क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मंसिर १३–२३ सम्म काठमाण्डौमा सम्पन्न हुन गईरहेको एकता महाधिवेशन नजिकिँदै गर्दा देशभर धमाधम भेला सम्ेमलनहरु भैरहेका छन् यसै सन्दर्भमा २. प्रदेश अन्तर्गत भेला सम्मेलनहरु सम्पन्न भैसकेका छन् । यसै सन्दर्भमा भेला सम्मेलनहरु यसरी सम्पन्न भैरहेका छन् ।
सप्तरी ः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सप्तरी जिल्लाको जिल्ला भेला २०८१ आश्विन ३ गते रोशनको अध्यक्षता सागरको प्रमुख आतिथ्यता ,प्रकाशको उदघोषण र सुनिलको स्वागतमा सम्पन्न भएको छ । जसमा अतिथिहरुरमेश र मानसिंह रहेका थिए । शहिदहरु प्रति एक मिनेट मौन धारण पछि अगाडि बढेको भेलामा प्रमुख अतिथि ,अतिथिहरुले नेपालको कम्युनिस्ट आन्दोलन ,समसामयिक विषयवस्तुको बारेमा आ आफ्ना धारणाहरु राख्दै भेला सफलताको शुभ कामना दिएका थिए ।भेलाले नौ सदस्य पूर्ण र तीन सदस्य वैकल्पिक गरी जिल्ला कमिटीको निर्माण गरेको छ ।भेलाले रोशनलाई सचिवमा चयन गरको छ ।
महोत्तरी ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महोत्तरी जिल्लाको सम्मेलन २०८१ आश्विन ९ गते विशालको अध्यक्षता ,सागरको प्रमुख आतिथ्यता ,शम्भुको सञ्चालन र प्रकाशका ेस्वागतमा सम्पन्न भएको छ ।जसमा अतिथिहरु रमेश र महेश रहेका थिए । सम्मेलनले १५ सदस्य पूर्ण , तीन सदस्य वैकल्पिक गरी १८ सदस्यीय जिल्ला समितिको निर्माण गरेको छ । निर्वाचित जिल्ला समितिको बैठकले विशाललाई सचिवमा चयन गरेको छ ।
रौतहट ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रौतहट जिल्लाको जिल्लाभेला प्रलादको अध्यक्षता , सागरको प्रमुख आतिथ्यता ,रमेशको सञ्चालनमा २०८१ आश्विन १४ गते सम्पन्न भएको छ ।जसमा अतिथिहरु रमेश र महेश रहेका थिए ।भेलाले १५ सदस्य पूर्ण र पाँच सदस्य वैकल्पिक रहने गरी जिल्ला समितिको निर्वाचन गरेको छ ।निर्वाचित जिल्ला समितिले कमरेड रामबाबुलाई सचिवमा चयन गरेको छ ।
सिराहा ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी सिराहा जिल्लाको सम्मेलन विश्वासको अध्यक्षता ,सागरको प्रमुख आतिथ्यता ,र शम्भुको सञ्चालन रउदयको स्वागतमा २०८१ आश्विन ४ सिराहा जिल्लामा सम्पन्न भएको छ । जसमा अतिथिहरु रमेश र मानसिंह रहेका थिए ।सम्मेलनले १९ सदस्य पूर्ण र पाँच सदस्य वैकल्पिक गरी जिल्ला समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको बैठकले विश्वासलाई सचिवमा निर्वाचित गरेको छ ।
धनुषा ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धनुषा जिल्लाको जिल्ला भेला अध्यक्षता तथा सञ्चालन शीत्तलको अध्यक्षता तथा सञ्चालन , सागरकोप्रमुख आतिथ्यतामा २०८१ आश्विन ५ गते सम्पन्न भएको छ ।भेलाले ११ पूर्ण र तीन सदस्य वैकल्पिक १४ सदस्सीय जिल्ला समितिको निर्माण गरेको छ ।
सर्लाही ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी सर्लाही जिल्लाको जिल्ला सम्मेलन सन्ध्याको अध्यक्षता र सञ्चालन ,सागरको प्रमुख आतिथ्यतामा २०८१ आश्विन ८ गते सम्पन्न भएको छ ।जसमा अतिथिहरु कमल ,नारायण , रमेश रहेका थिए ।सम्मेलनले १५ पूर्ण र पाँच वैकल्पिकसहित जिल्ला समितिको निर्वाचन गरेको छ । सम्मेलनले सन्ध्यालाई सचिवमा निर्वाचित गरेको छ ।