मानव सभ्यताको विकासस : धर्म, संस्कृति र प्रश्नहरू

मानव सभ्यताको विकासस : धर्म, संस्कृति र प्रश्नहरू

अहिले विश्व राजनीतिमा दक्षिण ढल्कोको बोलवाला चल्दै छ । कहीँ धर्म, कतै भाषा, कतै संस्कृति, कतै प्रवासी विमर्शका विषय बन्दै छन् । आफ्नो जाति, भाषा, धर्म र संस्कृतिलाई प्रभुत्वशाली तप्का महिमा मण्डित गरेर वर्चस्व राजनीति गर्दै छ । तर, युद्ध र शान्तिका विषय बहसको केन्द्रमा पुगेका छैनन् । सडक मौन छ । प्राज्ञिक तप्का बजारवादको सिकार बनेको छ । मानवीय चिन्तनलाई इतिहासको व्यवस्थापनले भुत्ते पारिँदै छ । मिथकलाई इतिहास र इतिहासलाई मिथक बनाउने खेल भइरहेका छन् । श्रेष्ठ सावित गर्न धर्मग्रन्थ र वैदिक साहित्यबाट नायक र खलनायकको खोजी गरिँदै छ । इतिहासको व्यवस्थापनले समाजमा उत्तेजना, आवेग भर्छ । अर्कोतर्फ अल्पसङ्ख्यकप्रति घृणाका तर्क र उत्तेजना पनि उमारिदिन्छ । सबैसँग श्रेष्ठताभावका तर्क छन् । तर्क सकिएपछि एकआपसमा भिड्छन् । क्रुसेड, जिहाद र धर्मयुद्ध एकअर्को धर्मप्रतिको घृणा र आधिपत्यको भिडन्त राजनीति हो । आमजनतालाई युद्धमय गराउन आफू श्रेष्ठ भएको मान्यताका भावनामा नै खेल्नुपर्छ ।

वैश्वीकरण भएको यस संसारमा राम्रा वा नराम्रा कुराको असर जहाँतहीँ पर्छन् । हरेक विचारका प्रतिनिधि हरेक ठाँउमा हुन्छन् । संसारमा जस्तै भारतीय उपमहाद्वीपमा पनि अन्यत्रका बहस, अभ्यासजस्तै अभिजात वर्ग ुहामी र उनीहरूु भनेर समाजमा वैमनस्यता पैदा गरिरहेको छ । त्यसका बाछिटा नेपालमा पनि देखिँदा छन् । सभ्यताका विकास अध्ययन नगरी जीवन र जगत् बुझ्न वा धर्म र साम्प्रदायिकता विषयमा चर्चा गर्न सकिँदैन । इतिहास, भाषा, संस्कृति, धर्म, दर्शन, साहित्य, कला, राजनीतिक सभ्यताका साथसाथै विकास हुने गर्छन् । भावनामा नभई तर्क र तथ्यका वैज्ञानिक चस्माले विचारोत्तेजक विषय, अध्ययन गरिन्छन् । आउनुस्, सभ्यताको विकास, धर्म र साम्प्रदायिकताबारे थप छलफल गरौँ ।

मान्छेमा जिज्ञासा, इच्छा, संवेग, प्रेरणाको विकास भइरहन्छ । त्यो के कारण र कुन परिस्थितिमा हुन्छ रु हाम्रा जिज्ञासामा लाखौँं वर्षपहिला धरती कस्तो थियो होला १ ब्रह्माण्डको सृष्टि कसरी भयो होला रु जीवको उत्पत्ति कसरी भयो होला रु पृथ्वीभन्दा अन्य ग्रहमा पनि जीवन होला कि नहोला रु धर्मको सुरुवात कसरी भयो होला रु जीवन र मृत्युको रहस्य के, कस्ता होलान् रु मान्छेलाई धार्मिक बनाउने कुन तत्त्व होला रु धर्मको उत्पत्ति किन र कुनकुन कारणले भयो होला रु कसरी सभ्यताको सुरुवात र विकास हुँदै गयो होला रु निद्रावस्था या मृतावस्था पर्याप्त समानता हुँदा पनि निद्रावस्था, मृत्युजस्तो किन हुँदैन रु सपना किन देखिन्छन् र त्यसको सम्बन्ध केसँग हुन्छ रु ब्युँझेपछि फर्कने चेत किन मरेपछि फर्केर आँउदैन रु शरीरबाट चेतना कहाँ र कसरी जान्छ रु मृत शरीरलाई निष्क्रिय पार्ने तत्त्व के हो रु मरेको मान्छे सपनामा किन देखिन्छ र संवाद पनि किन हुन्छ रु आदिमानवको मनमा पनि प्रश्न जागृत भए होलान् । अनेकौँ कौतुहलता भए होलान् ।

कुरा सभ्यता विकासको

सभ्यता शब्दको प्रयोग मानव समाजको सकारात्मक, प्रगतिशील र समावेशी विकासको अर्थमा लिइन्छ । जंगली युगबाट सभ्य समाजको विकासमा औजार ९सिकार र कृषिका लागि० हलो, नाउ, गाडाको विकास, खानपानमा परिवर्तन, उन्नत कृषि, टाडाटाढाका व्यापार, व्यावसायिक विशेषज्ञता र शहरीकरण आदि पर्दछन् ।

भाषा, लिपि, कला, संस्कृति, दर्शन, साहित्यको विकाससँगै ज्ञान र विज्ञानको क्षेत्र फैलिँदै गयो । कालान्तरमा नदीका किनारा सभ्यताको केन्द्र बन्दै गए । मेसोपोटामियाहरू टाइग्रिसरयुफ्रेटिस नदीहरूमा, निल नदीको किनारमा इजिप्टको सभ्यता, सिन्ध नदीको किनारामा सिन्धु घाँटीको सभ्यता, ह्वागहोको किनारमा चीनको सभ्यता । यी चार नदी सभ्यता विकाससँगै राजनीतिक प्रणाली, धर्म, भाषा र संस्कृति पनि विकास भए । तर, हरेक सभ्यताका धर्म, संस्कृति भने फरकफरक थिए । आदिमकालमा पनि विज्ञान रह्यो नै । बिउबेगर वृक्ष कसरी उम्रन्छ र रु घाम उदाउँथ्यो । रात पर्थ्यो । जीवनमृत्यु हुन्थ्यो । हिँउदवर्षा हुन्थे । जाडो, गर्मी हुन्थे । भोको पेटले सोच्न र नयाँ विषय खोज्न बाध्य गरायो ।

प्रकृतिसँग लड्दै भिड्दै खतरासँग खेल्दै सभ्यताको विकास हुँदै गयो । त्यसबेला पनि दार्शनिक या वैज्ञानिक रहे होलान् । प्रकृतिका विभिन्न कार्यकलापलाई बुझ्ने प्रयास गरे होलान् । पृथ्वीमा लाखौँ वर्षदेखि जीवन भए पनि प्रमाणित इतिहास भने केही हजार वर्षको मात्रै छ । भूगर्भविद्‌को भनाइमा भौगोलिक परिवर्तनले इन्डियन ल्लेटो र तिब्बतियन प्लेटोको टकराहटले हिमालय पर्वत ठडिएको र त्यसैको टकराहटले भूकम्प जाने भनाइ छ । टेथिस महासागर अब भूगर्भविद्‌लाई मात्रै सरोकार बन्न पुग्यो ।

