काठमाडौं÷८ मङ्सिर

क्रान्तिकारी कम्युनिस्ट पार्टी, दाङले आज एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो पार्टी समर्थक शिक्षक डिल्लीराज डी.सी.लाई विना कारण अरु नै घटनामा मुछेर आतङ्कित पारेको र धरपकड गर्न खोजेको घटनाप्रति आपत्ति जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी दीपले वक्तव्य जारी गर्दै प्रहरी प्रशासनलाइ उक्त कार्य राेक्न भिनएकाे छ । 

यहि मङ्सिर ६ गते नेकपा बहुमतका कार्यकर्ताहरुले सुदखोरका नाममा घोराहीका माधवा बस्नेत र उनका श्रीमान धर्मबहादुर बस्नेतलाई नाक काटेको समाचार बाहिरएकाे थियाे । साे घटनामा मुछेर प्रहरी प्रशासनद्वारा घटनामा असङ्लग्न व्यक्ति शिक्षक सङ्गठनका केन्द्रीय सदस्य डिल्लीराज डी.सी.लाई आतङ्कित पार्ने, उनको विद्यालय तथा घरमा छापा मार्ने जस्तो कार्य गरेको हुनाले  त्यस प्रकारका कार्य नगर्न प्रशासनसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर