शनिबारीय साहित्य ः कथा
*** ***
कहिल्यै पनि झुल्किन मानेनन् घामका रेखाहरू कालुरामको झुपडीमा । सँधै अँध्यारोले साम्राज्य कायम ग¥यो उसको आँगनी । अभावै अभावमा वित्यो उसको जोवनका पच्पन्न बर्स । कुनै दिन त कसो घामका रेखाहरू आफ्नो आँगनीमा भेला नहोलान् भनेर मिठो प्रतिक्षा गरिरह्यो उसले । त्यसका लागि आफ्ना बाबु बाजेले अपनाएको बाटो पछ्याउनेदेखि जीवनमा आइपरेका सबै बाटाहरूमा हिँड्यो ऊ । आफ्ना श्रीमती, छोराछोरी, बुहारी र चिचिलो नातिलाई अघाउञ्जेल घामको न्यानोमा राख्ने सपना सपनामै तुहाएर झुपडिबाट आफैँले सदाका लागि विदा मागेर हिँड्यो ऊ ।
कालुरामको परिवारमा श्रीमती (बुधनी), छोरो, बुहारी, छोरी र एउटा नाति समेत छ जनाको परिवार थियो । थारू जातिमा प्रायः ठाउँ, समय, बार, महिना आदिका सन्दर्भ अनुसार बच्चाबच्चीको नाम राख्ने चलन हुन्छ । कालुरामले पनि छोरो शुक्रबार जन्मिएकोले शुखराम र छोरी मङ्गलबार जन्मिएकोले मङ्गली राखेको थियो ।
कालुराम आफ्नो बाबुको कान्छो छोरो हो । उसको बाबु कर्मलालकी जेठी श्रीमतीको अल्पायुमै मृत्यु भएपछि कान्छी बिहे गरेका थिए । त्यही कान्छीबाट जन्मिएको हो कालुराम । उसका दुई दिदी, एउटा भाइ र एउटा बहिनी पनि जन्मिएका थिए तर ती कोही पनि बचेनन् । आफ्नी आमाबाट कालुराम एक्लो थियो । जेठीआमाबाट भने उसका दुई दाजुहरू थिए, आशाराम र चन्द्रलाल । आशारामबाट त कालुराम भन्दा पनि दुई बर्स जेठो छोरो थियो । कालुराम दस बर्सको हुँदा उसकी आमा खसेकी हुन् । बच्चा पाउने व्यथा लागेको समय डेलिभरी अवस्थामै बढि रक्तश्राव भएर मृत्यु भयो । दुई जिउकीलाई गाड्न हुँदैन भनेर गाउँकै सोडेनीलाई बोलाएर मृत लाशबाट बच्चा जिक्न लगाए । सोडेनीले पेटमा हात हालेर बच्चा झिकेर हेर्दा मरेकी छोरी रहिछ । यसरी दस बर्सको कालुरामलाई छ दसक पार गरेको बाबु कर्मलालको जिम्मा छोडेर विदा भएकी थिई उसकी आमा ।
आमा मरेको एक बर्स भएको थियो ।
‘बाबा अब हमार छोट्कक् भ्वाज कराडी ।’ दाजुहरूले बाबुसँग कालुरामको बिहे गर्ने प्रस्ताव गरे ।
छोराहरूको प्रस्तावले कर्मलाल झस्किए । ‘नाही ! का कठो टुरहो ? दुईठो पटोइया पल बाट, ट फे भरखरिक लौरा क भ्वाज कर्ना बाट् काजे करठो ?’ कर्मलालले दुईवटी बुहारी घरमा हुँदाहुँदै कलिलो बच्चाको बिहे गर्ने आवश्यकता किन प¥यो भन्दै प्रश्न गरे ।
छोराहरू आशाराम र चन्द्रलालले विभिन्न तर्क गरेर भाइको बिहे गर्न कर गरे । उता आमा गुमाएको टुहुरो । त्यसमा पनि कलिलो उमेर । बिचरो बालख कालुरामलाई बिहे के हो केही थाहा छैन । छोराहरूको जिद्दी सामू बाबु कर्मलाल झुक्न बाध्य भए । त्यसपछि एघार बर्सको कालुरामका लागि बैबाङबाट अठार बर्सकी बुधनीलाई बुहारी बनाएर भित्र्याए ।