प्रागैतिहासिक संसार कस्तो थियो र डायनासोरहरू पहिलोपटक देखा पर्दा र क्रेटासियस अवधिको अन्त्यमा सामूहिक रूपमा विलुप्त भएको बीचमा कसरी परिवर्तन भयो रु लगभग २४५ करोड वर्षपहिलादेखि ६६ करोड वर्षपहिलेसम्मको मेसोजोइक युग भनेर चिनिने समयमा बाँचेका थिए भनेर जीवशास्त्रीहरू भन्छन् ।

सभ्यता विकासका अनेकौँ चरण छिचोल्दा आधुनिक मानव इतिहासको प्रारम्भ धेरै पछि भयो । इतिहासलाई त प्रमाण चाहिन्छ । टोयनबीले इतिहास अध्ययनमा ९१९३४० सभ्यतालाई जीवहरूसँग तुलना गरे । चार चरणको जीवनचक्रलाई उत्पत्ति, वृद्धि, विघटन र विघटन । जहिले पनि सभ्यताहरूको सामना गर्ने चुनौती, प्रतिक्रिया संयन्त्रले मान्छेका क्षमतालाई आत्मनिर्णय र आत्मनिर्देशित प्रभाव पार्दै लैजान्छ । मानव सभ्यताका मूल केन्द्रहरूमा मेसोपोटामिया ९इराक० नायल (इजिप्ट)  सिन्धु र गंगाका मैदान ९भारत, पाकिस्तान०, ह्वांङहो ९चीन०, इन्का ९पेरु० र मेसोअमेरिकन गल्फ कोस्ट ९मेक्सिको० लगभग इसापूर्व ९इसापूर्व० ४ हजारदेखि ३ हजारबीचमा विकसित भयो ।

सिन्धु घाँटी सभ्यता सबभन्दा ठूलो प्राचीन् सभ्यता हो । जॉन मार्सलले यसको नामकरण गरे । यो सभ्यता आद्यऐतिहासिक युग ९ताम्र पाषाण युग कांस्य युग० सँग सम्बन्धित छ । दयाराम साहनीले पहिलोपटक १९२१ मा हडप्पा सभ्यताको खोजी गरे । निल नदीको आसपास विकसित मिश्रको सभ्यता विश्वको सबभन्दा पुरानो सभ्यता हो । मानव सभ्यता विकासमा फरकफरक भूगोलसँगै भिन्नाभिन्नै धर्म, दर्शन र संस्कृति विकास हुँदै गए ।

अहिले पनि मानव सभ्यताको जीवन्त अद्ययनशाला भारतको अण्डमान निकोबार द्वीप समूहको नर्थ सेन्टेनल टापुमा मानव जातिका आदिपुर्खा रहेका छन् । यस टापुमा ६० हजार वर्षको निरन्तरतामा जीवन्त मानव उपस्थिति छ । आधुनिक मनुष्यको पहिलो पैताला यस टापुमा १,८६७ मा टेकियो । यहाँ ५० देखि २ सय जनाजति मानव पुर्खाका सन्तति रहेको अनुमान गरिन्छ । यिनीहरू अझै आगो बाल्न जान्दैनन्, चट्याङबाट निक्लेको झिल्काबाट आगो जोगाउँछन् । आधुनिक मानवसँग सम्बन्ध नजोडिने यो जातिलाई केही वर्षपहिलासम्म नरभक्षी हुन् भनेर भनिन्थ्यो । तर, मानवशास्त्री त्रिलोकनाथ पण्डित र मधुमाला चट्टोपाध्यायले उनीहरूका कैयौँ रहस्य उद्घाटन गरे, अझै उनीहरूका भाषा बुझ्न भने सकिएको छैन ।

सभ्यताको विकास

ब्रह्माण्ड उत्पत्ति, केन्द्र, सृष्टि, मानव उत्पत्तिबारे मुख्यतया दुई धारणा छन् । पहिलो आध्यात्मिक धार र अर्को वस्तुवादी धार । संसारकै अध्यात्मवादी धारको ब्रह्माण्डको उत्पत्ति र मानव जातिको अवस्थाबारे सबैको प्रायस्जसो एउटै निचोड छ भने वस्तुवादी वैज्ञानिक र मानवशास्त्रीका फरक ।

मानवशास्त्रीहरूको धारणा अध्ययन र अनुसन्धानमा केन्द्रित हुन्छन् । अध्येताहरू अनुसार ३ लाख वर्षपहिला आदिमानव होमो सेपियन्स रहेका थिए । आधुनिककालमा सभ्यताको अध्ययनलाई डीएनए र कार्बन विधिले अझ सहज बनायो । अध्ययन, अनुसन्धान रोकिने कुरा भएन, निरन्तर चलिरहन्छ । प्रकृतिका कतिपय रहस्यले अझै वाणी पाउन भने सकेका छैनन् ।

सिन्धु घाँटी सभ्यता अध्ययनको आधार हडप्पा र मोहन जो दोडोको लिपि त अझै पढ्न सकिएको छैन । मानवशास्त्रीहरूका अनुसार मानव विकासका चार चरण छन् । समय बित्दै जाँदा अस्ट्रेलोपिथेकस– होमो ह्याबिलिसमा विकसित भयो । होमो ह्याबिलिस, होमो इरेक्टसहुँदै होमो निएन्डरथालेन्सिसमा विकसित भयो । अन्ततः, होमो निएन्डरथालेन्सिस होमो सेपियन्समा विकसित भयो ।

अनुसन्धानसँगै पहिला बनेका विश्वासहरू भत्कन सक्छन् । मान्छे नित्य नयाँ हुन्छ । त्यस्तै, अध्ययन र अनुसन्धानमा पनि नयाँनयाँ तथ्य थपिँदै जान्छन् । अरस्तुको पृथ्वीकेन्द्रित सोचलाई ग्यालिलियोले सूर्यकेन्द्रित सोच बनाएर उल्ट्याइदिए । सभ्यताको विकासका साथै दर्शन, धर्म र संस्कृति पनि विकसित हुँदै आधुनिक उन्नत मानव बन्दै गयो । धर्मवादीहरू जिज्ञासाको उत्तर धर्मग्रन्थ, मिथक र पुराणहरूमा खोज्न थाल्छन् भने विज्ञानवादीहरू अध्ययन अनुसन्धानमा ।

