कर्णाली बिम्ब ः समाजशास्त्रीय अध्ययनको महत्तवपूर्ण पुस्तक

कर्णाली बिम्ब ः समाजशास्त्रीय अध्ययनको महत्तवपूर्ण पुस्तक

हिरामणि दुःखी

भूमिका
लेखक टङ्क केसीद्वारा लिखित तथा सङ्कलित पुस्तक ‘कर्णली बिम्ब’को पाण्डुलिपि पढ्ने अवसर प्राप्त भयो । यस पुस्तकको सम्पादन तथा भूमिका लेखन गरिदिनु प¥यो सर भन्दै केसी जी तिहार अगाडि मेरो घरमा मलाई खोज्दै आउनुभयो । मैले अरू कुनै व्यावसायिक पुस्तकहरू त हेर्ने गरेको छैन, त्यो मेरो रुचिको विषय पनि होइन, खै तपाइँको पुस्तक कस्तो छ भनेर प्रतिकृया दिएँ । उहाँले मैले कर्णाली प्रदेशको परिचय झल्किने र पर्यटन प्रवद्र्धनलाई पनि टेवा पुगोस् तथा कर्णालीबारे जान्न चाहने जोकोहीलाई पनि अध्ययन सामग्री बनोस् भन्ने उद्देश्य राखेर लेखेको र सङ्कलन गरेको छु सर तपाइँले हेर्नुभयो भने यसलाई अझ राम्रो होला भनेर आएको बताएपछि मैले उहाँको ल्यापटपबाट मेरोमा फाइल सारेँ र सरसर्ती फाइल हेरेँ । फाइल हेरिसकेपछि त्यसभित्र सङ्गृहित विषयले मलाई आकर्षित ग¥यो । अनि मैले उक्त पुस्तकको भाषा तथा व्याकरण सम्पादन गरिदिने बाचा दिएँ ।