दुई भाइले आपूmहरू बसाइँ सर्ने निधो गरेरै भाइको बिहेको प्रस्ताव अगाडि सारेका थिए । बूढो बाबा र सानो भाइलाई खाना पकाएर खुवाउने पनि कोही नहुने देखेर उनीहरूले भाइको बिहे गरिदिने योजना बनाएका थिए । भाइको बिहे भएको अर्को बर्स उसका दुई दाजुहरू आफ्ना जहान र बालबच्चा टिपेर बुह«ान पसे ।
जेठको महिना । छिटफुट पानी पर्न सुरु गरेकोले बर्खा लागेको सङ्केत गर्दै थियो । सबैले बारीमा मकै छरिसकेका थिए । कसैकसैले त मकै गोड्न पनि थालेका थिए । पानी अलिक बर्सिएर खोला बढेर कुला चल्न थालेपछि धानको बिउ राख्ने योजनामा थिए किसानहरू । बेलुकीपख सिमसिम झरी परेकोले परिवारका सबै सदस्य घरमा जम्मा भएका थिए । मल्ही (माइली) बुहारीको खाना पकाउने पालो भएकाले ऊ बाहेक सबै पटाङ्ग्रीमा जम्मा भएका थिए । आशाराम र चन्द्रलालले बनकसको डौँरी (डोरी) बाट्दै थिए । कर्मलालले खोर्रेमा जाँड खाँदै र हुक्का तान्दै थिए । अचानक जेठो छोरो आशारामले बसाइँ सर्ने प्रस्ताव ल्यायो– ‘बाबा ! हम्र आपन आपन जन्नी व छाइ–छावा लेक बुह«ान जाइटी । यि हँ बैठ्केन हमार यी बर्का परिवार के गुजारा निचल्ठो ?’ उसको कुराले परिवारमा सन्नाटा छायो केहीबेर । सबै स्तब्ध भए ।
केहीबेरको मौनता तोड्दै कर्मलालले ‘का कठा र ये बर्का ?’ भन्दै नबुझेझैँ गरे । कुरा बुझेको झलक त उनको आँखामा भरिएको टिलपिल आँशुले व्यक्त गरेकै थिए ।
‘डाडु ठिक कहटा रे बाबा’ माइलो छोरा चन्द्रलालले पनि आफ्नो दाइको प्रस्तावमा सहमति जनायो ।
माइलोले पनि दाजुकै प्रस्तावमा समर्थन जनाएपछि कर्मलाल भने खान भन्दै उचालेको जाँडको खोर्रे (बटुको) उचालेको उचाल्यै भए । छाती त्यसै त्यसै बडेमानको ढुङ्गोले थिचेझैँ भयो । पहिला आँखामा मात्रै टिलपिलाएका आँशुले मूलको रूप लिए । मूल फुटेर झरेका आँशु दुबै गालाका बाटो हुँदै खान उचालेको जाँडको बटुकोमा झरे ।
कर्मलालले जाँडको बटुको भुइँमा थपक्क राखे ।
उमेरले सात दसक लाग्न थालेको बूढो शरीर । बुढेसकालमा जन्मिएको चिचिलो कालुराम र चिचिलो छोराकी अर्धाङ्गिनी हुन आएकी नौली बुहारी बुधनी । आफ्नो सहारा हुनुपर्ने श्रीमतीको गतबर्स मात्रै भएको मृत्युको खाटा बसिनसकेको घाउ । सम्पत्तीका नाममा गोठमा एक हल गोरु, दुईचार वटा भेँडा अनि केही कुखुरा चल्ला छन्, कर्मलालका अगाडि ।
जमीनका नाममा आफैँले बटैया लाउँदै गरेको जिम्दारको एक विगाहा खेतमा लागेको मोहियानी हकबारे भूमिसुधारले थमाएको कागजी खोस्टो बाहेक अरू केही छैन । लालपुर्जा देख्न त यो परिवारको ‘कर्म’मै छैन सायद । सबै भन्दा ठूलो सम्पत्ती त बाबुबाट पुस्तान्तरण भएर आएको तमसुक छ, जस्को मूल्य कर्मलालको सबै जिलिपुँजी सम्पत्ती विक्रि गरे पनि तिरिनसकिने छ । हरेक बर्स माघीमा ब्याज समेत खप्टिँदै नविकरण हुन्छ तमसुक । यस्तो कठिन परिस्थितिमा जिम्दारको बटैया जमिन जोत्ने बलिया पाखुरा भएका दुबै छोराले आपूmलाई छोडेर बुह«ान पस्ने कुरा गरेपछि कर्मलाललाई मन बुझाउने जिनिस नै यो धर्तीबाटै सकिएको महसुु भयो ।
