।।१।।
वीरको खुन युगले माग्यो, धरती पानामा
क्रान्तिको म्याग्मा, फुर्दै छ सदा सुरिलो गानामा
शासकको गोली पिएर तिनी सहिद भएछन्
जीवन अर्पी दुनियाँ सामु वीरगति पाएछन् ।।
।।२।।
चन्द्रमाजस्तै हँसिलो मुहार लिएर गए ती
संसारमुक्त पार्नका लागि प्रतिज्ञा गर्थे ती
ती वीर योद्धा गैगए साथी, मिर्र्मिरे पारेर
निष्पट्ट कालो अँध्यारोलाई केही पर सारेर ।।
।।३।।
गुराँसजस्तै रक्तिम झण्डा निशाना उठाऔं,
नमानी डर कसैको हामी धरती हँसाऔं ।
वीरले यहाँ सङ्घर्ष गर्दै रगत बगाए,
संसार हिँड्ने लक्षित बाटो उनैले देखाए ।।
।।४।।
हामीले तिनै गोरेटो खोजी लाग्नुछ अब त,
गर्दै छ आशा, रात र दिन यो आफ्नै जगत ।
योमात्रै एउटा सत्यको बाटो जिन्दगी फगत,
आलाको आलै राखौं है सधैं सहिदको रगत ।।
इटहरी– ४, सुनसरी