०००

मानव सभ्यता विकासको टाइमलाइन
– प्राचीनतम अवशेषका युगमा मोरक्कोमा साफी नगरको करिब ५० किलोमिटर टाढा जेबेल इरहाउदको गुफामा पाइएको ३ लाख वर्षपहिलाको मानव अवशेष पहिलो हो ।
– १ लाख ८० वर्षपहिला अफ्रिकाबाहिर आधुनिक मानवको प्राचीनतम जीवाश्म उत्तरी इजरायलको मिस्लियाको एक शैलाश्रयमा पाइयो ।
– ७० हजार वर्ष पहिला अफ्रिकी महादेशबाट पहिलो खेप मानव बसाइँसराइ सुरु भयो ।
– ६५ हजार सालपहिला अफ्रिकाबाट बाहिर निस्केका मान्छेहरू भारतीय उपमहाद्वीपमा पुगे ।
– ६० देखि ४० हजार कालखण्डको दौरान अफ्रिकाबाट निस्केका मान्छेहरूले युरोप र एसियालाई आवादी गर्छन् ।
– ४० हजार वर्षपहिला युरोपबाट नियन्डरथल लुप्त हुन्छन् ।
– ४५ देखि २० हजार सालपहिला अफ्रिकी प्रवासीका वंशज भारतीय उपमहाद्वीपमा पुग्छन्, जहाँ पहिलादेखि नै पोको प्रजाति रहेका हुन्छन् ।
– १६ हजार वर्षपहिला आधुनिक मान्छे अमेरिकी महाद्वीपमा पुग्छन् ।
– इसापूर्व ७ हजार वर्षपहिला बलुचिस्तान, बोलान पहाडको मैदानी भागमा मेहरगढ गाउँमा नयाँ खेती सुरु हुन्छ । सिन्धु र भूमध्य सागरबीच फैलिन्छ ।
– इसापूर्व ७ देखि ३ हजार वर्षआसपास जेग्रास क्षेत्रका इरानी कृषकहरूको समूह दक्षिण एसिया पुग्छन् ।
– इसापूर्व ७ हजारदेखि २ हजार ६ सय वर्षपहिला मेहरकगढमा जौ र गहुँको खेती र पशुपालनका अवशेष भेटिन्छन् । इसापूर्व ७ हजारतिर गङ्गा नदीको माथिल्लो भेगमा धान खेती सुरु हुन्छ ।
– इसापूर्व ५५ सयदेखि २६ सयसम्म आरम्भिक हडप्पा युगमा काली बंगा, राखी गढीमा नगर र उन्नत खेतीका अवशेष भेटिन्छन् ।
– इसापूर्व ३५ देखि १५ सय वर्षपहिला भारतीय उपमहाद्वीपको विभिन्न भागमा कृषि कर्मका साक्षी भेटिन्छन् ।
– इसापूर्व २६ देखि १९ सय वर्षपहिला परिपक्व हडप्पा युग मानिन्छ ।
– इसापूर्व २१ सय वर्षपहिला कजाक स्टेपी मैदानका पशुपालक तुर्कमिनिस्तान, उज्वेकिस्तान, ताजिकिस्तानबाट दक्षिण एसिया बसाइँ सरेको मानिन्छ ।
– इसापूर्व २ हजारमा पूर्चीवनबाट भएको दक्षिणपूर्वी एसियामा बसाइँसराइ हुन्छ ।
– इसापूर्व २ देखि १ हजार वर्षमा एसियाबाट दक्षिण एसियामा आएका स्टेपी पशुपालकहरूले आफूसँगै इन्डो–अमेरिकी भाषा, संस्कृति, चालचलन, नयाँ धर्म ल्याए ।
– इसापूर्व १९ देखि १३ सय वर्षमा हडप्पाकालको अन्त्य ।
– १५ सय इसापूर्वमा सिन्धु घाँटी सभ्यता ।
– इसापूर्व १५ सयदेखि ६ सय वर्षमा वैदिककाल ।

०००

कुरा धर्मका

प्रकृतिका विचित्र घटना, रहस्य, असह्य दुःख र कष्टका कारण निदानका उपाय खोज्न मथिङ्गल खर्च गर्न थालियो । रहस्यलाई चित्तबुझ्दो उत्तर दिने विज्ञानका आविष्कार, वैज्ञानिक चेत, दर्शनको विकास भइनसक्दा वा जागृत जिज्ञासा शान्त नहुँदा धर्मको जन्म हुन पुग्यो । रहस्यका पत्यारिला उत्तर नहुनु, तर जिज्ञासा भने भइरहनु नै अध्यात्मका आधार बन्दै गए । तर, हरेक पुराना धर्मलाई नयाँ धर्मले भने विस्थापित गर्दै गयो ।

सत्यलाई जान्ने जन्मजात प्रवृत्ति हो । एउटा कालको सत्य अर्को समयको अध्ययन र अनुसन्धानले मिथ्या सावित गरिदिन्छ । सत्यलाई परिभाषित गर्न व्याख्याता र तथ्यमा भर पर्नुपर्छ । एक कालखण्डको सत्य अर्को कालखण्डमा फेरिन्छन् । रहस्यलाई तथ्यको उद्घाटन र उद्घाटित रहस्यको तर्कले नयाँ धारणा पैदा हुन्छ । नयाँ विश्वासले पुराना मान्यता तोडिदिन्छ । एउटा पुस्ताको अज्ञानता वा पाखण्ड अर्को पुस्ताका लागि धर्म र संस्कृति बनिदिन्छ । आधुनिकता र पुरातनको घालमेल गरेर जीवन संस्कृति बनाउन थाल्छन् । धार्मिकजनहरू विश्वासको परीक्षण गर्न चाहँदैनन् ।

केही मनोवैज्ञानिकहरू धर्मको उदय मनुष्यको डरका कारण भएको मान्छन् । प्रसिद्ध मानवशास्त्री मैलिनोवस्की ९१९२६०का अनुसार धर्मभाव विशिष्ट भावात्मक परिस्थितिमा सक्रिय हुन्छ । तर, फ्रायड धर्म ग्लानि भावनाका कारण पैदा हुन्छन् भन्छन् । आजको मानव आदिम मानवकै मन, बुद्धि तथा शरीरको निरन्तरता हो । प्राचीन्‌देखि नै नवीनको विकास हुन्छ । ज्ञान र बुद्धिजस्तै धार्मिक विचार पनि पुस्तान्तरण हुँदै जान्छ । आधुनिक धार्मिक मूल्य, संस्कार, प्रवृत्ति र व्यवहार आदिम धर्मकै परिमार्जित रूप हुन् । धार्मिक बनाउने मनोवैज्ञानिक तत्त्व जन्मजात प्रवृत्तिमा हुन्छ, जुन पारिवारिक पृष्ठभूमिमा जन्मन्छ, जुन समाज र परिवेशमा हुर्किन्छ, त्यसैअनुसार उसका चिन्तन, स्वभाव, मान्यता र आदर्श बन्ने गर्छन् ।

अर्को मनोवैज्ञानिक कारण भनेको भय–भावना हो । टायलरको ९१८७१० आत्माको धारणा ुजीवु धारणाबाट पैदा हुन्छ र आत्मामा विश्वास, ईश्वरको अवधारणामा फेरिन्छ भन्ने मान्यता छ । उनका समकालीन विचारकहरूले पनि यसै दृष्टिकोणलाई स्वीकारे । ह्युमले भयलाई धार्मिक क्रियाको प्रेरक तत्त्व स्वीकार्छन् । आदिमकालमा व्यक्ति अशुभ प्रेतात्माको भयभीत भएर उसको पूजा, आराधना गर्दथ्यो । कृपा पाउन पूजा, प्रार्थना, तपस्या, भाकल गर्दथ्यो । उसलाई ईश्वर र प्रेतात्मालाई सन्तुष्ट पारे कुनै अशुभ हुँदैन, मनोकामना पूरा हुन्छ, सुखमय जीवन व्यतित हुन्छ भन्ने विश्वास थियो ।

