सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) , चितवन जिल्ला समितिले  बुझायो ज्ञापनपत्र

सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) , चितवन जिल्ला समितिले  बुझायो ज्ञापनपत्र

 
खेतिमा जथाभावी विषादीको प्रयोगले प्रयोगकर्ता किसान र उपभोक्ता दुवै जोखिममा परेको र यसले क्यानसर , मृगौला सम्बन्धि समस्या लगायत थुप्रै जटिल स्वास्थ्य सम्स्याहरु पैदा गरेको र औद्योगिक उत्सर्जनको असुरक्षित विसर्जनले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा समेत नकारात्मक असर पारेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) , चितवन जिल्ला समितिले सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
आज २०८१ पौष ७ गते अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रकाशबाबु खनालद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्र आज प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल , भरतपुर महानगर प्रमुख रेनु दाहाल , कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेललाई बुझाएको छ ।
विषादीको असुरक्षित र जथाभावी प्रयोग , उद्योगहरुबाट निस्कने सबैखाले हानिकारक रसायन (धुँवा, पानी र फोहोर) , ढलहरुले मानव स्वास्थ्य मात्रै हैन जलचर लगायत विभिन्न वन्यजन्तुको र समग्र पारिस्थितिक प्रणाली (इको सिस्टम ) कै निम्ति खतरा बनिरहेको र यसलाई नियन्त्रण गर्न माग गरेको छ ।


पार्टीका केन्द्रिय सदस्य एवम् चितवन जिल्ला सचीव विकास सहित किसान महासंघका केन्द्रिय सदस्यहरु दिवाकर न्यौपाने , खड्गबहादुर कुवर , जिल्ला अध्यक्ष प्रकाशबाबु खनाल , जिल्ला नेताहरू कल्पना पौडेल , रामबहादुर पराजुली , कमल गिरि लगायतले प्रमुख जिल्ला अधिकारी र कृषि बिकास अधिकृलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । पार्टीका केन्द्रिय सदस्य अम्बिका मुडभरी सहित चितवन जिल्ला सचीव विकास सहित किसान महासंघका केन्द्रिय सदस्यहरु दिवाकर न्यौपाने , खड्गबहादुर कुवर , जिल्ला अध्यक्ष प्रकाशबाबु खनाल , जिल्ला नेताहरू कमल गिरि, कल्पना पौडेल , रामबहादुर पराजुली लगायतको टोलिले भरतपुर महानगर प्रमुख रेनु दाहाललाई भेटेर ज्ञापनपत्र बुझायो
एको छ ।
भेटमा सरोकारवाला निकायहरुले विषयलाई सकारात्मक रुपले लिँदै यसप्रति आफुहरुले सक्दो पहल गर्ने बताएको जिल्ला अध्यक्ष प्रकाशबाबु खनालले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारीले जिल्लाका कार्यालय प्रमुखहरुको बैठकम छलफलको विषयको रुपमा राख्ने जानकारी गराएको पनि खनालले बताएका छन् । उनका अनुसार संगठनले जिल्लाका सबै स्थानीय पालिका एवं सरोकारवाला निकायहरुमा मागकै रूपमा ज्ञापनपत्र पेश गर्ने र जनस्तरमा सुचना र सचेतना कार्यक्रम लैजाने योजना बनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ तल दिइएको छ ः