पुस्तक समीक्षा ःनेपाल समाज विकासको ऐतिहासिक भौतिकबादी निरुपण

पुस्तक समीक्षा ःनेपाल समाज विकासको ऐतिहासिक भौतिकबादी निरुपण

 

लेखक ः सीताराम तामाङ , प्रकाशक—जागरण बुक हाउस ,बागबजार, काठमाडौं ।
चौथो संस्करण —२०८० , मूल्य—५७५÷
नेपालको इतिहास लेखन परम्परा नीकै अबेला गरी प्रारंभ भएको पाइन्छ । नेपाल खाल्डोलाई नै नेपाल मान्ने अनि त्यहींका आर्थिक , सामाजिक , साँस्कृतिक एवम प्राकृतिक सम्पदामा केन्द्रित भएर कपोल कल्पित मिथकीय घटनाका टिपोटहरुलाई इतिहास मान्ने प्रचलन रह्यो । वैज्ञानिक दृष्टिकोणको विकास नभएको अवस्थामा रुढिबादी धारणाले स्थान पाउनु स्वाभाबिक छ । वस्तुबादी अध्ययन अनुसन्धान नीकै पछि संभवतः काठमाडौंमा इष्ट इन्डियाका कन्सुलेटजनरलहरु बस्न थाले पछिबाट कर्कपेट्रि«क , हेमिल्टन , राइट आदि अंग्रेज अधिकारीहरुको देन मान्न सकिन्छ ।
नेपालका प्राचीन राजनैतिक , सामाजिक इहिासको अध्ययन गर्न तिनीहरु माथि अझै निर्भर रहनु पर्ने अवस्था हटेको छैन ,यद्यपि पछिल्ला समयमा भैरहेका प्रयासहरु आशा लाग्दा छन ।
प्राचीन नेपालको सम्यता संस्कृति मुख्यतःबौध्द परंपरामा आधारित रहेकोथियो । भारतको मौर्यबंशको शासन समाप्त गरेर मगधसत्ता हात पारेको ब्राह्मणराजा पुष्यमित्र शूंगको बिध्वंसमा परेका बौध्द लगायतका संरचनाको पुनर्निमाण कहिल्यै हुन सकेन । आठौं शताब्दीमा शंकराचार्यले त अव्दैतबादको नाममा ब्राह्मणबादको एकाधिकार
लादने काम ग¥यो । त्यसको प्रभावमा भारत तथा नेपालका बौध्द संरचना लगायतका प्राचीन सम्पदा नष्ट गरिए र त्यसको ठाउँमा कथित पौराणिक संरचना स्थापित गरिए । चारवाकको भौतिक जगत सत्य माथि शंकरको जगत मिथ्याको बिनासकारी हमला
भैरह्यो ।
मानव जातिको उत्पति कुनै दैविक सृष्टिबाट नभएर विकासबादी नियम अनुसार भएको हो र त्यसको विकास जीव विकासको नियम अनुसार भएको हो । मानव पुर्खा बुटवलम्यान अर्थात रामापिथेकस नेपालमा १ करोड १० लाख वर्ष अघि रहेको प्रमाण छ । त्यस पछि अष्ट्रेलोपिथेकस—होमोइरेक्टस—नियन्डरथलेन्सिस—होमोसेपियन्सका चरणहरु पार
गर्न लाखौं वर्ष लागेको थियो आधुनिक मानवको अवस्थामा आउन । अनि ढुंगेऔजारको निर्माणबाट मानव सँस्कृतिको थालनी प्रागएतिहासिक कालको अवस्था हो । प्लिष्टोसिन युगको ढुंगेऔजारका कारखानाहरु दाङ उपत्यकामा पाइएकाछन भने मध्य र नवपाषाणकालीन ढुंगेऔजारका कारखानाहरु महातरी , सर्लाही , नवलपरासी आदि ठाउँमा
भेटिनाले नेपालमा प्रागएैतिहाीसक मानवको निरंतरता रहेको थाहा लाग्छ ।
मान्छेले आफनो इतिहास आफै बनाउँछ । इतिहासकार उत्पन्न हुनु अघि पनि कला , कविता ,गीत , आख्यानहरु प्रचलनमा थिए । संसारमा परिवर्तन भै रहन्छ । त्यसैगरी समाजमा पनि बदलाव आइ रहन्छ तर प्राचीन मान्छेलाई परिवर्तनको नियम थाहा थिएन तापनि अतीतबाट बर्तमानको लेखा जोखा गर्दथे । हार—जीत , सफल—असफलको योग
मिलाएर सही—गलतीको पहिचान गर्दथे । मानव स्वभाव , चिन्तनका ेइतिहासपरता त्यसको अमूल्य गुण हो । त्यसको आवश्यकता विदवानहरुलाई मात्र होइन हामी सबैले बुझनु जरुरी छ किनकि संसारमा के हुँदैछ त्यसको सूचनाले ेसमाजिक चतना र ज्ञानमा बृध्दि गराउँछ ।
अब खास विषयमा प्रवेश गरौं ।
सीताराम तामाङजीको खोजमूलक पुस्तक नेपालको चर्चा गर्ने जमर्को गर्दैछौं । लेखकले स्वयम सामाजिक विकासको एतिहासिक भौतिकबादी निरुपण भनेर पुस्तकको सारलाई शीर्षक मैं प्रष्ट गर्नु भएकोछ । यस पुस्तकमा आठ अध्याय रहेकाछन । एल एच मार्गनको प्राचीन समाज (एनसिन्ट सोसाइटी ) झैं अध्याय एकमा प्रागऐतिहासिक चरणका तीन युग—जंगली ,बर्बर र सभ्य युग तथा प्रत्येक युगका तीन चरण— निम्न , मध्यम र उन्नत चरणहरुमा मानव समाजको अवस्थालाई विश्लेषणात्मक ढंगले प्रस्तुत गरिएकोछ ।