टायलरको मतानुसार अमूर्त र अभौतिक प्रेतात्माहरूप्रतिको डर र श्रद्धा नै आदिम धर्मका कारण बने । त्यही धारणा विकसित हुँदै आत्मा मानव नियन्त्रणदेखि पर छ तर यो मनुष्यसँग सम्बन्ध राख्दछ भन्ने सोच विकास भयो । ज्ञान–जिज्ञासा कसरी उत्पन्न हुन्छ भन्ने कुरा प्रामाणिक तथ्य नभई समस्याको समाधान मनोविज्ञानले गर्छ । संवेग उत्पन्न हुने तथ्य भनेको प्रकट क्रिया हो । निष्क्रिय संवेग अर्थहीन बन्छ । धर्मको संवेगले बाह्य अभिव्यक्तिको माग गर्छ । धार्मिक पन्थ, संस्था, संस्कार, कर्मकाण्ड र देवालय इत्यादि धार्मिक संवेगको बाह्य अभिव्यक्तिहरूमा पर्छन् । धार्मिक संवेग, आवेग, उत्तेजना, भिन्न आस्थामाथिको घृणा र आक्रमण कसरी हुन्छ भन्ने कुरा शक्ति सन्तुलन, राजनीतिक र सामाजिक अवस्थामा भरपर्छ ।

चेतनाका तीन पक्ष हुन्छन्– ज्ञानात्मक, क्रियात्मक र भावनात्मक । धर्मको परिभाषामा पनि तिनै शब्द, मर्म र संवेदना जोडिएको हुन्छ । धर्म ुविश्वासु वा ुविश्वासु प्रणालीसँग जोडिएको हुन्छ । अधिकांश धर्मका सङ्गठित आचरण हुन्छन् । धेरैजसो धर्ममा प्रयोग हुने ुपवित्रु भाषा संस्कृत, ल्याटिन, अरबी, हिब्रु, पाली र गुरुमुखी हुन् । सभ्यता विकासक्रममा जुन भाषा पुरानो हुन्छ, त्यसैलाई दैवी भाषाको रूपमा हेरिन्छ । मैले चीनमा पनि मुसलमानहरूले अरबीमै कुरान पढेको देखेँ । अरबी संस्कृतिलाई नै पछयाएको देखेँ ।

जहाँ पनि आफ्ना इष्टदेवको गतिविधि स्मरण, बलिदान, चाडपर्व, अनुष्ठान, पूजा पद्धति, समारोह, दीक्षा, अन्त्येष्टि, विवाह, ध्यान, आह्वान, सङ्गीत ुपवित्रु भाषामा नै हुने गर्छन् । कला, नृत्य, सार्वजनिक सेवा, वा मानव संस्कृतिका अन्य पक्ष जोडिन्छन् । धर्मको आत्मा भनेको अलौकिक शक्तिको विश्वास हो । ईश्वरकै पूजा, विश्वासका सिद्धान्त, धर्मशास्त्र, सम्प्रदाय, पन्थ, धार्मिक समूह फरक हुन सक्छन् । विश्वासी समुदाय, सम्बद्धता विश्वास र पूजा विधि पनि फरक हुन सक्छन् । तर, अलौकिक वा दैवी शक्ति मानिने वा मानव भाग्यको नियन्त्रणमा रहेका शक्तिहरूमा विश्वास, उपासना वा आज्ञाकारिता भने समान हुन्छ । विश्वासको औपचारिक वा संस्थागत अभिव्यक्ति नै धार्मिक समूह हुने गर्छ ।

संसारमा लगभग ४ हजार २ सयभन्दा धेरै फरकफरक धर्म र मान्यताहरू छन् । अझै सक्रिय भूमिकामा लगभग सय धर्म छन् । जरथ्रुस्टलाई ईश्वरीय दूत मान्ने पारसी धर्मका अनुयायी अब करिब १ लाख मात्रै रहे । ७० प्रतिशत पारसी भारतमै छन् । टाटा समूहका संस्थापक जमशेदजी टाटा, हालै मृत्यु भएका रतन टाटा, प्रख्यात उद्योगपति अर्देशिर गोदरेज, भारतको परमाणु ऊर्जा कार्यक्रमका कल्पनाकार डा। होमी जहाँगिर भाभा, वैक्ससनकिङ साइरस पुनावाला, पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका पति फिरोज गान्धी, अभिनेता बोमन इरानी, द ग्रान्ड ओल्ड म्यान अफ इन्डिया भनिने दादा भाइ नौरोजी यसै धर्मका प्रमुख हस्ती थिए ।

पारसीहरू बच्चा कम जन्माउँछन् र अन्य धर्मसँग बिहेबारी गर्ने केटा वा केटीको धर्म च्यूत गराइन्छ । अन्य धर्मका कोही पनि मान्छे पारसी बन्न सक्दैनन् । त्यसैले दिन प्रतिदिन पारसीहरूको जनसंख्या घट्दै गयो । संसारका मुख्य धर्ममा पर्ने इसाई ३१ प्रतिशत, इस्लाम २४ प्रतिशत, हिन्दु १५ प्रतिशत, बौद्ध ७ प्रतिशत, शिन्तो शून्य दशमलव ५ प्रतिशत, जैन शून्य दशमलव ५ प्रतिशत, सिख शून्य दशमलव ३ प्रतिशत, यहुदी शून्य दशमलव २ प्रतिशत छन् । यहुदी धर्म ४ हजार वर्ष पुरानो मानिन्छ । एकेश्वर मान्ने यहुदी धर्ममा मूर्ति पूजा गरिन्न । इसाई र इस्लाम धर्मको मूल यही हो । विश्वमा करिब १६ प्रतिशत मानिसको कुनै धार्मिक आस्था छैन ।

हरेक धर्मका विभिन्न शाखा प्रशाखा छन् । एकअर्कालाई दुस्मनको व्यवहार गर्छन् । धर्महरूबीच पनि नैतिकता, धार्मिक नियमहरू, ब्रह्माण्ड र मानव प्रकृतिबारे फरकफरक मान्यता छन् । फरक धार्मिक विश्वासले जीवनशैलीलाई फरक पारेको हुन्छ । धर्म, सम्प्रदाय, धार्मिक निकाय, समूह, जनजाति, संस्कृति, आन्दोलन वा अन्तिम सरोकारमा विश्वासले फरक पारेको छ । धर्मका कथा, प्रतीक, परम्परा र इतिहासले जीवनलाई अर्थ दिने जीवन वा ब्रह्माण्डको उत्पत्तिको व्याख्यामा पनि भिन्नाभिन्नै मत छन् ।

धार्मिक मान्यतामा निरञ्जन निराकार, एकदेववाद, बहुदेववाद, मूर्ति पुजक, मूर्ति नपुज्नेहरू विभिन्न मान्यताका हुन्छन् तर सबैले आफ्ना इष्ट देवता नै सर्वश्रेष्ठ मान्ने हुँदा धार्मिक वा साम्प्रदायिक झैझगडा भने भइरहन्छ । धर्म परिवर्तन गराएर अर्को धर्मको मान्छेलाई आफ्नो धर्ममा मिसाउनु पुण्य कर्म मान्दछन् । हरेक धर्महरू अरु मतावलम्बीहरूका शैतान, काफिर वा राक्षस भनेर आस्था परिवर्तन गराउनु वा हत्या गर्नु धार्मिक सत्कार्य ठहर्‍याउँछन् ।

