यथावत स्वीकार गरेर एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराएर र नवउदारवादी आर्थिक नीतिको समर्थन तथा कार्यान्वयन गरेर स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिका सामु आत्मसमर्पण गरिसकेका र स्वयम् नवकुलीन वर्ग तथा नवप्रतिक्रियावादी शक्तिका रुपमा प्रकट भइरहेका प्रचण्डहरुबाट अब जनता भ्रमित हुनेवाला छैनन् । प्रचण्डले छरेका भ्रमहरुबाट दिग्भ्रमित जनतालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चलाउने अभियानबाट भ्रममुक्त बनाउने र आम क्रान्तिकारी जनपंक्तिलाई वर्तमान दलाल राज्यसत्ता र व्यवस्थालाई फालेर नयाँ जनवादी राज्यव्यवस्थामा आधारित जनगणतन्त्र स्थापनाको महाआन्दोलनमा संगठित गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले बताएका छन् ।
भ्रम चिर्दै क्रान्तिकारी कम्युनिस्टहरु
विगतमा संशोधनवादी तथा दक्षिणपन्थी अवसरवादी कम्युनिस्ट पार्टीबाटै छ जना प्रधानमन्त्री र एकजना राष्ट्रपति भइसकेका छन् । राजतन्त्र ढलेर गणतन्त्र आउँदा पनि उनीहरुले भन्दै आएको सामाजिक न्यायको महसुस जनताले अहिलेसम्म गर्न पाएका छैनन् । उनीहरुले फलाक्ने गरेका सुशासन, स्थायित्व र दिगो विकासको एजेण्डा नारामै सीमित छ । संशोधनवादी कम्युनिस्ट पार्टीका नेताहरु मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र केपी शर्मा ओली पटक पटक प्रधानमन्त्री बने र विद्या भण्डारी दुई पटक राष्ट्रपति । तर, उनीहरुले किन कम्युनिस्ट कार्यक्रम लागू गरेनन् ? किन कि उनीहरु कम्युनिस्ट रहेनन् । उनीहरुको नाम (आवरण) र झण्डा मात्रै कम्युनिस्टको छ तर उनीहरुले दलाल पुँजीवाद र साम्राज्यवादकै सेवा गर्दै आएका छन् । उनीहरुले आम श्रमजीवी, शोषित उत्पीडित वर्ग र समुदायका जनताको कम्युनिस्ट पार्टीप्रतिको अगाध विश्वास र आस्थाको नाजायज फाइदा उठाइरहेका छन् । कम्युनिस्ट जनमतको पटक पटक हुर्मत लिइरहेका छन् । यही भ्रष्ट, नालायक, कुरुप र घिनलाग्दो दलाल तथा नोकरशाही पुँजीवादमा आधारित यही संसदीय व्यवस्थाको चुनावी चक्र काट्न र राज्यका अमूल्य स्रोत साधनमा ब्रम्हलुट मच्चाउने लाइसेन्स अनुमोदन गराउन फेरि सस्तो लोकप्रियता र बासी नारासहित अहिले अभियानको नाममा जनताको घरदैलोमा पुगिरहेका छन् । यी राजनीतिक व्यापारीहरु, ठग र लुटेराहरुलाई जनताले बेलैमा बुझ्न जरुरी छ । आज जनताले जुन सास्ती खेप्नु परेको छ, सबैतिर अनिश्चय, भयावह संकट र राज्यआतंक, विचौलिया आतंकको महसुस गर्नुपरिरहेको छ, यी सबैका कारण यी कांग्रेस, एमाले, माके र एसहरु नै हुन् । यिनीहरुलाई जनताले बेलैमा चिन्नुपर्ने क्रान्तिकारी कम्युनिस्ट नेताहरुको विश्लेषण रहेको छ ।



