जिम्दारको दुई विगाहा जग्गा बटैयामा जोतेर उब्जेको अन्नपानीले संयुक्त परिवार धान्न धौधौ थियो । दुई विगाहा अधियाँ जोत्न पनि जिम्दारको एक विगाहा बारी जोतखन गरिदिनु पर्ने । दसैँमा घर लिपपोत गर्ने र बर्खे दाउरा काटिदिनु पर्ने । जिम्दार्नी र बुहारीहरू माइतीमा जाँदा तिनको कोशेलीका खर्पन बोकेर गइदिनु पर्ने, इत्यादि बेठबेगारीका चाङ पूरा गर्नु पथ्र्यो, अधियाँ खेत जोत्ने हक पाउन ।
घर ! घर के भन्नु । काठको चिर्पटले बारेको भित्र ससाना कोठी भएको लामो टहरो । त्यही पनि जिम्दारकै जिराइतमा बनेको थियो । कुन दिन जिम्दारले उठिबास लाउने हो थाहा थिएन । त्यसैले घर सल्लाह गरेर दाजुहरू बुह«ानतिर लागे । उता बोडरतिर जङ्गल फडानी गरेर बस्ती बसिरहेका सुनेका थिए । आफन्तहरू उतै भएकाले पनि उनीहरू त्यता लागे ।
२०२१ सालको भूमिसुधार ऐनले हजारौँ थारूहरूलाई वेदखलीमा पारेपछि बुह«ान पसेका थिए लस्कर लागेर दाङका थारूहरू । भूमिसुधार लागू भएपछि वास्तविक जोताहा किसानका हात हातमा जग्गाको लालपुर्जा थमाउँछ भनेर पञ्चायतले आश्वासन बाँडेको थियो । राजा महेन्द्रको जयजयकार गर्न लगाइयो । अब देशमा भूमिसुधार लागु हुन्छ र हदमाथिको जग्गा राज्यले कब्जा गरेर जोताहा किसानलाई बाँड्छ भनेर छ महिन अगाडि नै ढोल पिटाइयो देशैभरी । त्यसपछि सुरु भयो भूमिसुधार कानुनको नौटङ्की ।
जमिन्दारहरूले आफ्ना उमेर पुगेका छोराछोरीहरू र श्रीमतीलाई अंशबण्डा दिएर जग्गाको स्वामित्व बाँडेर हदबन्दी घटाउनतिर लागे । कसैकसैले सालासाली आफन्त, नाताकुटुम्ब समेतका नाममा राखे । भूमिसुधारको डोर गाउँगाउँमा आउँदा त हदमाथिका जमिन सबै हदमुनी भइसकेका थिए । त्यहीबेला केही किसानहरूलाई भने मोहियानी हकको फाराम भराएर भूमिसुधारको डोर फर्कियो । त्यसै बखतको उपहार थियो कर्मलालले पाएको मोहियानी हकको खोस्मेरो । केही बर्स पछि त धमाधम थारूहरू जग्गाबाट बेदखलीमा पो पर्न थाले । केही सत्ताको आडभरोसामा रहेका जिम्दारहरूले डर, धाक धम्की दिएर त्यही मोहीयानी हक पनि थारूहरूलाई बुझिलिएको कागज र तमसुकमा सहीछाप गर्न लगाएर खोसे । अनि त थारूहरू बुह«ान भासिनुको विकल्पै रहेन ।
भूमिसुधार ऐन वास्तविक किसानलाई जमिन थमाउन ल्याएको नभएर जमिन्दारहरूका परिवारलाई व्यवस्थित गर्न ल्याइएको रहेछ । भयो पनि त्यही ।