जातीय धर्मको विकास

संसारकै आदिवासीहरूका जातीय प्रथा हुन्छन् । जातीय धर्म अर्थात् आदिम धर्म भनेको प्राकृतिक धर्म हो । यसले अग्नि, जल, वायु, हावा र धरतीलाई पुज्ने गर्छ । अन्य ुविकसित धर्मलेु पनि पञ्चतत्त्वलाई महत्त्व र देवरूप मान्छन् । प्रायस्जसो आदिम धर्मले अग्निलाई नै शक्तिको केन्द्र र प्रमुख देवताको रूपमा मानेको पाइन्छ । संसारकै आदिवासीहरू पूर्वजलाई इष्ट देवता मान्ने गर्छन् । धरतीका रहस्य, मानवीय जिज्ञासा र जीवनका त्रासले अन्य धर्म विकास भएझैँ जातीय धर्मको पनि विकास भएको हो । व्यक्तिभन्दा जातिलाई धेरै महत्त्व दिइन्थ्यो । जातिद्वारा निर्धारित नियमविरुद्ध आचरण नगर्नेलाई दण्ड विधान हुन्थे । पूर्वजका आराधनामा मान्छेका नैतिक गुणहरूले निरन्तरता पाए । प्राणवाददेखि आध्यात्मवादको विकास भयो । फरक पहिचान, पुर्खाको चलनको निरन्तरता, मौलिकताप्रतिको गर्वले स्वाभिमानी भावना शक्तिशाली भयो । यो धर्म जादुटुना घुलमेल गरेको र चमत्कारमा भर पर्दै गयो । सबै धर्मजस्ता जातीय धर्ममा पनि स्वकेन्द्रित प्रकृतिसँग घालमेल भएपछि अन्धविश्वासबाट मुक्त भने भएन । धर्म त शक्ति र राजनीतिसँग जोडिएको हुन्छ । वर्चस्वधारी वर्ग, समूह र राजनीतिले जातीय धर्म र जनजातीय संस्कृतिलाई क्रमशः निल्दै गएको छ । त्यसैले फेरि पहिचानको रक्षाका मनोभाव विकास हुँदै छ पनि ।

धार्मिक साम्प्रदायिकता

हरेक धर्ममा उपसमूह छन् । अन्यत्रले भन्दा भारतमा भइरहेका धार्मिक, सांस्कृतिक र सामाजिक द्वन्द्वले हामीलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । हिन्दु धर्ममा पनि चार मुख्य सम्प्रदाय छन् । वैष्णव ९विष्णुलाई परमेश्वर मान्ने०, शैव ९शिवलाई परमेश्वर मान्ने०, शाक्त ९देवीलाई परम शक्ति मान्ने० र स्मार्त ९भगवान्‌का विभिन्न रूपलाई एकैसमान मान्ने० ।

हिन्दुमार्गी बहुदेववाद विश्वास गर्छन् भने एकेश्वरवादी धर्मलाई अब्राहिमी भनिन्छ । यहुदी, इसाई र मुसलमान एउटै मूल स्रोतकबाट जन्मिएका धर्म अब्राहिमी हुन् । तर, उनीहरूबीच एकआपसको भिडन्त क्रुसेड र जिहाद नियाल्न भने जेरुसेलमका एउटै स्ट्रक्चर नियाल्नुपर्छ । प्यालेस्टाइनमाथिको इजरायलको आक्रमण नियाल्नुपर्छ । इसाईमा भएका रोमन क्याथोलिक र प्रोस्टेटियनबीचको द्वन्द्व आयरल्यान्ड हो । रसियन अर्थोडक्स चर्चका द्वन्द्व पनि नियाल्नुपर्छ । संसारमा सबभन्दा ज्यादा मानिने इसाई धर्मलाई वर्गीकरणका आधारमा छवटा मुख्य समूहहरूमा विभाजन गर्न सकिन्छ । ती हुन्– चर्च अफ द इस्ट, ओरियन्टल अर्थोडक्सी, पूर्वी अर्थोडक्सी, क्याथोलिकवाद, प्रोटेस्टेन्टवाद र पुनर्स्थापनावाद । अझ प्रोटेस्टेन्टमा धेरै उपसमूहहरू छन् । अनेकौँ पन्थीय चर्चहरू छन् । भिन्न विश्वास र अभ्यासहरू छन् ।

इस्लाममा अनेकौँ फिरका छन् । त्यसमा सिया, सुन्नी प्रमुख हुन् । सुन्नीमा पनि देवबन्द र बरेल्वीबीच शत्रुतापूर्ण दुस्मनी छ । भारतमा मुख्य रूपमा हिन्दु, इस्लाम, इसाई, सिख, बौद्ध र जैन छन् ।

सन् १९०१ को जाति गणनाअनुसार २ हजार ३ सय ७८ जाति थिए भने उपजातिहरू २५ हजार लगभग छन् । उनीहरूलाई पुर्ख्यौली व्यवसायले छुट्टिन्छन् । सामाजिक स्तर, पहिचान र संस्कृति पनि केही फरक हुन्छन् । हरेक जाति र धर्मले आफूलाई श्रेष्ठ सावित गर्न आफूभन्दा तल्लो जाति बनाउँछ । श्रेष्ठतासावित गर्ने अहङ्कारले वर्चस्वको संघर्ष हुन्छ । त्यसैले साम्प्रदायिकता बढाउँछ । अहिले भारतमा उच्च जातीय अहङ्कार राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० मार्फत साम्प्रदायिकता बढेको छ ।

अखण्ड भारत र हिन्दु राष्ट्र अभियान चलाउने आरएसएसको साम्प्रदायिक अभियानले नेपाललाई पनि असर गर्दै छ । इसाई धर्मान्तरण साम्प्रदायिकतालाई पनि त्यत्तिकै खतरा बढ्दो छ । आरएसएसको अखण्ड भारत र हिन्दु राष्ट्र बनाउने प्रोजेक्टको बाधक भिन्नभिन्न जातिमा बाडिँएका भारतीय समाज र बहुदेववाद प्रमुख हो । धर्मभित्रका उपधर्मले अझ धार्मिक समुदायमा द्वन्द्व र युद्धसमेत निम्त्याएको हुन्छ । क्याथोलिक र प्रोटेस्टेन्टको द्वन्द्व होस् वा सिया, सुन्नी विवाद, यसैलाई लिन सकिन्छ ।

