चितवन । महाधिवेशनको राजनैतिक, वैचारिक र सांगठनिक छलफलमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो सांगठनिक कार्यक्रमहरुसंगसंगै प्रचारत्मक कार्यलाई समेत अघि बढाएको छ ।
महाधिवेशन आयोजक समितिका सदस्य एवं चितवन जिल्ला सचिव बिकासका अनुसार जिल्ला भरी नै प्रचारका फरक फरक कार्यक्रमहरु सञ्चालन भइ रहेका छन् । भरतपुर सहित माडी , लोथर, इच्छाकामनाको कुरिन्टार लगायत जिल्लाका सिमावर्ती नाकाहरुमा महाधिवेशनको प्रचार गर्दै तुल, ब्यानरहरु टांगिएकाछन् । सामाजिक सञ्जालमा समेत पोस्टर, ब्यानर लगायत श्रब्य दृश्य समाग्री समेत प्रचार भइरहेको बिकासले बताएका छन् ।
शुक्रवार २०८१/८/७ गतेका दिन नारायणगढको सहिदचोक, बेलचोक र लायन्सचोक क्षेत्रमा महाधिवेशनबारे पार्टी केन्द्रिय समितिले जारी गरेको अपिल पर्चा बाडिएको छ । बिकासको नेतृत्वमा केन्द्रिय सल्लाहकार दिवाकर न्यौपाने, सहिद अनिसका बुबा खड्गबहादुर कुवर लगायत सहभागि हुनुहुन्थ्यो । यस्तै गरि जिल्लाका अन्य क्षेत्रहरूमा पनि प्रचारका कामहरु भइरहेकोे जानकारी जिल्लाको प्रचार प्रसार समितिका संयोजक सन्तोष बस्ताकोटिले जानकारी दिएका छन् ।
ताजा समाचार
© 2024, All right reserved to मूलबाटो