आफ्ना दुई छोरा–बुहारी र नानातिना बुह«ान भासिँदा कर्मलाल भने कान्छो छोरा र कान्छी बुहारीसित दाङमै बसे । थपगाउँ हो उनीहरूको घर । आफ्ना बाबुबाट आपूmमा सरेको जिम्दारको ऋणको भारिले थिचिएर उनी छोराहरूसित बुह«ान अर्थात बर्दिया जान पाएका थिएनन् ।
दुई छोराहरूले आपूmलाई छोडेर हिँडेपछि कर्मलालका दिन निकै कष्टकर भएर बिते । कुनै दिन त भोकभोकै पनि बस्नु प¥यो । छोरो अठार बर्स पुग्दा कर्मलालले पनि संसार छोडेर गए । त्यसपछि सुरु भयो कालुरामको जिन्दगीका अक्करे भीरको यात्रा । बाजेबाट बाबु हुँदै नामसारी भएर आएको जिम्दारको तमसुक, उसकै अधियाँ खेत र बेठबेगारीको पहाड, आफ्ना लालाबाला र दुई जिउ भएको आपूmभन्दा सात बर्स जेठी श्रीमती । यी सबैको भारी बोकेर अक्करे भिरको यात्रा गर्नु कालुरामका लागि अनिवार्य नियति बनेर आयो ।
२०४६ सालको परिवर्तनले कालुरामको हृदयमा केही आशाका दियो सल्काएको थियो । जिम्दारको परिवार सबै काङ्ग्रेसतिर लागेका थिए । उनीहरूकै दवावमा परेर कालुरामले पनि आफ्नो झुपडिमा चारतारे भण्डा गाड्यो । जिम्दारका पछि लागेर चुनावमा खाइनखाई प्रचारप्रसारमा पनि हिँड्यो । उसले गर्नुपर्ने सबै काम विना स्वार्थ खुरुखुरु गरी रह्यो । छोरो शुखराम र छोरी मङ्गली पनि किशोर उमेरमा पाइला टेक्दै थिए । जिम्दारको घरमा कमैया बसेको कालुरामले छोराछोरीलाई पढाउन पाउने कुरै थिएन । आफ्ना लालावाला र जिम्दारका गाइभैसीलाई घाँस पराल गर्ने, ग्वाला जाने गर्दै उनीहरूले योवनका खुट्किला चढ्दै रहे । अहँ ! कालुरामको अक्करे भीरको यात्राले न त विश्राम लिने चौतारी भेटायो न त समतल बाटोको यात्रा गर्न नै पायो । बाबुको विरासतले लखेटी रह्यो ।
जिम्दारको सङ्गत र दवावले गर्दा कम्युनिस्टहरू भनेका आफ्नो बर्गका होइनन् बरु आफूसँग भएको सबै जिलिपुँजी पनि लुटिदिन्छन् भन्ने भ्रम पालिरहेको थियो कालुरामले । जब माओवादीले जनयुद्ध सुरु ग¥यो र उसकै गाउँका जमिन्दारहरूको जमिन कब्जा गरेर जग्गा जोतिरहेका किसानहरूलाई बाँटिदिन थाले त्यसपछि माओवादी भनेका त आपूmहरूलाई मुक्त गर्न हिँडेका मुक्तिदाता पो रहेछन् भन्ने बुभ्mन थाल्यो । त्यहीबेला सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा ग¥यो । यो घोषणाले कमैयाहरू मुक्त त भए तर उनीहरूले जोतभोग गर्दै आएको जमिनबाट पनि मुक्त भएपछि मुक्त कमैयाहरूलाई खान बस्नकै समस्या प¥यो । सरकारले विना ब्यवस्था मुक्तिको घोषण गर्नुले मुक्त कमैयाहरू अझ ठूलो जटीलतामा फसे । कालुरामको पनि त्यही हालत भयो । जिम्दारले जोत्दै आएको खेत पनि खोस्यो र आफ्नो जिराइतमा बनेका कालुरामको घर पनि भत्काएर लखेट्यो । त्यसपछि उनीहरूको विचल्ली भयो र आफन्तहरूकोमा आश्रय लिएर बस्यो कालुरामको परिवार ।