हरेक धार्मिक ग्रन्थमा भिन्न धर्ममाथिको आक्रमणलाई पुण्य कर्म भनेर लेखिएको छ । त्यसैले अध्यात्मका गुण गुमाएर साम्प्रदायिक चरित्र ग्रहण गर्दै क्रुसेड, जिहाद र धर्मयुद्धमा भक्तजनलाई उकासेर नरसंहार गरिनु धार्मिक कर्म मान्न थालियो । आज संसारमै चलेका युद्धका कारण धर्म र संस्कृतिलाई साम्प्रदायिकीकरण गर्दै जानु हो । साम्प्रदायिकताले मान्छेलाई भिडमा फेर्छ, अर्कालाई जाइलाग्छ । आफूलाई श्रेष्ठ सावित गर्न जति पनि क्रूर हुन सक्छ । सत्ता राजनीतिको सरल हतियार धर्म र धर्मलाई साम्प्रदायिक आवेगमा उत्तेजित पार्नु हो । फान्सेली चर्चित सेनापति नेपोलियन बोनापार्ट भन्थे, ुजुन भूभागमा युद्ध लड्नु छ, म त्यहाँ पहिला धर्म प्रचारकलाई पठाउँछु ।ु

महान् दार्शनिक सुकरातलाई फाँसी दिएको पनि २४२३ वर्ष भइसक्यो । कोपरनिकसलाई ग्यालिलियो दण्डित भएर पनि युरोपमा नयाँ चेत दिए, जियोडानो ब्रुनो जलाएको इसायत समाजमा समेत ईशनिन्दा कानुन छ । वैज्ञानिक सोचलाई धार्मिक मान्यताको मातहत राखेको छ । संसारका कैयौँ देशले ईशनिन्दा कानुनलाई राज्यका कानुन पनि बनाएका छन् । संसारका १९५ देशमध्ये ७१ वटा देशमा यो कानुन सक्रिय छ ।

इस्लामिक देश मात्रै नभई डेनमार्क, फिनल्यान्ड, जर्मनी, ग्रीस, आयरल्यान्ड, इटाली, माल्टा, नेदरल्यान्ड, नाइजेरिया, नर्वेमा पनि ईशनिन्दा कानुन छ । ईशनिन्दा कानुनका कारण अल्पसङ्ख्यक र असन्तुष्टहरूप्रति उत्पीडन, लिङचिङ्ग, हत्या या गिरफ्तारीजस्ता घटनाहरू भएका छन् । साउदी अरब, इरान र पाकिस्तानमा त अझ यस अपराधमा मृत्युदण्डकै प्रावधान छ । मिश्रमा ६ महिनादेखि ५ वर्ष, इन्डोनेसियामा अधिकतम पाँच वर्ष, मलेसियामा तीन वर्ष कैद र जरिवाना हुन्छ ।

सन्की एलन चाओको कथा

‘पवित्र वचनु सुनाउने लहड धार्मिक अन्धताको नमुना बन्छ । त्यस्ता उन्मादले व्यक्तिलाई मात्रै बौलाहा बनाउँदैन, तिनलाई आडभरोसा र आर्थिक सहयोग गर्ने सङ्गठन र राज्य हुने गर्छन् । कतिपय शासकहरू राष्ट्रलाई नै धार्मिक उन्मादमा फसाउँछन् । ईशनिन्दा कानुन होस् या वैज्ञानिक सोच, तिनलाई दण्डित गर्न कुनै कसर राख्दैनन् । चिनियाँ मूलको अमेरिकी नागरिक जोन एलेन चाओलाई अण्डोमान गएर आदि मानववंशलाई ईश्वरीय सन्देश सुनाउने सनक चढ्यो ।’ पवित्र वचनु सुनाएर शैतानग्रसित मानवमुक्ति गर्ने इच्छा जागृत भएका २६ वर्षीय युवा चाओलाई अमेरिकाको कान्सास शहरको इभान्जेला सङ्गठन अल नेसन्सको ुबुट क्याम्प’ मिसनरीद्वारा प्रशिक्षित गरियो ।

भाला चलाउनेदेखि चिकित्सा र आदिवासीका भाषा र रहनसहन सिकाइयो । मूल निवासीजस्तै हुने अभिनय पनि सिक्यो । धर्म प्रचारकहरूले पाएका हण्डर, सामना गरेका चुनौती, ुशैतानले सताइएकाु विधर्मीहरूको सामना के कसरी गर्ने भन्नेबारे अध्ययन गराइयो । मानवजातिका अन्तिम जीवित सङ्ग्रहालय अण्डमान द्वीप समूहको सेन्टिनेलीहरूलाई धार्मिक सन्देश पुर्‍याउन उत्तेजित पारियो । तब चाओलाई ईशुुको पवित्र सन्देश पुर्‍याएर ुसैतानको अन्तिम गढु ध्वस्त गर्ने धुन सवार भएपछि जस्तोसुकै कष्ट उठाउन, सरकारी प्रतिबन्ध छक्याउन कुनै बार बन्देज बनेन । उसको एउटै पक्का धुन ुशैतानले सताइएकाु संसारसँग सम्पर्कविहीन मान्छेलाई ईशुको सुसमाचार सुनाएर ुअपवित्र हृदयमा स्वर्गीय आत्माु भर्नु थियो ।

धार्मिक अतिविश्वासी स्कुलमा प्रशिक्षित चाओ अण्डमानका सेन्टिनेलिजहरूले सम्पर्क गर्ने प्रयासमा माझीलाई २५ हजारको प्रलोभनमा पारेर द्वीपको समुद्र तटमा पुग्छ । मानवपुर्खाको अन्तिम समूहलाई उपहार दिन खोज्छ । बाइबलका भजन गाउँछ । उक्ति पढेर सुनाउँछ । तर, मानवपुर्खा न उसका कुरा बुझ्छन्, न ुप्रभुका भजनु । उनीहरू कुनै उपहार लिँदैनन् । शान्त जीवनलाई खजबज्याउनेमाथि मात्रै आक्रमणमा उत्रिन्छन् ।

१४ नोभेम्वर २०१८ देखि कोसिस गर्नु, लखेटिनु, फेरि फर्केर कोसिस गर्दै चाओले चार दिन द्वीपको समुद्री तटमा जोगिँदै बिताउँछन् । हरेक दिन डायरी लेख्छन् । आखिर मानव आदिपुर्खाको जिउँदो पुस्ताले उसलाई १७ नोभेम्बरमा हत्या गरिदिन्छन् । माझीहरूले उसको डायरी भने अरु ख्रिस्तान मेसिनरीलाई पुर्‍याइदिएपछि आदि मानवपुर्खाबारे फेरि चर्चा सुरु हुन थाल्छ । एलेन जोन चाओलाई प्रशिक्षण दिने इभान्जेला सङ्गठन अल नेसन्सले उसलाई शहीद घोषण गर्‍यो भने चाओका पिता मनोचिकित्सक पेट्रिक चाओले भने आफ्नो छोरालाई धार्मिक उन्मादमा उकासेर हत्या गराएको भन्दै संस्थाको विरोध गरे । सामाजिक सञ्जालमा चाओको हत्याका लागि आवेग भर्ने प्रशिक्षक संस्थाको विरोधमा चर्का स्वर घन्किए ।

