महासंघका अध्यक्ष पवन मान श्रेष्ठव्दारा आदिवासी जनजातिमाथिको नृसंस दमनका विरुद्ध प्रेस विज्ञप्ति प्रकाशित

महासंघका अध्यक्ष पवन मान श्रेष्ठव्दारा आदिवासी जनजातिमाथिको नृसंस दमनका विरुद्ध प्रेस विज्ञप्ति प्रकाशित

 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट आदिवासी जनजाति महासंघका अध्यक्ष पवन मान श्रेष्ठव्दारा हस्ताक्षेरित ताप्लेज्ंगको पाथिभरामा आदिवासी जनजातिमाथिको नृसंस दमनका विरुद्ध प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।
प्रेस विज्ञप्तिमा ताप्लेजुङ् जिल्लाको पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गत माघ १२ गते एमाले—काँग्रेस सरकारको गृहप्रशासनले गरेको अन्धाधुन्ध गोली प्रहार घटनाको तीव्र विरोध र तीव्र भत्र्सना गरिएको छ । वक्तव्यमा गोली चलाउन आदेशदिने गृह प्रशासकमाथि शख्त कार्बाही गर्न र सम्पूर्ण घाइते जनताको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार माग समेत गरिएको छ ।
गोलीकाण्डमा परी घाइते भएका मिक्लाजुङ–५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको टिचिङ अस्पताल, महाराजगन्जको सघन उपचार कक्षामा उपचार भइरहेको छ वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यको पूर्ण पाठ तल दिइएको छ ः

विषय ः प्रेस विज्ञप्ति ।

गत माघ १२ गते ताप्लेजुङ जिल्लाको मुक्कुम्मुल (पाथिभरा) मा केवलकार निर्माणको विरोधमा उत्रेका स्थानीय जनसमुह आदिवासी जनजातिमाथि सरकारद्वारा गोली चलाई नृसंस दमन गरी दुई जना गोली लागि सिकिस्त अवस्थामा रहेको तथा एक जना बन्दुकको कुन्दाले हिर्काएर गंभीर घाइते बनाइएको छ तथा अन्य दर्जनौँ जनतालाई घाइते बनाइएको छ र तीन जनालाई गिरफ्तार गरिएको छ । सरकारको यस नृसंस दमनप्रति हाम्रो गौरवशाली संगठन अखिल नेपाल आदिवासी जनजाति महासंघको गंभीर रुपमा ध्यानाकर्षण भएको छ ।
आदिवासी जनजातिको आदिथलोमा कुनै पनि निर्माणको काम गर्नु पर्दा त्यहाँका आदिवासी जनजातिसँग परामर्श गरी उनीहरुको हित विपरित नभएको अवस्थामा उनीहरुकै स्वीकृतिमा निर्माण कार्य गर्नु पर्ने हुन्छ । लोकतन्त्रमा पनि यो कुरा लागू गरिन्छ र संयुक्त राष्ट्र संंघको आइएलओ–१६९ ले पनि यही कुरा हस्ताक्षरकर्ता राष्ट्रहरुलाई निर्देश गरेको छ । नेपाल पनि हस्ताक्षर कर्ता देश हो र भन्नलाई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताइन्छ । तर यहाँ जनताका आधारभूत लोकतन्त्र, जनजीविका र मानव अधिकारको समेत गंभीर ढंगले उलंघन गरिन्छ र यसको विरोध गर्नेमाथि गोली बर्साइन्छ । यस्तो काम ताप्लेजुङका सांसद, व्यापारी चन्द्र ढकाल र सरकारको मिलोमतोमा गत माघ १२ गते पाथिभरा गोलीकाण्ड घटाइएको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघ यसको घोर भत्सर्ना र निन्दा गर्दै उक्त केवलकार निर्माणको योजना खारेज गरी स्थानीय जनतासँग वार्ता थाल्न, घाइतेहरुको निशुल्क उपचार तथा बन्दीहरुको तत्काल रिहाइको जोडदार माग गर्दछ । सँगै घाइते आन्दोलन कर्ताहरुको सिघ्र सुस्वास्थ्य लाभको कामना गर्दछ ।
आदिवासी जनजातिको हकहितको यस आन्दोलनलाई हाम्रो अखिल नेपाल आदिवासी जनजाति महासंघ समर्थन, साथ र सहयोग रहन्छ । यहाँ हामी पुनः उत्पीडित आदिवासी जनजातिमा के ध्यानाकर्षण गराउन चाहन्छ भने पहिचानसहितको सक्कली संघीयता र जनगणतन्त्रको स्थापना नहुँदासम्म आदिवासी जनजातिको पूर्ण मुक्ति संभव छैन ।

पवन मान श्रेष्ठ
अध्यक्ष