दाङ जिल्लामा ईश्वरीप्रसाद गैरेलाई सेक्रेटरीमा निर्वाचित गर्दै एकता सम्मेलन सम्पन्न

मनबहादुर वली,
कात्तिक २/
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्लाकाे एकता सम्मेलन भब्य रुपमा सम्पन्न भएकाे छ । मुख्यत मंसिर १३ देखि २३ सम्म हुन गइरहेकाे राष्ट्रिय एकता महाधिवेशनलाई सफल पार्नकाे लागि देशका सबै जिल्लाहरुमा एकता सम्मेलनहरु सम्पन्न हुन गइरहेका छन् । साेही कार्यक्रम अनुसार आाज दाङ जिल्लामा पनि “प्रतिक्रियावादी दलाल संसदीय ब्याबस्थाकाे बिरुद्धमा नयाँ जनवादी ब्यबस्था तथा बैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढाैँ” भन्ने मुल नाराका साथ सेक्रेटरी राम जी चाैधरीकाे अध्यक्षता र दिपक बिष्टको संचालनमा सम्मेलन सम्पन्न भएको हाे । प्रदेश ईन्चार्ज क कुमुदकाे प्रमुख आथित्यातामा सम्पन्न सम्मेलनमा बिशिस्ट अथितिका रुपमा पार्टी प्रबक्ता हेमन्त प्रकाश ओली क.शुदर्शन रहनुभएकाे थियो । साे अबसरमा अन्य विभिन्न बक्ताहरुले सम्मेलन सफलताको शुभकामना मन्तब्य राख्नु भयकाे भियाे ।
सम्मेलनले विगत तीन दशकदेखि पार्टीका विभिन्न माेर्चामा रहेर त्याग गर्नु भएका ईमान्दार, कर्मठ, लगनशील ब्यक्ति क. ईश्वरीप्रसाद गैरेकाे नेतृत्वमा चार जना निर्वाचित कमिटीले मनाेनयन गर्ने गरि २१ सदस्यीय जिल्ला कमिटी सर्बसम्बत चयन गरेको छ ।
निर्वाचित कमिटीलाई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना सहित राजनीतिक वैचारिक मन्तव्य क. शुदर्शनले दिनु भएकाे थियोे ।