प्रकृतिमाथि अन्य जीव जन्तु झैं आदिम मानवको निर्भरता तथा जीवनयापनको लागि भोजन संग्रह, शिकारको लागि ढुंगे औजारको निर्माणको साथै आगोको खोजी तथा धनुषबाँणको निर्माण , त्यस्त,ै बर्बर युगको आरंभ माटाको भाँडा , पशुपालन तथा फलामको खोज पछि बर्बर युगको अंत्यको साथै आदिम साम्यबादी समाजको बिघटन भएर सभ्य
युगको आरंभ भएको थियो । त्यसको चरणबध्द विकासका घटनालाई पुस्तकमा समेटिएकोछ ।
एप जातिको बाँदरबाट मानव जातिको विकास हुन झण्डै डेढ करोड वर्ष मानव जातिका पूर्वजहरु जंगलमै बिताए । मोर्गनले आदिम कबीलामा रहेर गरेको अध्ययनको आधारमा युग बिभाजनको आरंभ जांगल युगबाट गरे होलान । स्वच्छन्द यूथ बिबाहको समाजिक संबंध जांगल युगकै चरणहरुमा रहेको , त्यस प्रकारको बिबाह र रगत सम्बध्द परिवारको अस्तित्व हाल नरहे पनि त्यसको अवशेष कतिपय आदिम कबीलाहरुमा देख्न सकिन्छ । पुनालुआन र युग्म परिवारसंग मिल्दोजुल्दो प्रचलन कतिपय भारतीय र नेपाली जनजातिमा अझै प्रचलनमा रहेको लेखकको ठम्याई छ ।
परिवारिक संरचनाको विकासक्रमर्ले एकनिष्ठ बिबाह र एकांगी परिवारको अवस्थामा ल्याइ पुु¥याएकोछ । पुरुषको प्रधानता स्त्रीको समानताको अधिकारलाई कुण्ठित पारेको छ ।
नेपालको जनजातीय समाजको निम्ती आधुनिक सभ्यता तिरको संक्रमणकाल नै मान्नु पर्दछ , त्यस्तो हुँदाहुँदै पितृ सत्ता र हिन्दु राज्यधर्मको प्रभावले बिचित्रको ठिमाहा नेपालका जनजातिहरुलाई बनाइ दियो । पुस्तकमा त्यो चित्र दृष्टिगोचर हुन्छ ।
दोस्रो अध्यायमा निजी सम्पति , बर्गभेद र राज्यसत्ता बारेमा अनि अध्याय तीनमा प्राचीन गण समाज र दास प्रथाको चर्चा छ । नेपालको प्राचीन गण समाज धैरै लामो काल सम्म अस्तित्वमा रहेको थियो । घरेलु दास सहितको गण समाजको लिखित इतिहास भेटिएको छैन तापनि पुरातात्विक वस्तुु र आख्यानहरु साक्षी छन । पुस्तकमा गण समाजको अस्तित्वलाई प्रमाणित गर्ने प्रयास भएको छ । अध्याय चारमा सामन्ती समाज ,सामन्ती उत्पादन सम्बंध र सामाजिक स्तरीकरणको उल्लेख गरिएको छ । बिशेषाधिकार सम्पन्न सामन्तवर्ग ,नोकरशाह , ब्यापारी , कालीगड तथा ज्यापु काठमाडौं उपत्यकामा रहेको चर्चा छ । जनजातिका स्वशासित क्षेत्र विघटन गर्दै सामन्ती भ्ूारेटाकुरे राज्यहरु देखा परे । तराईमा सिम्रौनगढ र त्यस पछि सेनहरुको राज्य बिस्तार तथा उपत्यकामा मल्ल राज्यमाथि कब्जा गर्दै गोर्खा राज्य बिस्तारसंगै पृथ्वी नारायण शाहको हिन्दुकरण अभियान र जात बिभाजन का घटनाहरु रहेकाछन ।
अध्याय पाँचमा पूँजीबादको संक्रमणको अवस्थालाई संकेत गर्दै माल उत्पादनको पृष्ठभूमि र राज्यको अध्र्द÷नव औपनिवेशिक तथा अध्र्द सामन्ती स्वरुप को चर्चा छ । नेपालको विद्यमान सामाजिक आर्थिक संरचना र उत्पादन संबंधबारेमा तथ्यसहितको बिश्लेषण गरिएको छ । अध्याय छ मा समाजबादी समाजको परिकल्पना गरिएको छ भने
सातमा ,नेपालमा उठदै आएका वर्गसंघर्षका रुपहरु र परिवर्तनहरु तथा अध्याय आठमा सारांश सहित निष्कर्षमा २०५२सालमा थालिएका े माओबादी बिद्रोह ( जनयुध्द )तथा जनआन्दोलनको परिणाम संविधान सभा र लोकतांत्रिक गणतंत्रको घोषणा गरियो तर २०७२ सालमा घोषणा गरिएको संविधान अंतरिम संविधान भन्दा पश्चगामी रहेको
ठहरका साथ पुस्तकको समापन गरिएकोछ ।
मेरो अध्ययनमा यो पुस्तक ऐतिहासिक भौतिकबादी पध्दतिमा आधारित रहेकोछ र समाजशास्त्रका विद्यार्थी तथा पाठकको लागि उपयोगी हुने मेरो विस्वास छ ।