काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ताप्लेजुङ् पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गत माघ १२ गते नेपाल सरकारको गृहप्रशासनले गरेको अन्धाधुन्ध गोली प्रहार घटनाको तीव्र विरोध र तीव्र भत्र्सना गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेव वक्तव्य जारी गर्दै यस गोलीकाण्डको घोर विरोध तथा तीव्र भत्र्सना गर्नुभएको हो । वक्तव्यमा गोली चलाउन आदेशदिने गृह प्रशासकमाथि शख्त कार्बाही गर्न र सम्पूर्ण घाइते जनताको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार माग समते गरिएको छ ।
गोलीकाण्डमा परी घाइते भएका मिक्लाजुङ–५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको टिचिङ अस्पताल, महाराजगन्जको सघन उपचार कक्षामा उपचार भइरहेको छ वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “केबलकार निर्माणसँग सम्बन्धित यो आन्दोलन जनताको आस्था, संस्कृति, संस्कार र भावनासँग जोडिएको हुनाले बलप्रयोग गरेर यसको समाधान हुन सक्दैन । सीमित दलाल पुँजीपतिको पक्षमा उभिएर होइन स्थानीय जनतासँग बसेर आपसी सहमतिका आधारमा यस समस्याको समाधान खोज्न हाम्रो पार्टी सरकारसँग विशेष माग गर्दछ ।”