क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल पोखरा महानगरपालिकाको प्रथम नगर सम्मेलनन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल पोखरा महानगरपालिकाको प्रथम नगर सम्मेलनन सम्पन्न

पोखरा, कार्तिक ३ । क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल पोखरा महानगरपालिकाको प्रथम नगर सम्मेलनन सम्पन्न भएको छ । सम्मेलनले कामरेड रेणुको नेतृत्वमा ४ रिक्त सहित १७ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पोखरा महानगरपालिका समिति निर्माण गरेको छ । त्यस्तै सहसचिवमा कामरेड गाउँलेलाई चयन गरेको छ ।

सम्मेलनको उद्घाटन प्रमुख अतिथि ४ नम्बर प्रदेश सहसम्योजक तथा केन्द्रीय सचिवालय सदस्य कामरेड पत्थरले गर्नु भयो । उद्घाटन मन्तव्य राख्दै पार्टी यतिबेला एकता महाधिवेशनमा होमिसकेकोले बैचारिक, राजनैतिक सबै हिसाबले लाग्नको लागि अपिल गर्नु भयो। त्यस्तै अर्का अतिथि केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश कार्यालय सदस्य कामरेड अरुणले यो पालिकाको पार्टीको गतिविधिले सिङ्गो यो प्रदेशमै प्रभाव पार्ने भएकोले त्यही प्रकारले क्षमताको बिकास गरि जनताको बिचमा जानको लागि अपिल गर्नु भयो । कार्यक्रममा कास्की जिल्लाका सह सम्योजक कामरेड हिक्मत, क्रान्तिकारी महिला सङ्गठन ४ नम्बर प्रदेश सम्योजक कामरेड सेती लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा समितिको सङ्ख्या र प्यानल पोखरा महानगपालिकाका इन्चार्ज कामरेड जन्जिरले प्रस्तुत गर्नु भएको थियो ।

नबनिर्बाचित सचिब कामरेड रेणुले पार्टीले दिएको जिम्मा पूरा गर्न हरदम पहल गर्ने र सबैको साथ समर्थन र सहयोग जुटाइ पार्टी क्रान्ति र परिबर्तनको दिशामा सम्झौताहिन सङ्घर्समा लाग्न प्रतिबद्धता गर्नु भयो ।

सहिदहरुप्रति एक मिनेट मौन धारण गरि शुरु भएको कार्यक्रममा कामरेड रेणुको स्वागत मन्तब्य, कामरेड जन्जिरको सन्चालन र कामरेड गाउँलेको अध्यक्षता रहेको थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश कार्यलयको सभाहलमा सम्पन्न भएको थियो ।