नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले बर्दघाट २ चिसापानीमा एक कार्यक्रम सम्पन्न गरेर ३० औं जनयुद्ध दिवस मनाएको छ । जिल्ला सचिवालय सदस्यद्व्य गणेश बहादुर ढकालको अध्यक्षता,दुर्गा नारायण चौधरीको संचालनमा भएको कार्यक्रममा सचिवालय सदस्य रामचन्द्र पोख्रेल र जिल्ला समिती सदस्य चुडामणि भन्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा विभिन्न जन तथा वर्गिय सङ्ठनका नेता कार्यकर्ताको उपस्थिति रहेको पार्टीले जनाएको छ ।