यतिखेर मैले उक्त पुस्तकको निकै मसिनो गरेर आध्योपान्त अध्ययन पनि गरेँ र मेरो ज्ञानले भेटेसम्मको सम्पादन पनि गरिसकेको छु । पुस्तक सङ्क्षिप्त छ तर गहकिलो पनि छ । यस पुस्तकमा सिंजासाम्राज्यको उत्पत्ति, विकास, विलय तथा बाइसे चौबीसे राज्यमा विभाजनदेखि पृथ्वीनारायण शाहको गोरखाराज्य विस्तारले बनेको हालको नेपाल सरहदसम्मका कथाव्यथाहरू समेटिएको छ । त्यसैगरी पुस्तकमा कर्णाली प्रदेशको निर्माण, प्रदेशमा रहेका स्थानीय निकायहरू र तिनका जनप्रतिनिधिहरू पनि उल्लेख गरिएको छ । पुस्तक यतिमा मात्रै सीमित छैन । पुस्तकमा कर्णाली प्रदेशका भौगालिक अवस्थाको चित्रण गर्नुका साथै यहाँका प्राकृतिक सम्पदाहरू, पर्यटकीय गन्तव्यका क्षेत्रहरू, विभिन्न जानकारी मुलक तस्विरहरू राखिएकोछ । त्यसैगरि जनयुद्धकालमा लडिएका उच्च फौजी मोर्चाहरूको बयान पनि गरिएको छ । यसले जनयुद्धको इतिहास पढ्न पनि ठुलो मद्दत पु¥याउने मैले ठानेको छु ।
प्रस्तुत पुस्तकमा कर्णाली प्रदेशमा पाईने विभिन्न प्रकारका जडीबुटीहरू, वन्यजन्तु, प्राकृतिक स्रोत, साधन र सम्पदाहरू, त्यहाँको जातीय बसोबास, जनजीवन तथा जनघनत्व, संस्कृति, भाषा, रहनसहन, त्यस क्षेत्रमा उत्पादित कृषिजन्य उपजहरूको विवरण आदि पनि उल्लेख गरिएको छ । साथै यी विषयहरूको तथ्याङ्कगत विवरण प्रस्तुत गरिएको हुनाले सबै प्रकारका पाठकहरूका निम्ति उपयोगी पुस्तक हुनेछ भन्ने मैले ठानेको छु । विश्व सम्पदा सूचिमा सूचिकृत वस्तुहरूको सङ्क्षिप्त परिचय पनि यसमा समेटेर टङ्क केसीले विद्यार्थी, पर्यटकहरू तथा आम पाठकलाई महत्तवपूर्ण जानकारी र ज्ञानको खुराक प्राप्त हुनेछ भन्ने मेरो विश्वास रहेको छ ।
यस पुस्तकको अर्को एउटा महत्तवपूर्ण विषय भनेको त्यस क्षेत्रमा रहेका र नेपालकै लोपोन्मुख एक मात्र जङ्गली समुदाय राउटे जातिका बारेमा प्रयाप्त चर्चा गरिएको छ । राउटे जातिका बारेमा जान्नका लागि उपयुक्त सामग्री राखिएको छ । त्यसैगरी पुस्तकको अर्को विशेषता भनेको यस प्रदेशमा भएका जनयुद्धकालीन महत्तवपूर्ण घटनाहरूको बारेमा जानकारी दिनु हो । जनयुद्धका बारेमा विस्तृत चर्चा गरिएको त छैन परन्तु सामान्य परिचयात्मक विवरण प्रस्तुत गर्नुले पनि युद्धको आवश्यकता किन थियो, कस्को नेतृत्वमा र किन जनयुद्ध सञ्चालन गरिएको थियो भन्ने बारेमा बुभ्mनका लागि यो विवरण उपयोगी रहनेछ । जनयुद्धमा सरकारी पक्षबाट केकस्ता मानअधिकार विरोधी हर्कत गरिएका थिए भन्ने कुरा जान्नका लागि खारा घटना र विथलडाँडा घटना नै प्रयाप्त छन् । यी विषय पनि यस पुस्तकमा समेटिएका छन् ।
प्रस्तुत टङ्ककृत ‘कर्णाली बिम्ब’ पुस्तक कर्णाली प्रदेशमा रहेर राजनीति गर्ने जोकोहीलाई पनि अति उपयोगी अध्ययन सामग्री रहेको छ । यहाँ प्रदेशको गठन, त्यहाँका स्थानीय निकाय र जनसङ्ख्याको अवस्था, निवार्चित जनप्रतिनिधिहरू, भौगोलिक विभाजन, पालिका गठन आदि विषयहरू समेटिएका छन् । स्थानीय निकायहरूको निर्माण हेर्दा नगरपालिकाको निर्माण जसरी गरिएको छ यो यहाँका जनताको आवश्यकता भन्दा पनि तत्क्षेत्रका राजनीतिक दल र तिनका नेताहरूको सनक र महत्तवाकांक्षाका आधारमा निर्माण गरिएको प्रस्ट हुन्छ ।
