क. भुल बहादुर सुनारी थापाको निधनमा उहाँप्रति पार्टीव्दारा श्रद्धाञ्जली अर्पण
काठमान्डौ ।
क. भुल बहादुर सुनारी थापाको यही पौष २४ गते घरछेउको नहरमा खसी दुःखद निधन भएको छ । उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य हुनुहुन्थ्यो । २०१६ साल साउन १३ गते स्याङ्जा जिल्लाको साविक मनकामना गा.वि.स.मा जन्मनुभएका क. सुनारी २०२२ सालदेखि रुपन्देही जिल्लाको बुटवल उप–महानगर पालिका वडा नं. १९ मिलीजुली टोल निवासी हुनुहुन्थ्यो ।
विचारमा स्पष्ट र जुझारु स्वभावका धनी क. सुनारीको निधनबाट पार्टीलाई एउटा अपूर्णनीय क्षेती भएको छ र यस दुःखद घडीमा पार्टीका कार्यवाहक महासचिव क. गौरवव्दारा निम्न प्रेस वक्तव्यमार्फत क. भुल बहादुर सुनारी थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँकी श्रीमति सहित सम्पूर्ण परिवार, साथीभाइ एवम् शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।