०००

अन्धआस्था, अन्धविश्वास र घृणाको शक्तिलाई सामान्य सोच्नै हुँदैन । हरेक धर्ममा इभान्जेला चर्चजस्ता घृणाव्यवसायी धार्मिक संगठनहरू छन् भने धार्मिक युद्धमा मरेपछि सिधै स्वर्ग पुगिन्छ भनेर ुब्रेनवासु गरिएको हुन्छ । हरेक लम्पट चाओहरूले पृथ्वीमा शैतानको अन्तिमगढ ध्वस्त गर्न होम्मिन्छन् । अझ उग्र दक्षिणपन्थी राजनीतिले आवेगलाई पेट्रोल छर्किन्छ । उन्मादी विष दिमागमा पुगेपछि मान्छे साम्प्रदायिक बनेर केदेखि के गर्दैन रु भन्ने चाओ एउटा उदाहरण मात्रै हुन् । अझ एक्लोमै रहेको उत्तेजित मूर्खले समूहमा पुगेपछि उसको मूर्खताशक्तिको कल्पना गर्नै सकिँदैन । हरेक स्वार्थ समूह अरु लम्पटहरूलाई भिडमा फेरेर आफू र सन्तान जोगाँउछन् । शिक्षितहरू लम्पटलाई मैदानमा उर्ताछन् । उन्मादीहरूको तरिका फरक हुन सक्छ तर रूप एउटै हुन्छ । हित साधना गर्छन् तर आफू भने देखिँदैनन् । धर्मयुद्ध, जिहाद र क्रुसेड यसका साक्षी हुन् ।

संस्कृति

धर्म र संस्कृतिलाई एउटै डालोमा हाल्ने गरिन्छ । एकैजस्ता देखिन्छन् पनि । घालमेल गरे धर्म र संस्कृति दुवैलाई बुझ्न कठिन हुन्छ । के फरक छ भनेर नियाल्दा सभ्यताको विकासका चरणसँगै संस्कृति बाहिरी जीवनको खानपान, रहनसहन, बोलचाल, सम्बन्ध, सोच, चिन्तन, जीवनपद्धति र विचारधारामा देखिन्छ । संस्कृतिको क्षेत्र सभ्यताभन्दा धेरै वा व्यापक र गहन हुन्छ । सभ्यताको अनुकरण गर्न सके पनि संस्कृति मानवीय अन्तर्निहित पक्ष हो ।

कतिपयले धर्म र संस्कृति एकै हो पनि भन्न सक्छन् । तर, सभ्यता विकासको एउटा चरणमा मात्रै धर्मको जन्म भएको हो भने संस्कृति मानव सभ्यताको सुरुदेखि नै रहेको पाइन्छ । विश्वासको परिमार्जन हुँदै रह्यो । संस्कृतिको टेको धर्मले पाउँदैनथ्यो भने धर्म अल्पायुमै तुहिन्थ्यो । संस्कृतिले मानवीय साधनद्वारा विकास प्रक्रियालाई प्रभाव पार्छ भने धर्मले बफादार अनुयायीको मात्रै अपेक्षा गर्छ । तथ्य र तर्कमा परिणाम खोज्नेहरू धार्मिक बन्नै सक्दैनन् । कुनै पनि देश, जाति र समुदायको आत्मा भनेकै संस्कृति हो । संस्कृतिले नै देश, जाति या समुदायको समस्त संस्कारबोध गराउँछ । संस्कृतिले आदर्श, जीवन मूल्य निर्धारण गर्छ । त्यसैले संस्कृतिको साधारण अर्थ हुन्छ– संस्कार, सुधार, परिष्कार, शुद्धि, सजावट आदि । अहिले सभ्यता र संस्कृतिलाई एकअर्काको पर्यायको रूपमा पनि लिन थालिएको छ । त्यसो भने होइन ।

उपसंहार

मानव मस्तिष्कको चर्तिकला अपरम्पार छ । मानसिक क्रियाबेगर शक्ति प्रकाशमा आउन सक्दैन । संवेग, सङ्कल्प, ध्यान, स्मृति, कल्पना, अनुभूति आदि मनका शक्ति हुन । चेतनाको भोक मेटाउन, प्रकृतिका रहस्य वा प्रकोप शान्त पार्न मानसिक सन्तुष्टि आवश्यक हुन्थ्यो नै । मस्तिष्कले उमारेको तर्कको पत्यारिलो जवाफ नपाएपछि मान्छे व्याकुल हुन्छ । जुन विषयको यथोचित जवाफ हुँदैन, तब मान्छे अध्यात्मको शरणमा पुग्ने गर्छ ।

धर्मको उत्पत्तिको एउटा कारण मनुष्यको सत्यलाई जान्ने प्रवृत्ति हो । समय र संस्कृतिको अभ्यासमा हेरफेर हुँदा पनि चिन्तन प्रकृतिमा भने अविच्छिन्नता हुनुमा जैविक कारण छन् । जसरी आजको मानव सुखदुस्खको अनुभव गर्छ, क्रोध र द्वेषको सिकार छ, भोक, प्यास र वासनाको अनुभव गर्छ, त्यस्तै आदिमानवले पनि गर्थ्यो । आदिमकालमा मनुष्यले प्रकृतिलाई बुझ्ने प्रयास गर्‍यो होला । विज्ञान पनि रह्यो होला । बिउबेगर वृक्ष कसरी उम्रन्छ र रु त्यसबेला पनि दार्शनिक रहे होलान् । प्रकृतिका विभिन्न कार्यकलापलाई बुझ्ने प्रयास गरे पनि होलान् ।

साम्प्रदायिकताका रूपहरू फरक–फरक भए पनि ुहामी र उनीहरूमाु समाजमा बाँड्ने षड्यन्त्र भने संसारका वर्चस्वशालीहरूको धार्मिक चरित्र एकै प्रकारको रहेको छ । मानवताको दृष्टिकोणबाट विषयलाई नहेरिनु, उत्तेजना भर्न प्राचीन् मूल्यको गुणगान गाउनु, मिथकका प्रतीक खडा गरेर वर्तमानको भाष्य तयार गर्नु साम्प्रदायिकताको परिचय हो । अहिले संसारभरि नै सामाजिक आन्दोलन र चेतना दक्षिणपन्थी कब्जामा परिरहेको छ । मिथकलाई इतिहास बनाउनु, वैदिक साहित्यलाई धर्म मान्नु, विचारमाथि भावनाको रजाइँ गरेर अल्पमतमाथि घृणा, तर्कको निषेध, विज्ञानमाथि प्रहार, भिडको मनोविज्ञान, विज्ञानमाथि विज्ञानबाटै आक्रमण संसारकै साम्प्रदायिक तत्त्वको परिचय बन्दै छ । यसको वैचारिक आधार समूएल पी। हन्टिङटनको पुस्तक ुत्जभ ऋबिकज या ऋष्खष्ष्शिबतष्यलक बलम तजभ च्झबपष्लन या ध्यचमि इचमभचु हो, जसले शीतयुद्धपछिको विश्व व्यवस्था र विश्व राजनीतिमा सांस्कृतिक भिन्नता र भूमिकाको विश्लेषण गर्दछ ।

अझ शक्ति राष्ट्रहरूले घृणाको राजनीतिले यहुदी, इसाई र इस्लामका द्वन्द्वमा मध्यपूर्व आगोको भट्टीमा पुग्दै छ । संसारमा अत्यन्तै कम जनसंख्या रहेको यहुदी जाति सबभन्दा ज्यादा नोबेल पुरस्कार जित्ने, धनाढ्य शक्तिशाली र प्रभावशाली जाति हो । त्यस जातिमा पनि विविधता छ । आधुनिक यहुदी धर्मका अनुयायी पनि कैयौँ अलगअलग शाखा र सम्प्रदायमा बाँडिएका छन् । उत्तरी अमेरिकाका ३ मुख्य शाखामा रूढिवादी, सुधारवादी र पुनर्निर्माणवादी छन् । युद्धपिपासु यहुदी भनेका रूढिवादी यहुदीहरू मात्रै हुन्, जसले युरोप र अमेरिकी सत्तालाई प्रभावमा पार्ने मात्रै होइन, सत्ता चलाउँछन् पनि ।