एकदिन आफ्नो गाउँमा भेला भएका माओवादीहरूसँग कालुरामको भेट भयो । त्यहाँ थारू समुदायका पनि थुप्रै नेता कार्यकर्ता थिए । ऊ सम्पर्कमा गएपछि उसले आफ्नै जातिका माओवादी नेतासित कुराकानी गर्न थाल्यो । त्यहाँ जिल्ला स्तरका नेता पनि थिए । थारू नेता सङ्ग्रामले उसलाई लामै कुराकानी र छलफल गरेर माओवादीको राजनीति प्रष्ट बुझायो । कालुराम पनि थारू मुक्ति मोर्चा मार्फत् माओवादीमा जोडियो । ऊ सहित थपगाउँका धेरै थारू समुदायका युवा युवतीहरू माओवादीमा लागे । केही त जनमुक्ति सेनामै गए ।
केहीदिन पछि माओवादीको जनसरकार स्थापना भयो । कालुराम पनि स्थानीय सरकारको प्रतिनिधि चुनियो । त्यहीबेला उसलाई उठीवास लगाउने जिम्दारबाट उसको बाजेको पालादेखिको तमसुक जफत गरेर च्यातियो, उसले पाउनुपर्ने मोही बापतको जमीन तुरुन्तै मालपोत कार्यालयमा गएर पास गरिदिने सर्तमा जिम्दारलाई मञ्जुर गराइयो र जिम्दारले ओगटेर राखेको तीन कट्ठा ऐलानी जमिनमा कालुरामलाई घर बनाइदिने पार्टीले निर्णय गरेर माओवादीहरू अर्को गाउँतिर लागे ।
कालुरामको तीन कट्ठा ऐलानी भएपनि आफ्नै पाखो बारी भयो । ढुङ्गा माटोको गारो लगाएर तला छापेको दुईकोठे घर माओवादीहरूले श्रमशिविर गरेर बनाइदिए । मोहीबाट पाएको चार कट्ठा खेत पनि भयो । यसरी माओवादीले कालुरामलाई थोरै भएपनि आफ्नै सम्पत्तिको मालिक बनाइदियो र बाजेको पालादेखि जिम्दारको बँधुवा बनेको उसको परिवारलाई साँच्चिकै मुक्त ग¥यो । त्यसपछि कालुराम पूर्णकालीन भएर युद्धमा सामेल भयो ।
गाउँमा माओवादीले आधारइलाका निर्माण गरेपछि त कालुरामको घर माओवादीको सम्पर्क कार्यालय जस्तै बन्यो । शुखराम पनि मिलिसियामा भर्ति भएर जनसत्ताको सुरक्षामा खटियो । मङ्गली सञ्चारको काममा साथ दिन थाली । कालुरामको पुरै परिवार माओवादी बन्यो ।
शान्ति प्रकृया आएपछि माओवादीका पूर्णकालीन कार्यकर्ता सबै घर फर्किए । घर फर्कन त कसैलाई मन थिएन । पार्टीको मुख्य नेताले नै लक्ष्य पूरा नहुँदै युद्धको बाटो छोडेर संसदको बाटो समाते । कार्यकर्ताहरू बिच बाटोमै अलपत्र परे । अलिअलि घरबास हुनेहरू घर फर्किए, नहुनेहरू पासपोर्ट बनाएर विदेश पलायन भए । कालुराम घर फर्कियो । हिज ऊ जस्तालाई पार्टीमा लगाउने टाठाबाठाहरू सहर र सत्ताको मोजमस्तीमा लागे ।
ऊ घर फर्कंदा उमेरले आधा शताब्दीको घेरो नाघेको थियो । बुधनी त झन् छ दसकको गौँडो टेक्दै थिई । छोरोले बिहे गरेर नाति जन्माइसकेको थियो ।
