सिन्धुली ।
यही भाद्र २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली कमलामाई नगर समितिको एकता सम्मेलन जिल्ला इन्चार्ज जीवनको बिशेष उपस्थितिमा सम्पन्न गरियो ।
जिल्ला सदस्य हरि बस्नेतको अध्यक्षमा सञ्चालन गरिएको उक्त सम्मेलनको जिल्ला सदस्य रत्न आलेले सञ्चालन गर्नु भएको थियो । उक्त एकता सम्मेलनले हरि बस्नेत सेक्रेटरी र रत्न आले सहसेक्रेटरी नीर्वाचित गर्नुका साथै १३ सदस्यीय कमलामाई नगर समिति चयन गरी आगामी असोज १८ र १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला सम्मेलन सम्पन्न गर्नका लागि सम्मेलनको प्रतिनिधिहरू निर्वाचित गरियो ।