१९ माघ काठमाण्डौ .
क्रान्तिकारी किसान महासंघ नेपालको ३ नम्बर प्रदेशको अनौपचारिक बैठक काठमाण्डौमा सम्पन्न भयो । बैठकमा महासंघका केन्द्रीय समयोजक सीताराम तामाङ र सह समयोजक धनेश्वर पोख्रेलको बिशेष उपस्थिति रहेको थियो । बैठकमा काठमाण्डौ भ्याली ,चितवन लगायतका जिल्लाहरुबाट साथीहरुको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित कामरेडहरुले आ —आफ्नो जिल्लाको रिपोटीँग गर्नुका साथै किसान आन्दोलनबारे आ—आफ्नो धारणा राख्नु भएको थियो ।
यसै सिलसिलामा महासंघको गतिबिधि र समसामयिक बिषयमा प्रशिक्षणमुलक मन्तब्य समयोजक तामाङले राख्नुभयो भने सह समयोजक पोख्रेलले संगठन र बैठक राख्नुको उद्देश्यबारे महत्वपूर्ण भनाई राख्नु भएको थियो । बैठकले रिक्त रहेको प्रदेश समयोजकको स्थानमा सर्बसम्मत रुपमा महासघको केन्द्रीय सदस्य गंगादेबी गुरुङलाई कार्यबाहक समयोजकको रुपमा चयन गरेको छ ।