“मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार” वरिष्ठ प्रगतिवादी साहित्यकार पंज्ञानीलाई

“मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार” वरिष्ठ प्रगतिवादी साहित्यकार पंज्ञानीलाई

काठमाडौं/२९,भदौ
यस वर्षको “मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार” प्रतिष्ठानको बैठकले प्रतिभा छनौट समितिको सिफारिसमा नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा वरिष्ठ प्रगतिवादी साहित्यकार मित्रलाल पंज्ञानीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कृत साहित्यकारहरुलाई यही २०८१ असोज ११ गते दिउँसो २ः३० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने विशेष समारोहमा जनही नगद रु. बिस हजार पुरस्कार तथा ताम्रपत्रसहित सम्मान प्रदान गरिनेछ । उक्त पुरस्कार पंज्ञानी सहित साहित्यकार द्वय डा.महेश्वर शर्मा र प्रा.डा.कृष्णप्रसाद न्याैपानेलाई दिने प्रतिष्ठानका सदस्यसचिव प्रेमराज लुईंटेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।