घरमा माघी पर्व पस्ने तयारीमा थियो । थारुहरूका लागि माघी सबैभन्दा ठूलो पर्व हो । पुसको अन्तिम साता बुधनीले ‘चोल पटोहिया आज् घर निप्ना माटी लेह जाई’ भन्दै बुहारीलाई लिएर घर पोत्ने माटो खन्न जङ्गल गए । माटो खन्ने खाल्टो भित्र पसेर माटो खन्दै गर्दा एक्कासी ढिस्को भत्किएर बुधनीलाई च्याप्यो । बुहारीले माटो खन्न गएका अरू दिदीबहिनीहरूलाई चिच्याउँदै बोलाई । सबै मिलेर ढिस्को फालेर बुधनीलाई झिके । बुधनी बेहोस थिई । उठाउन खोज्दा खुट्टा टेक्नै सकिन । कम्मरको भाग लुलो भएको थियो । तुरुन्तै तुलसीपुरको अञ्चल अस्पतालमा पु¥याए । एक्सरे गरेर हेर्दा ढाड भाँचिएको रहेछ । डाक्टरहरूले तुरुन्तै काठमाडौं लैजान अह«ाए । गाउँका आफन्तहरूले पैसा उठाएर काठमाडौं टिचिङमा पु¥याए । दुई महिनाको अस्पताल बसाइपछि बुधनीलाई घर लिएर आयो कालुराम । बैसाखीको सहारामा अलिअलि भित्रबाहिर हिड्न सक्ने भई बुधनी । श्रीमतीको उपचारमा लाखौँ खर्च भयो । उसलाई सरकारमा पटक पटक पुगेको माओवादीले न त सहयोग ग¥यो न त गरिबको कोटाबाट उपचार नै गराउन पायो । ऋण माथि ऋण थपेर छोरोलाई मलेसिया पठायो र आपूmले तुलसीपुरमा घर बनाउने ठेकेदारसँग लेबरको काम गर्न थाल्यो । काम गर्दा गर्दै अचानक आपूm बिरामी प¥यो । अस्पतालमा चेक गराउँदा किड्नीमा पत्थरी देखियो । जण्डिस पनि ह्वात्त बढेछ । कलेजो ड्यामेज गराउने स्टेजमै पुगिसकेको रहेछ । छिमेकी हर्षबहादुरको सहारा लिएर काठमाडौं टिचिङमा उपचार गराउन गयो । हर्षबहादुर एक नम्बरको फटाहा र ठग थियो । ऋण धन गरेर जुटाएको पैसा पनि अस्पतालमा सबै खर्च भयो भनेर पचास हजार त भ्mवाम पारिदिएछ । कालुरामले पार्टीमा धेरै पटक उजुरी ग¥यो तर कसैले उसको सुनुवाई गरेन ।
माओवादी पार्टी फुटेर सरकारी र विद्रोही गरी दुई खेमामा बाँडिएका थिए । उसको गाउँका सबै माओवादी कार्यकर्ता सरकारी माओवादीमा लागेका थिए । कालुराम पनि सरकारी माओवादीमै सङ्गठित थियो ।
तीन बर्ससम्म निकै थलियो कालुराम । बुधनीले त अलिअलि बामे सर्दै भान्सामा सघाउने भएकी थिई तर कालुरामले भने पच्पन्न वटा पुसको कठ्ङ्ग्रिने जाडो काटेर सदाका लागि पृथ्वी छोडेर गयो । पार्टीमा लागेपछि उसको पार्टी नाम पनि पिर्थिवी नै राखेको थियो । यसरी पृथ्वीले सबै प्राणिलाई आश्रय र जिवन दिए जस्तै सङ्कटका बेला होस् वा शान्ति प्रकृयापछि पनि सबै माओवादीलाई आश्रय दिएर निश्वार्थ सेवा गरेको पिर्थिवी अथात् कालुराम थारू आफ्ना सन्तानलाई अघाउञ्जेल घामको न्यानोमा राख्ने सपना आफैसित लिएर गयो ।
उसको मृत्युमा जिल्लाबाट समेत माओवादीहरू श्रद्धाञ्जली दिन भेला भएका थिए । नेताहरूले पिर्थिवीका बारेमा लामा लामा भाषण दिए । प्रसंसाका शब्दहरूले सगरमाथाको पहाड नै खडा गरे । बुधनी, शुखराम र मङ्गलीले भने उनीहरूको भाषणमा चासो दिएका थिएनन् ।
‘चोल् शुखराम भिटर जाई’ बुधनीले बैसाखी टेक्दै छोरा–बुहारीलाई घर भित्र जाउँ भनेर लिएर गइन् । बुधनीको परिवारले एकप्रकारले सभाको अबज्ञा गरेको सङ्केत दिए ।
{‘इच्छुक’ अङ्क १०, २०८० असोजबाट}