पुस्तकलाई तीन वटा खण्डमा राखिएको छ । पहिलो खण्डमा सिंजाराज्यको छोटो ऐतिहासिक जानकारी सहित पञ्चायतकालमा निर्माण गरिएको भौगोलिक इतिहास, कर्णाली प्रदेशको निर्माणको पृष्ठभूमिसहित समग्र परिचय, यहाँका पर्यटकीय सम्पदाहरूको सङ्क्षिप्त जानकारी, जनयुद्धकालीन घटना स्थल र त्यसको छोटो चिनारी आदि प्रस्तुत गरिएको छ । त्यसैगरि दोस्रो खण्डमा कर्णाली प्रदेशका स्थानीय निकायहरूको भौगोलिक विभाजन, निर्वाचित जनप्रतिनिधिहरूको विवरण ती स्थानीय निकायमा रहेका भौगोलिक, प्राकृतिक एवम् युद्धकालीन घटनाक्रमहरूको सङ्क्षिप्त जानकारीमूलक विषयहरू समेटिएको छ । यसले कर्णाली प्रदेशको स्थानीय सरकारका बारेमा जानकारी हासिल गर्न मदत गर्ने छ । साथै पयर्टकीय स्थल तथा त्यस क्षेत्रमा जानका निम्ति रुटगाइड समेतको भूमिका यस पुस्तकले दिने विश्वास गर्न सकिन्छ ।
तेस्रो खण्ड परिशिष्ट खण्ड रहेको छ । यसमा विशेष गरेर सिंजासाम्राज्य तथा लोक संस्कृतिका बारेमा विस्तृत चर्चा गरिएका आलेखहरू समावेस गरिएको छ । सिंजासाम्राज्य तथा यहाँका लोक संस्कृतिका बारेमा चर्चा गरिएका आलेखहरू समाजशास्त्रीय अध्यताहरूका निम्ति निकै उपयोगी इतिहासको तथ्यपूर्ण जानकारी प्राप्त गरिने सामग्रीका रूपमा रहेका छन् । त्यसैगरि यस परिशिष्ट खण्डमा समावेस गरिएको अर्को आलेख हो चौरजहारीको सोती घटना । यो घटना जाजरकोट खलङ्गा निवासी नवराज विकको अन्तरजातीय प्रेम प्रसङ्गमा आधारित छ । दलित समुदायको केटा र गैरदलित (ठकुरी) जात कि केटीका बिचमा प्रेम हुन्छ र त्यो प्रेमलाई विवाहमा परिणत गर्ने उद्देश्यले केटी लिन आएका जाजरकोटका प्रेमि नवराज विक सहित छ जनाको निर्वाचित वडाध्यक्षकै योजना, निर्देशन र सङ्लग्नतामा विभत्स प्रकारले हत्या गरेर भेरी नदीमा बगाइन्छ । यो २१औँ शताब्दी र स्वयम् जनयुद्धमा जातीय भेदभाव अन्त्य गर्न युद्धमा होमिएका पात्रहरूबाट यस प्रकारको जघन्य घटना घटाइनुले नेपालको जातिय विभेदको वर्तमान चित्र र चरित्र उदाङ्गो रूपमा देखिएको छ । यो विषय पनि प्रस्तुत पुस्तकमा सेमेटिनुले यो घटना भावि पिँढीका जनतालाई पनि स्मरणीय सामग्री हुनेछ । यसरी समग्रमा भन्नु पर्दा पुस्तक निकै उपयोगी पाठ्यसामग्री रहेको छ ।
सल्यान जिल्ला दार्मा गाउँपालिका वडा ५ स्थायी ठेगाना भई तुलसीपुर दाङमा बस्ने सामाजिक सशक्तिकरण र राजनीतिक आन्दोलनका विद्यार्थी नेता समेत रहेर भूमिका निभाएका टङ्क केसीले यो पुस्तक तयार पारेर नेपाली समाजकालागि महत्तवपूर्ण योगदान पु¥याउनु भएको छ । हाल विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा लेख तथा अभिव्यक्ति धारणा प्रकाशित गरेका टङ्कको पुस्तकाकार कृति यो पहिलो हो । हाल सञ्चार क्षेत्रमा आवद्ध रहेका टङ्कले कर्णालीको इतिहास, भूगोल, राजनीति, समाजशास्त्रीय अध्ययन, प्राकृतिक साधन र सम्पदाहरू, पर्यटन क्षेत्र र सभ्यव्यताबारेका स्थानहरूको जानकारी दिने यस पुस्तक सबैले एक पटक पढ्न योग्य रहेको छ । यसप्रकारको गहन पुस्तक तयार गरेर नेपाली पाठक सामू पष्किएकोमा लेखक टङ्क केसीलाई धेरै धेरै धन्यवाद बधाई आगामी दिनमा यस भन्दा अझ गहन पुस्तक तयार गर्ने प्रेरणा सहित शुभकामना दिन चाहन्छु । धन्यवाद ।

अध्यक्ष
इच्छुक सांस्कृतिक प्रतिष्ठान