१, रोटी
रोटीको एउटा भाग पाकेको छ सधैंभरि।
अर्को भाग त काँचै छ थाकेको छ सधैंभरि॥
पाकेको भागले काँचो भागलाई रुवाउँछ।
दोहोरै पाक्न पाए पो रोटी भन्न सुहाउँछ॥
२, झिल्को
झिल्को हुँ म त आगाको आगालाई बढाउँछु।
जथाभावी नफाल्नोस् है भन्ने पाठ पढाउँछु॥
कुल्चन्छौ पाइतालाले बेवास्ता गर्दछौ सधैं।
म एकदिन त्यो तिम्रो स्वर्णलङ्का डढाउँछु॥
३, नेपाल
सजिलै पुग्न गाह्रो छ टाढाको देश भन्छु म।
हिमपात सधैँ हुन्छ जाडाको देश भन्छु म।
सधैं मालिकको चल्छ मालिक्याइँ जता पनि॥
चिथोर्ने बाघले जस्तै काँडाको देश भन्छु म॥
४, ऊर्जा
रातो घामको ऊर्जा थोरै छ ररु बादल नबन्नुहोस्।
उसलाई जथाभावी नचाउँन खोज्ने मादल नबन्नुहोस्।
सम्पूर्ण रातो आकाश उसकै सिर्जना त हो
यसलाई गिराएरै छाड्छौं भन्नुहुन्छ(पागल नबन्नुहोस्।
५, उल्टो
जुट्नु पर्ने त पीडितहरू हुन्, पीडकहरू जुटिरहेछन्।
उठ्नु पर्ने त पीडितहरू हुन्, पीडकहरू उठिरहेछन्।
मनका उज्याला बस्तीमा चेतनाको बिगुल घन्कँदै छ
ए उत्पीडक हो१ रित्तिने छौ मनमा ज्वाला फुटिरहेछन् ।