सभ्यता विकासक्रममा प्रकृतिसँगको सङ्घर्षसँगै नैतिक चरित्र र सामूहिक गतिविधि बढाएर सामाजिक मापदण्डले नैतिक मूल्य, आचरण, साझा पहिचान, सामाजिक कानुन, सत्ताका विचारधारा, जीवन परम्परा र संस्कृति बन्दै गए ।

समाज आआफ्नै तरिकाले चल्थ्यो । धर्म भएर वा नभएर समाजलाई कुनै असर पर्दैनथ्यो । आफ्नै लयमा चल्ने र कुनै पनि धर्म नमान्ने समाज पनि थियो र छ । जुन परिवार र समाजमा मान्छे जन्मन्थ्यो, हुर्किन्थ्यो, त्यसैअनुसार मान्छेका विश्वास, आस्था मान्यताले सांस्कृतिक रूप लिन्थे । त्यसले कसैप्रति न घृणा जागृत गर्थ्यो, न आफैँलाई श्रेष्ठता मान्थ्यो । तर, धार्मिक कट्टरता बढ्दै गएपछि त्यो आस्था नरहेर साम्प्रदायिकतामा फेरिएर बर्बरतामा फेरिँदै गयो । साहादत हसन मण्टो भन्छन्, ुसोचमा रहेको धर्म मस्तिष्कमा पुगेर विष फैलाउन थाल्दा मान्छे असामाजिक मात्रै बन्दैन, साम्प्रदायिक बनेर अपराध कर्ममा उत्रिने भिडको हिस्सा बन्न पुग्छ ।ु

एकआपसमा आफ्नो श्रेष्ठता कायम गर्न अरुलाई तुच्छ सावित गर्न खोज्दा धर्म कहिल्यै पनि मानवतावादी र उदारवादी बन्न सकेन । धर्म भिन्न मतप्रति जहिल्यै पनि असहिष्णु बन्यो । विरोधीलाई राक्षस, काफिर र शैतान भन्छ । मत फेर्दा पुण्य सोच्न पुग्यो । हरेक धर्मका ईश्वर, देवता, भगवान् र पैगम्बर या त क्रूर छन् या हृदयहीन ।

धर्मभिरु बढेको समाजमा धर्मको आध्यात्मिक मूल्य पनि सुरक्षित हुन सक्दैन । सामाजिक बर्बरता र बिमारी, असामाजिकता बढ्दै जान्छ । असली, नकली असुरक्षाका कारण मानसिक रोगी बढ्दै जान्छन् । बहुसङ्ख्यकले अल्पसङ्ख्यकमाथि बर्बरता थोपरेर घृणा फैलाउन थालेपछि साम्प्रदायिकता बढ्दै जान्छ । बहुसङ्ख्यक समूहलाई आतंकित बनाएर अल्पसङ्ख्यकप्रति घृणा फैलाउन सामाजिक विवेकको अपहरण गरिन्छ । एउटै धर्मबीच पनि अन्य मान्यताबीच भिडन्त गराउन थालिन्छ ।

धार्मिक व्याख्या, विश्लेषण र विश्वासमा ब्रह्माण्डको रहस्य, तर्क र तथ्य नभएकाले कल्पना र चिन्तन बढ्न थालेको प्रमाणित हुँदै गएपछि रहस्य, मिथक, अन्धविश्वासका आधार खस्कँदै गए । अन्धविश्वास, अवैज्ञानिकता र अज्ञानतालाई तथ्य र तथ्यले प्रमाणित गर्दै गयो । तर, संसारका सबै धर्मका आधार अन्धास्था, तर्क र तथ्यरहित विश्वास र मिथक रहे । जबकि विज्ञानका आधार भनेका तर्क, प्रमाण र अनुभव हुन् ।

सोच, मान्यता, विश्वास र व्यवहारमा विज्ञान र धर्मबीच टकराहट हरेक कालखण्ड, सभ्यता र भूगोलमा रहे । जब विज्ञानको विस्तारले तर्कपूर्ण सामाजिक हस्तक्षेप बढ्दै गयो, तब कुनै भगवान्‌को अवतार, पैगम्बर, महान् सन्तको जन्म संसारमै भएन । कोभिडकालमा त अझ मन्दिर, मस्जिद, चर्च बन्द भए भने देवदूत भनिने पण्डित, इमाम, पादरी र रब्बी गायब भए । तर नोट गर्नुपर्ने विषय भनेको शिक्षित रुढिवादले भने संसार फेरिए पनि म आफ्नो सोच भने फेर्दिनँ भन्न थाल्यो ।

२१औँ शताब्दी विज्ञान, प्रविधि र तर्कशील तथा विवेकशील मानवका लागि प्रकृतिमैत्री र मानवतावादी व्यवहारको माग गर्दछ । तर आज पनि अन्धविश्वास, रूढिवाद, पाखण्ड र मूर्खतापूर्ण व्यवहार हेर्दा साम्प्रदायिक शक्ति विश्वमै बढिरहेका छन् । त्यो राजनीतिमा उग्र दक्षिणपन्थको हावी हुनु हो । कहीँ धर्म, कहीँ भाषा, कहीँ जातीय पहिचान, कतै आप्रवासी विषय उरालिने वर्चस्वशाली तप्काको बहुसंख्यकवादी अन्धराष्ट्रवाद कारण बन्यो ।

सन्दर्भ सामग्री

– early Indians: tony joseph
 -Frued, S. (1938) “Totem and Taboo”, New yark, 1938.
– Galloway, George (1922) “the Philosophy of Religion” Scribner, 1922.
– Lee, Atkinson (1951) “The Ground work of the Philosophy of Religion” Duckworth, The university of California, 1951.
– Muller, Max (1937) “Lecture on the Origin and Growth of Religion” The unicorn press 1937.
– Spencer H. The principles of psychology. London: –Longman, Brown, Green, and Longmans; 1855.
– Tylor, Edward. 1920 [1871]. Primitive Culture. New York: J.P. Putnam”s Sons,
– pro rajendra ptasad sing:https://www.youtube.com/watch?v=KiP8JQwe0w8
– Dhurb rathee:https://www.youtube.com/watch?v=HvWlcpf48x4
– https://en.wikipedia.org/wiki/John_Allen_Chau
– BEGONE GODMEN By Dr Abraham Kovoor (Hindi)https://archive.org/details/begone-godmen-by-dr-abraham-kovoor-hin/page/n7/mode/2up
-https://www.patrika.com/world-news/blasphemy-can-be-deadly-you-can-get-death-penalty-know-what-the-law-says-18992029
–धर्म की उत्पत्ति एवं विकासः एक दर्शनशास्त्रीय विवेचना स् महेन्द्रकुमार प्रेमी
(शिलापत्र डटकमबाट)